STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० पौष ८, आइतबार

    बाह्रखरी कथा प्रतियोगितामा मनोजबाबु पन्त प्रथम

    बाह्रखरी मिडियाको आयोजनामा सम्पन्न कथा प्रतियोगिताको पाँचौं संस्करण ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा र विजयी कथाकारहरुलाई आइतबार पुरस्कार प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।  काठमाडौंमा सम्पन्न विशेष कार्यक्रममा पाँचौं संस्करणको कथा प्रतियोगिताको विजेता घोषणासँगै ‘उत्कृष्ट कथा–२०८०’ पनि लोकार्पण गरिएको छ । सो कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले ‘बाह्रखरी उत्कृष्ट...

  • २०८० पौष ८, आइतबार

    झापाको शरणार्थी शिविरमा आगलागी

    काठमाडौं- झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी हुँदा तीन वटा छाप्राहरू जलेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ३ बजे दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर सी ४, छाप्रा नं. ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको घरमा अचानक विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो । घिमिरेसहित अन्य ३ वटा घर तथा भित्र रहेको लत्ताकपडा, भाडा, अन्नपातसमेत पूर्ण...

  • २०८० पौष ८, आइतबार

    भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

    काठमाडौँ - भक्तपुरमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् । भक्तपुरको सिपाडोलस्थित घरमा प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय मृत फेला परेका हुन् ।  भक्तपुरका एसपी वेद विष्टले प्रहरी प्रधान कार्यालयमा कार्यरत ४४ वर्षीय सई उपाध्याय आफ्नै घरको तेस्रो तलामा कोठा भित्र मृत अवस्थामा भेटिएको जानकारी दिए ।  घटनाको जानकारी लगत्तै तत्काल प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी...

  • २०८० पौष ८, आइतबार

    सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

    काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको छ । यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक पेसी सर्दै आएको छ ।  पछिल्लो पटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला...

  • २०८० पौष ७, शनिबार

    नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने

    काठमाडौँ - नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।  भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)...

  • २०८० पौष ६, शुक्रबार

    डेडिकेटेड लाइनको बक्यौता नतिरेका चार उद्योगको बिजुली काटियो

    काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरूमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब १४ करोड तिर्न...

  • २०८० पौष ६, शुक्रबार

    प्रधानमन्त्रीले दिए मन्त्रिमण्डल पुनर्गठनको संकेत

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन हुने संकेत गरेका छन् । सरकारको एक वर्ष पुग्नै लागेको बेला दाहालले पार्टी पदाधिकारी बैठकमा मन्त्रालयको काम अपेक्षा गरेअनुसार नभएको उल्लेख गर्दै मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताएका हुन् । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले सरकारको कार्यशैली परिवर्तन गरी आक्रामक ढंगले काम गर्ने बताएको जानकारी...

  • २०८० पौष ६, शुक्रबार

    चाडपर्वका नाममा विद्यालयले पोसाक किन्न बाध्य पारे कारवाही गरिने

    काठमाडौँ - काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ । विद्यालयले फरक–फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ। महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक(फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी...

  • २०८० पौष ६, शुक्रबार

    काठमाडौं महानगरभित्रका स्कुलले अब डीआई राख्न नपाउने

    काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत भनेका छन् । 'विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव...

  • २०८० पौष ५, बिहिबार

    नवनियुक्त ६ जना न्यायाधीशहरुले लिए शपथ

    काठमाडौँ - सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरूलाई प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद...

  • २०८० पौष ५, बिहिबार

    काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन

      काठमाडौँ - काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनले भने, “काठमाडौँमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै कम तापक्रम हो र यो अझै घट्ने सम्भावना...

  • २०८० पौष ५, बिहिबार

    प्रदूषण हटाउन पाकिस्तानले गरायो कृत्रिम वर्षा

    काठमाडौं - पाकिस्तानको लाहोरमा खतरनाकस्तरको प्रदूषण हटाउन पहिलोपटक कृत्रिम वर्षाको प्रयोग गरिएको छ । लाहोरको मेगासिटीमा शनिबार वर्षा गराउने ‘क्लाउड–सिडिङ’ उपरकणसहितका विमानले उडान भरेको थियो । यो सहर विश्वकै सबैभन्दा धेरै हानिकारकस्तरको वायु प्रदूषण भएको ठाउँमध्येमा पर्छ । लाहोरका कम्तीमा १० ठाउँमा वर्षा गराइएको पन्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले बताएका छन् । पन्ध्र किलोमिटरको...

Pages