अपराध-दुर्घटना
-
२०८१ जेठ १२, शनिबार
सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत भेटिए
काठमाडौं -सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारी मृत फेला परेका छन् । सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरी स्रोतका अनुसार, सुसाइड नोटमा आफ्नो...
-
२०८१ जेठ १२, शनिबार
सगरमाथामा ५ आरोहीको मृत्यु, ३ बेपत्ता
काठमाडौं - जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको छ । पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो । मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन् । उनीहरूको १३ मेका दिन साउथ समिटमा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ रहेका छन् । क्याम्प थर्डमा रोमानियाका...
-
२०८१ जेठ ९, बुधबार
पशुपतिनाथको भेटी चोर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद
काठमाडौं- भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको समय पाएको छ। कोषका पाँच कर्मचारीमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धान अघि बढाउन अनुमति दिएको हो। कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाका कर्मचारी भेटी गणना कक्षबाट भेटी चोरी कार्यमा संलग्न भएको देखिएको थियो। महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख...
-
२०८१ जेठ ७, सोमबार
पशुपतिनाथ मन्दिरको भेटी चोर्ने ८ जना पक्राउ
काठमाडौं- पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित ८ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनले भने, ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सीसी क्यामेरा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको...
-
२०८१ जेठ ६, आइतबार
केटी जिस्काएका निहुँमा हत्या
काठमाडौं - प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा एक नाबालकसहित ७ अभियुक्त सार्वजनिक गरिएको छ । खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक नाबालकसहित सचिन परियार र अन्जली...
-
२०८१ जेठ ३, बिहिबार
क्रिकेटर सन्दीप निर्दोष ठहर
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव...
-
२०८१ बैशाख ३१, सोमबार
कपडामा सुनको लेप लगाएर तस्करी, दुई भारतीय पक्राउ
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार साँझ पौने ७ बजे फ्लाई दुबईबाट आएका भारतीय नागरिकद्वय सुरेश कुमार र मोहनकुमार गणेशनलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो । विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार उनीहरूले कपडामा सुनको लेप लगाएर ल्याएका थिए । बरामद सुन करिब हजार देखि १५ सय ग्रामसम्म हुनसक्ने प्रहरीको...
-
२०८१ बैशाख ३०, आइतबार
बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ
काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।” धिमालको शव...
-
२०८१ बैशाख २४, सोमबार
काठमाडौको कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु
काठमाडौं - कीर्तिपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। कीर्तिपुर-रत्नपार्क चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाबारे थप विवरण आउनै बाँकी छ।
-
२०८१ बैशाख २३, आइतबार
ललितपुरको मोबिल स्टोरमा आगो लाग्दा ५ जना घाइते
काठमाडौं- ललितपुरमा आगलागी हुँदा ५ जना घाइते भएका छन्। आइतबार दिँउसो ललितपुर महानगरपालिका वडा नं १७ स्थित बाफल भन्ने स्थानमा आगलागी भएको हो। मोबिलको स्टोर भएको टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराजले जानकारी दिए। घाइतको अहिले किष्ट अस्पतालमा उपचार भइरहेको उनले बताए। ‘मोबिल राखिएको स्टोर भएको टहरोमा आगलागी भएको हो,’ उनले भने...
-
२०८१ बैशाख २१, शुक्रबार
पूर्वशिक्षकले गोली हानेको किशोरीको बयान
विराटनगर - झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेरको शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए । उनको नाभि छेउमा गोली लागेको थियो । दमस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन् ।...
-
२०८१ बैशाख १८, मंगलबार
वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड रुपैयाँ चोरी
पर्सा- वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ। सोमबार बिहान ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो। चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुङ्गेलले बताए। चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको छ। ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ। ५/६...


