-
२०८० मङ्सिर २४, आइतबार
एनसेलको सेयर खरिद बिक्रीबारे समितिले छानबिन थाल्यो
काठमाडौं - सरकारले एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न बनाएको 'एनसेलको सेयर खरिद बिक्री अध्ययन तथा छानबिन समिति'लाई ३० दिनको समयसीमा दिएको छ। मन्त्रिपरिषदको मंसिर २१ गतेको बैठकले एनसेलको सेयर खरिद बिक्री छानबिन गर्न समिति बनाउने निर्णय गरेको थियो। सरकारले समितिलाई ३० दिनभित्रमा प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको छ। अध्ययन समितिले आजैबाट औपचारिक रूपमा काम सुरु गरेको छ। सरकारले दिएको...
-
२०८० मङ्सिर २४, आइतबार
सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मंसिर २९ गते
काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरूले उजुरीमा उठाएका विषयमा छलफल गरिएको हो । अब प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ मंसिर २९ मा मात्र हुने प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेयले...
-
२०८० मङ्सिर २४, आइतबार
प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा
काठमाडौं - हरिबोल गजुरेलले दिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्। गजुरेलले प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारी त्यागेको बताएका छन्। उनले आफू थप छलफलमा रहेको पनि बताए। तर राजीनामा दिनुपर्ने कारणबारे उनले केही खुलाएनन्। नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका...
-
२०८० मङ्सिर २४, आइतबार
लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक
काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ । तर पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठकमा सहभागी नहुने बताएका छन् । लोसपाका महामन्त्री केशव झाका अनुसार कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ । तर पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय...
-
२०८० मङ्सिर २४, आइतबार
ललितपुर महानगरपालिकाले हटाए फुटपाथ पसल
ललितपुर महानगरपालिकाले मंगलबजारदेखि महानगरको प्रमुख बसपार्क एवं बजार बन्दै आएको लगनखेलसम्मको बाटोमा जथाभावी रुपमा फुटपाथ पसल राख्दै आउँदा पैदल यात्रु लगायत सवारी साधनको यातायातमा समेत व्यवधान पुगेको गुनासो चर्किन थालेपछि अाज अाइतबार देखि त्यी स्थानहरुबाट फुटपाथ पसल हटाउन शुरु गरेको छ । ललितपुर महानगरपालिका १९ वडाका अध्यक्ष राजेन्द्र महर्जनले ऐतिहासिक एवं सांस्कृतिक महत्वको यी स्थानको सुन्दरता...
-
२०८० मङ्सिर २४, आइतबार
अमेरिकामा गोली आक्रमणः ३ जनाको मृत्यु, १ घाइते
संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्याइएको छ ।घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक...
-
२०८० मङ्सिर २४, आइतबार
अष्ट्रेलियामा विदेशी मूलका व्यक्तिकोे खाली घरको कर बढाउने
अष्ट्रेलिया सरकारको घोषणा अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन नयाँ बर्षको शुरूमा नै नयाँ कानुन ल्याई घरका विदेशी खरिदकर्ताले घरलाई खाली राखेमा बढी कर तिनुपर्ने व्यवस्था...
-
२०८० मङ्सिर २४, आइतबार
स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
काठमाडौँ, २४ मङ्सिर स् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहनुभएका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज हुनुभएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराउनुभएको छ । उपप्रधानमन्त्री उपचारमा संलग्न हुनुभएका डा मास्केसहितको चिकित्सक टोली, नर्स र सहिद गङ्गालाल राष्ट्रिय...
-
२०८० मङ्सिर २२, शुक्रबार
आधा शतकदेखि लालपुर्जाको पखाईमा भुम्लूवासी
काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवार झन्डै ५० वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहका छन् । कैयौँ पटक सरकारीस्तरबाट स्थलगत भ्रमण र अनुगमन–निरीक्षण गरिए पनि अझै उनीहरुले लालपुर्जा ९जग्गाधनी प्रमाणपुर्जा० पाएका छैनन् । जिल्लास्थित दुई कार्यालय मालपोत र नापी कार्यालयको वर्षौंदेखि ‘टाउको दुखाइ’को विषय बनेको ती दुई वडाको लालपुर्जाविहीन समस्या कहिले...
-
२०८० मङ्सिर २२, शुक्रबार
आलु, प्याज र स्याउमा भ्याट नलाग्ने
काठमाडौँ, आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर ९भ्याट० नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो । सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक उत्पादनमासमेत भ्याट लाग्न थालेको भन्दै कालीमाटी फलफूल तथा तरकारी...
-
२०८० मङ्सिर २२, शुक्रबार
लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह
लुम्बिनी,लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो छिमे छिरिङ, डा ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गर्नुभएको छ । भारतीय दूतावास, काठमाडौँ र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संयुक्तरूपमा आज आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तक्र्रिया कार्यक्रमलाई...
-
२०८० मङ्सिर २२, शुक्रबार
नागढुङ्गाबाट दुई किलो सुनसहित तीन पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार पिकअप स्कार्पियोको गियर बक्समा...


