-
२०८० मङ्सिर १९, मंगलबार
सोती घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय
काठमाडौं - चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ । साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो । आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु...
-
२०८० मङ्सिर १९, मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ सम्म हुने
काठमाडौं - नेकपा एकीकृत समाजवादीको महाधिवेशन सरेको छ। यसअघि माघ दोस्रो साताका लागि तय भएको महाधिवेशनको मिति जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको हो। एकीकृत समाजवादीको सोमबार र मंगलबार बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। यसअघि पार्टी केन्द्रीय कमिटीले माघ १४–१८ मा महाधिवेशनको मिति तय गरेको थियो। पछिल्ला दिनमा राष्ट्रिय सभा निर्वाचन, भूकम्प र तयारी नपुगेको...
-
२०८० मङ्सिर १९, मंगलबार
फेसन कोरियोग्राफर रोजिनलाई हेरिटेज इन्टरनेशनल अवार्ड
फेसन कोरियोग्राफीको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेको अत्याधिक समर्पण, योगदान, अटल प्रतिबद्धता र उल्लेखनीय उपलब्धिको प्रमाणका रूपमा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यलाई हेरिटेज इन्टरनेशनल अवार्ड २०२३ बाट सम्मानित गरिएको छ। अवार्ड समारोहमा रोजिनले कोरियोग्राफर अफ द इयर अवार्ड पाएका छन् । अवार्ड समारोह २५ नोभेम्बर २०२३ मा, ईएससी पार्क होटल, बैंककको प्रख्यात स्थलमा विभिन्न...
-
२०८० मङ्सिर १९, मंगलबार
"चिट्ठी” चलचित्रको पहिलो गीत सार्वजनिक
सञ्चारकर्मी तथा निर्देशक माधवराज खरेलको निर्देशनमा बनेको चलचित्र "चिट्ठी”को पहिलो गीत “टुटेको तारा” हालै सार्वजनिक गरिएको छ । निर्दशक खरेल कै लेखन रहेको उक्त चलचित्रको सार्वजनिक गरिएको गीतमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दरचना रहेको छ । उक्त गीतका संगीतकार सञ्चारकर्मी समेत रहेका गायक सरोज कोइराला हुन् । गीतलाई ओएस्आर डिजिटल च्यानल मार्फत सार्वजानिक गरिएको छ...
-
२०८० मङ्सिर १८, सोमबार
टिकटकको प्रतिबन्ध खोल्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक देखिएका छन् । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गरे । अब नियमन गर्न पनि सकिन्छ’, सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले भने, ‘बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’ उनले अदालतले पनि सरकारकै...
-
२०८० मङ्सिर १८, सोमबार
नेपाल–भारत सीमास्तम्भहरूको मर्मत–सम्भार सुरु
झापा - सिमानाको बारेमा भारतीयको दादागिरीका कारण बेलाबखत सिमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूले सास्ती व्यहोर्न बाध्य हुँदै आएका छन् । खुला सिमाना रहेको नेपाल–भारतको भूमि सीमा स्तम्भले मात्रै छुट्याउने गर्दछ । तर, त्यहीँ सिमा स्तम्भ पनि समयमा मर्मत सम्भार र संरक्षण गर्न नसक्दा भारतीय पक्षले नेपाल र नेपाली माथि ज्यादती गर्ने गरेका छन् । सिमानाको बारेमा विभिन्न समस्याहरू आएका कारण...
-
२०८० मङ्सिर १८, सोमबार
विप्लवविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ - जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।...
-
२०८० मङ्सिर १८, सोमबार
एनसेलको शेयर बिक्री बारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्रीको विषयमा अध्ययन गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न सोमबार निर्देशन दिइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको हो । ...
-
२०८० मङ्सिर १८, सोमबार
काठमाडौँ महानगरभित्र दुई बसपार्क
=काठमाडौँ, १८ मङ्सिर : मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् । जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर...
-
२०८० मङ्सिर १८, सोमबार
मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक
मनाङ, १८ मङ्सिर स् कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताउनुभयो । उहाँका अनुसार अक्टोबर महिनाम...
-
२०८० मङ्सिर १७, आइतबार
विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा कसरी लाग्यो आगो ?
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक जना यात्रुको ह्याण्ड ब्यागमा आगलागी भएको छ । । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला चिनियाँ नागरिकको ह्याण्ड ब्यागमा आगलागी भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप बाबु तिवारीका अनुसार व्यागभित्र ल्यापटपमा चार्ज गरिराखेको पावर बैँक पड्केर आगो लागेको हो । यात्रुको ह्याण्डक्यारीमा रहेको...
-
२०८० मङ्सिर १७, आइतबार
अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ वटा युट्युव च्यानललाई कारबाही सिफारिस
काठमाडौं- प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकृत नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जित सहितको शीर्षक दिई जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो । मिडियाअन्तर्गत आबद्ध नभएका...


