STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० मङ्सिर २८, बिहिबार

    एमाले अध्यक्ष केपी ओलीमाथि मुक्का प्रहार

    धनकुटा - मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् । ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।एक मुक्का हानेपछि...

  • २०८० मङ्सिर २८, बिहिबार

    पार्किङ शुल्कसम्बन्धी काठमाडौं महानगरको कानुन बदर

    काठमाडौं - सर्वोच्च अदालतले व्यापारिक कम्प्लेक्स र निजी भवनमा पार्किङ शुल्क तोक्ने काठमाडौं महानगरपालिकाको निर्णय बदर गरिदिएको छ । काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०८० मार्फत व्यवसायिक भवनमा सेवाग्राहीले पार्किङ शुल्क तिर्न नपर्ने व्यवस्था गरेको थियो । त्यस्तै व्यवसायिक रुपमा पार्किङ सञ्चालन गर्नेहरुले लिन पाउने शुल्क पनि महानगरपालिकाले तोकेको थियो । २० मंसिरको संवैधानिक इजलासले महानगरपालिकाको...

  • २०८० मङ्सिर २८, बिहिबार

    सुनवार भाषाको गीतको म्युजिक भिडियो सार्वजनिक

    साहित्यकार, सर्जक तथा गायिका तारादेवी सुनुवारले आफ्नो जन्म दिनको अवसर पारेर सुनुवार भाषाको गीत "फेनेरेल्फु रेल्षा :आ” सार्वजनिक गरेकी छन् । बुधबार जावलाखेल स्थित एलिनाज बेकरीमम आयोजित एक कार्यक्रमबीच सर्जक सुनुवारले आफ्नो मातृभाषाको गित "फेनेरेल्फु रेल्षा :आ” आफ्नै  युट्युब तारा सुनुवार मार्फत् सार्वजिनक गरेकी हुन् ।  कार्यक्रममा प्रमख अतिथी चलचित्र निर्देशक, लेखक तथा साहित्य अन्वेषक प्रकाश...

  • २०८० मङ्सिर २७, बुधबार

    आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

    वीरगञ्ज आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९-८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९-८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८÷७९ मा पर्सामा १५२  उद्योगले  लगत कट्टा गरिएका थिए ।      बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार...

  • २०८० मङ्सिर २७, बुधबार

    कुलपति राई अमेरिकामा सम्मानित

    वासिङ्टन डिसी, २७ मङ्सिरः प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरिएको छ । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट  ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान गर्नुभएको हो । अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना आफूलाई गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले सम्मानबाट आफूलाई नेपाली भाषा, साहित्य र...

  • २०८० मङ्सिर २७, बुधबार

    मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

    जलेश्वर ९महोत्तरी०, २७ मङ्सिर स् मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने विवाह पञ्चमी उत्सवको रौनक यसपालि नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ । त्रेता युगमा अयोध्याका...

  • २०८० मङ्सिर २७, बुधबार

    काठमाडौं महानगरमा आजदेखि धूमपान र सुर्तीजन्य पदार्थ बेच्न निषेध

    काठमाडौं - काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि रोक लगाएको छ । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न पाइने छैन । महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै आजदेखि लागू हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग सहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा...

  • २०८० मङ्सिर २५, सोमबार

    पाँचखालको ऐतिहासिक सम्पदा उत्खननमा बेवास्ता

    काभ्रेपलाञ्चोक, २५ मङ्सिर : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ पुरातत्वस्थलमा रहेका प्राचीन सम्पदा उत्खननमा सरोकारवाला निकायले बेवास्ता गरेका  छन् । विसं २०७७ चैतमा पुरातत्व विभागको पहलमा बेलायती विज्ञ समूहद्वारा उक्तस्थलमा गरिएको सर्भेको प्रतिवेदनअनुसार पुरातत्विक सम्पदाको प्रचुर सम्भावना देखिएकाले पुनः जियोफिजिकल सर्भे गरिनुपर्ने उल्लेख छ ।        बेलायती विज्ञ समूहको सर्भेको प्रतिवेदन २०७८...

  • २०८० मङ्सिर २५, सोमबार

    मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’

      वालिङ गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए । उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोशाकमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गर्छन् । वैदेशिक रोजगारी वा सहर झर्ने प्रचलनलाई पाखा लगाउँदै नाति नातिनालाई साथमै लिएर सांस्कृतिक कार्यक्रममार्फत पाहुनालाई मनोरञ्जन प्रदान गर्नु यहाँको विशेषता हो । गाउँमा रहेका १८ घरधुरीलाई समेटेर ‘पित्लेक देउराली...

  • २०८० मङ्सिर २५, सोमबार

    जेलमा रहेकी नरगिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

    काठमाडौं- इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।   नर्गिसको तर्फबाट उनका छोराछोरीले आइतबार नर्वेको राजधानीमा आयोजित एक समारोहमा यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गरेका हुन् ।  इरानमा महिला अधिकार र प्रजातन्त्रका लागि अभियान चलाउँदै आएकी मोहम्मदीका १७ वर्षीय जुम्ल्याहा अलि र कियाना रहमानी आफ्ना बुबासँग पेरिसमा निर्वासनमा बस्दै आएका...

  • २०८० मङ्सिर २५, सोमबार

    ललितपुरमा फुटपाथ व्यापार गर्न नदिएको निर्णयमा पुनर्विचार गर्न ईःको अनुरोध

    ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्। सोमबार फेसबुकमा स्टाटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ई: ले अनुरोध गरेका हुन्।  'सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ,' उनले लेखेका छन्, 'सहरको आत्मा मार्दै रात र बिहानका...

  • २०८० मङ्सिर २५, सोमबार

    आज बालाचतुर्दशी, पितृको सम्झनामा बत्ती बाल्दै भक्तजन

    काठमाडौं - प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।  प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । पशुपतिनाथ आउन नसक्ने भक्तजनले...

Pages