STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनुदानको खोप बढाइदिन भारतसँग आग्रह

Janjati Khabar | २०७७ माघ २५, आइतबार


शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताउनुभएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ ।

    बहालवाला राज्यमन्त्रीमध्ये लामो अवधि गीत गाए वापत् ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ गराएपछि त्यसको प्रमाणपत्र लिन नयाँदिल्ली जानुभएका मानन्धरले आज स्वदेश फर्केपछि उक्त जानकारी दिनुभएको हो । उहाँले भारतसँगको दुईपक्षीय सम्बन्ध थप सुधार गर्न भारतीय  पक्षबीच भएका वार्तामा कुराकानी भएको पनि जानकारी दिनुभयो । मानन्धरले गत पुस १० गते चार घन्टा पाँच मिनेट २० सेकेण्डसम्म लगातार गीग गाए उक्त रेकर्ड कायम गर्नुभएको थियो ।

Categorized in राष्ट्रिय