-
२०८० पौष १३, शुक्रबार
बालकुमारी घटनामा दुई युवाको मृत्यु
काठमाडौं- बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका प्रवक्ता कुवेर...
-
२०८० पौष १२, बिहिबार
हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर
काठमाडौँ - धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् । उनले हिजो (बुधवार) सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यसबारे पूर्व घोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् । उपमहानगरपालिकाका प्रवक्ता सूर्य बहादुर भट्टराईले नगर प्रमुखले कार्यकक्षबाट राष्ट्रपति...
-
२०८० पौष १२, बिहिबार
गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट
शैक्षिक योग्यतामा प्रश्न उठाउँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर गभर्नर अधिकारीको योग्यता चार्टर्ड...
-
२०८० पौष १२, बिहिबार
८ महिनापछि प्रतिवेदन : मानवीय त्रुटिका कारण यति एयरको विमान दुर्घटना
काठमाडौँ - गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई...
-
२०८० पौष १२, बिहिबार
ललितपुरको भिरिन्ची कलेजमा आइसिटी मेला
ललितपुर कुमारीपाटी स्थित भिरिञ्ची कलेजले आयोजना गरेको पुस १२ गतेदेखि १४ गतेसम्म तीन दिने आईसीटी मेला ४.० को ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन ले विहिबार एक समारोह बीच उदघाटन गर्नु भएको छ। बिहीबारदेखि सुरू भएको सो मेलामा एआई, रोबोटिक्स, आईओटी लगायका विभिन्न प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ । भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको आईसीटी मेला इच्छुक सबैले निःशुल्क अवलोकन...
-
२०८० पौष ११, बुधबार
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस
काठमाडौं- राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मङ्गलबारसम्म ९० जनाले नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले नाम टिपाएका हुन् । शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको...
-
२०८० पौष ११, बुधबार
सन्दीपविरुद्धको मुद्दामा किशोरीको तर्फबाट सकियो बहस
काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाला किशोरीको तर्फबाट बहस सकिएको छ। यो मुद्दामा आइतबारबाट जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ भइरहेको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए। यस्तै जाहेरवाला गौशला २६ कै तर्फबाट अधिवक्ताहरु मोहना...
-
२०८० पौष ११, बुधबार
नेपाल बैंकका शाखा प्रबन्धकलाई ६ वर्ष जेल सजाय
काठमाडौं - भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाको सजाय निर्धारण गरिएको छ । आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको हो । साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले...
-
२०८० पौष १०, मंगलबार
कांग्रेस कोसीबाट राष्ट्रियसभा सदस्यका लागि सुजातासहित नौ जना सिफारिस
आशन्न राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उम्मेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ। प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाई केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो। सिफारिस हुनेमा संघीय सरकारमा यसअघि मन्त्री भइसकेका चार जना परेका छन्। पार्टीका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद...
-
२०८० पौष १०, मंगलबार
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सुनाए एक वर्षे उपलब्धि
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरे । प्रचण्डले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै ८० को दशकलाई विकासको दशक बनाउने पनि बताए । प्रचण्डले कार्यशैली बदल्ने बताएका छन् । केही पूर्वनिर्धारित र...
-
२०८० पौष १०, मंगलबार
यःमरि पूर्णिमा मनाइँदै
काठमाडौं- मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाइरहेका छन् । ‘यः’ को अर्थ नेपालभाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठुलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको...


