STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० मङ्सिर २२, शुक्रबार

    ‘सामूहिक अधिकार’ नारा बोकेर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा मंसिर २३ गतेदेखि २६ (डिसेम्बर ९–१२ ) सम्म हुने भएको छ। यो महोत्सवको ११औँ संस्करणको रुपमा हुन लागेको यस पटकको महोत्सव चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ ।   महोत्सवको उद्घाटन  मंसीर २३ गतेका दिन लाइभ सांगीतिक कार्यक्रमसहित...

  • २०८० मङ्सिर २२, शुक्रबार

    महिला धिमेवादकको जीवनीमा चलचित्र बन्दै

    नेपालका पहिलो महिला धिमेवादक भक्तपुर कि इन्दिरा लाछिमस्यु को जीवनीमा आधारित बायोपिक फिल्म ‘इन्दिरा - धिमे मैं ’को विधिवत रुपमा भक्तपुरमा छायाङ्कन सुरु भएको छ । फिल्मको गत सोमबार भक्तपुरको प्रसिद्ध धार्मिक स्थल दत्तात्रय मन्दिर परिसरमा विधिवत पुजा गरिएको थियो भने भक्तपुर दरबार स्क्वायरमा एक औपचारीक कार्यक्रम सहित छायाङ्कन सुरु गरिएको हो । नेपालभाषाका ख्यातिप्राप्त चलचित्रकर्मि सुरेन्द्र तुलाधरको...

  • २०८० मङ्सिर २०, बुधबार

    कवाडी गोदाममा आगलागी, २ कामदारको मृत्यु

    काठमाडौं- विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो २:१५ बजेतिर कवाडी गोदाममा आगलागी सुरु भएको थियो । आगलागीमा परेर घाइते भएका एक जनाको उपचारका क्रममा विराटनगर न्युरो...

  • २०८० मङ्सिर २०, बुधबार

    विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुत्ला दहन

    काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश ज्ञवालीको पुतला दहन गरेको थाहा पाएपछि प्रहरी पुगेर पुतला नियन्त्रणमा लिनुका साथै सहभागीहरूलाई तितरबितर पारेको थियो । पुतला दहन गर्न अखिल क्रान्तिकारी नेताहरू नरेन्द्र सी,...

  • २०८० मङ्सिर २०, बुधबार

    एनसेलको सेयर खरिद बिक्री रोक्न लेखाको निर्देशन

    काठमाडौँ - संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन दिएको छ । यस सम्बन्धमा समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय समेत गरेको छ ।  मंगलबार बसेको समितिको बैठकले दूरसञ्चार सम्बन्धी कानुन संशोधनका लागि आउँदो संसद अधिवेशनमा विधेयक पेश गर्न पनि निर्देशन दिएको छ । 

  • २०८० मङ्सिर २०, बुधबार

    नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले गर्‍यो सार्वजनिक

    काठमाडौं - नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूमध्ये ११ जना मंसिर (१४ गते) र एक जना सोमबार (१८ गते) पक्राउ परेका थिए। उनीहरूलाई बुधबार काठमाडौँ प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो। मंसिर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता...

  • २०८० मङ्सिर २०, बुधबार

    श्रीमान हत्याको आशङ्कामा श्रीमती पक्राउ

      उदयपुर,  त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमान्को हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान्को हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरी नजिकै जङ्गलको झाडीमा शवलाई स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार...

  • २०८० मङ्सिर २०, बुधबार

    उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

      उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुग्नुभएका उहाँलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ । यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको...

  • २०८० मङ्सिर २०, बुधबार

    न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

    काठमाडौँ, २० मङ्सिर : राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ । उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही...

  • २०८० मङ्सिर १९, मंगलबार

    १६ वर्ष मुनिका बालबालिकालाई ‘एनिमल’ फिल्म देखाउने वन सिनेमाजलाई कारबाही

    काठमाडौं- भारतीय चलचित्र ‘एनिमल’ प्रर्दशनमा मापदण्ड उलङ्घन गरेको नयाँबानेश्वरस्थित चलचित्र हल वन सिनेमाजविरुद्ध कारबाही हुने भएको छ । चलचित्र विकास बोर्डले मापदण्ड विरुद्ध बालबालिकालाई भारतीय चलचित्र ‘एनिमल’ देखाएको पाइएको भन्दै कारबाहीको लागि सिफारिस गरेको हो ।   सोमबार साँझ ६ः३० बजेको शोमा बालबालिकालाई टिकट बिक्री गरी चलचित्र देखाएको पाइएको बोर्डले जनाएको छ । छड्केका क्रममा मापदण्ड विपरित...

  • २०८० मङ्सिर १९, मंगलबार

    एनसेल कार्यालय अगाडि अनेरास्ववियुको प्रदर्शन

    काठमाडौं-  नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियुले मङ्लबार लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको  कार्यालय अगाडि प्रदर्शन गरेको हो ।  अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना माग पूरा नभएसम्म सडक आन्दोलन नरोक्ने चेतावनी दिए । सरकारले समयमै यो विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु पर्ने नभए कडा...

Pages