लकडाउनको पालना गर्दै ‘डान्सिङ वीथ द स्टार नेपाल’ हुने
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २५, बिहिबार
कोरोना महामारी संसार भरी फैलिएको कारण १०० दिनभन्दा अगाडिदेखि घरमै थुनिएर बसेका दर्शकहरुले अब छिट्टै नै लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् । लकडाउन अगाडी घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको छ । ‘हामीले सबै तयारी पहिले नै सकिसकेका थियौं, तर अकस्मात कोरोना संक्रमणको कारण लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘ अहिले सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङको तयारीमा जुटेका छौं ।’ २६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिने छन् भने हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ भन्ने कुरा आयोजक सुत्रले जानकारी दिएको छ । ‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले नयाँ गाइडलाइन बनाएको छ र त्यही गाइडलाइन पालना गर्दै हामी कार्यक्रमको शुटिंग गर्नेछौं । ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भन्नुभयो– लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याउने निधो गरेका छौं ।’ नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपाय सम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी अभ्यास र सुटिङ गरिने कँडेलले जानकारी दिनुभयो । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ । अनस्क्रिन प्रतिस्पर्धासँगै हुने स्क्रिन बाहिरका गतिबिधिले दर्शकलाई नृत्यमार्फत शारिरिक तथा मानसिक स्वास्थ्य मजबुद बनाउन सहयोग पुग्ने टेलिभिजनले बिश्वास लिएको छ । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । बिजेताले कुल २५ लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन । नेपालको अग्रणी बिजनेस ग्रुप आइएमइले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने एनएमबी बैंक पावर्डबाइ स्पोन्सर रहेको छ । असोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाललाइफइन्स्योरेन्स, अनलाईन खबर, नेपालहोम्स डटकम सहभागी भएका छन । आफ्ना मनपर्ने स्टार कन्टेस्टेन्टलाई आइएमइ पे को एप्स डाउनलोड गरी भोट गर्न सकिनेछ । हिमालय टेलिभिजन एचडीले यसभन्दा अघि ‘द भ्वाइस अफ नेपाल’ ‘द भ्वाइस अफ नेपाल किड्स’ ‘हिमालय रोडिज’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता बिश्वचर्चित रियालिटी सोहरु प्रसारण गरी सकेको छ भने डान्सिङ वीथ द स्टार्स प्रसारण सुरु भएसँगै भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनसमेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जनजातिखबरलाई जानकारी दिनुभयो । Categorized in सिनेमा


