फन् भ्यालीले कर छलि गरेको उजुरीमा कागजपत्र नियन्त्रणमा
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार
काठमाडौ फन् भ्यालीले कर छलेको आशंका गर्दै राजश्व कार्यलयले फन् भ्याली कागजपत्र नियन्त्रण लिएको छ । भक्तपुर सूर्यविनायक नगपालिका वडा नं १०
पलाँसेमा रहेको फन् भ्यालीले कर छलि गरेको उजुरी आए लगतै कागजपत्र नियन्त्रणमा लिएको हो । कार्यलय प्रमुख सूर्यप्रसाद पोखरेका अनुसार उजुरी
आएपछि उक्त संस्थाको कागजपत्रहरु लिएको हो । अनुसन्धानको क्रम जारी छ वास्तविकता केहि समयपछि थाहा हुने जानकारी पोखरेल बताउनु भयो ।
फन्भ्यालीका प्रवक्ता लक्ष्मण गिरीसँग बुझदा उनले कर कार्यलयले सबै कागजपत्र लिएको बताए । हाम्रो केहि कमजारी नरहेको यदि दोषी देखिएमा कारवाही
भोग्न तयार छु भनि गिरिले भन्नुभयो ।
Categorized in राष्ट्रिय