STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०८१ श्रावण १०, बिहिबार

    सौर्य जहाज दुर्घटना : जाँचबुझ गर्न आयोग गठन

    काठमाडौं - सरकारले विमान दुर्घटनाको जाँचबुझका लागि आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको हो ।  सदस्यहरूमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी,...

  • २०८१ श्रावण १०, बिहिबार

    क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त

    काठमाडौं - सौर्यको  विमान दुर्घटनाबाट घाइते भएका क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त रहेका छन् । बुधबार साँझ सिनामंगलमा रहेको केएमसी अस्पताल पुगेर भेटेपछि ओलीले क्याप्टेन शाक्य खतरामुक्त रहेको जानकारी दिएका हुन् । "उहाँलाई आईसीयूमा उपचार गरिएको छ । चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ," ओलीले फेसबुकमार्फत भनेका छन् । प्रधानमन्त्री ओलीले 'अब यस्तो कहिल्यै...

  • २०८१ श्रावण ९, बुधबार

    सौर्य एयरलाइन्स जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलट घाइते

    काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ। बु्धबार बिहान एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको छ। प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको...

  • २०८१ श्रावण ९, बुधबार

    सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो

    काठमाडौँ- त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ बजे सौर्य...

  • २०८१ श्रावण ९, बुधबार

    पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना

    काठमाडौँ - काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको  अधिकारीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।  ‘जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । अरु थप आउने क्रममा छ’, ती अधिकारीले भने । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि...

  • २०८१ श्रावण ७, सोमबार

    पूर्वराज्यमन्त्रीको हत्या : पाहुनाहरू शंकाको घेरामा

    मलंगवा - धान रोपाई गराउन सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ पुगेका पूर्व भूमि सुधार राज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या गरिएको छ। मलंगवा नगरपालिका वडा नं. ४ का ८० वर्षीय रायको उखुँ काट्ने धारिलो हतियारले हत्या गरिएको छ। ३ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले रायको हत्या गरेका हुन्। रायको करिब साढे ११ बजे राति हत्या भएको प्रहरीको अनुमान छ। राय उक्त घरमा सहयोगी रामउजैन रायको साथमा...

  • २०८१ श्रावण २, बुधबार

    चन्द्रागिरि केबलकार डेढ घण्टा रोकिँदा ८ जनालाई भर्‍याङबाट ओरालियो

    काठमाडौं - विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ । बुधबार दिउँसो साढे १ बजे विद्युत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार विद्युत अवरुद्ध भएपछि केबलकारमा रोकिएका यात्रुलाई भर्‍याङ हालेर जमिनमा ओरालिएको थियो । ८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको...

  • २०८१ श्रावण १, मंगलबार

    सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

    चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ । भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम...

  • २०८१ आषाढ ३१, सोमबार

    सिमलताल पहिरोः बेपत्तामध्ये नवलपुरमा नौवटा शव भेटिए

      चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले आज मात्रै जिल्लामा चारवटा शव...

  • २०८१ आषाढ २७, बिहिबार

    मनोरञ्जन क्षेत्रमा यौन हिंसा र शोषण

    मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ । काठमाडौँका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ...

  • २०८१ आषाढ २४, सोमबार

    बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

    अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको राससलाई जानकारी दिनुभयो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा...

  • २०८१ आषाढ २४, सोमबार

    घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता

      कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको...

Pages