STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०८१ आषाढ २३, आइतबार

    विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु

      मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक...

  • २०८१ आषाढ १५, शनिबार

    बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते

      बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी...

  • २०८१ आषाढ १२, बुधबार

    कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते

    कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भई उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो भने चौधरीको खेतमा...

  • २०८१ आषाढ १२, बुधबार

    नारायणगढ –मुग्लिन सडक अवरुद्ध

      नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उहाँले राससलाई बताउनुभयो ।  

  • २०८१ आषाढ ९, आइतबार

    मुख्यसचिव सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं - मुख्यसचिव बैकुण्ठ अर्यालसहित नेपाल सरकारका केही उच्च पदस्थहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।  विशेष अदालतमा अख्तियारले मुख्यसचिव अर्यालयसहित अन्य १० जनाविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले उनीहरूविरुद्ध ३८ करोड बिगो दाबी गरिएको छ। अख्तियारले विशेष अदालतमा पेस गरेको अभियोगपत्र अनुसार, रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही,...

  • २०८१ आषाढ ७, शुक्रबार

    नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने सञ्चालक पक्राउ

    काठमाडौं - प्रहरीले नाबालिकाहरुलाई ठमेलस्थित ए वान स्पा सेन्टरमा काम लगाउने बहानामा वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा सञ्चालकहरुलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेहरुमा गोरखा सिरानचोक घर भइ हाल टोखा बस्ने काल्भिन जेम्स भनिने रेशम गुरुङ र मकवानपुर बागमती गाउँपालिका घर भइ हाल सातदोबाटो बस्ने मखमली माया स्याङतान रहेका छन्।   उनीहरुले काठमाडौं महानगर–१६ मा स्थित ठमेलमा रहेका ए वना स्पा सेन्टरमा...

  • २०८१ आषाढ ६, बिहिबार

    बुटवलस्थित डेल्टा कम्प्लेक्समा भिषण आगलागी

    बुटवल- बुटवलको डेल्टा एजुकेशन मार्टमा बिहीबार साँझ ६ बजेदेखि लागेको आगो झण्डै चार घण्टापछि नियन्त्रणमा आए पनि मार्ट पूर्ण रुपमा जलेर ध्वस्त भएको छ।  बुटवल उपमहानगरपालिका सहित वरिपरिका आठ वटा दमकल प्रयोग गर्दा मार्टमा लागेको आगो समयमै नियन्त्रण हुन सकेन। जसोतसो बस्ती त जोगियो तर मार्ट पूर्ण रुपमा जलेर खरानी भएको छ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रंजितसिंह राठौरका अनुसार...

  • २०८१ जेठ २९, मंगलबार

    भुवन गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष जेल र ३ लाख जरिवानाको सजाय

    काठमाडौं- जिल्ला अदालत काठमाडौंले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ।  मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो।   गिरीलाई गत जेठ १३ गते जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सोही आधारमा आएको फैसला...

  • २०८१ जेठ २९, मंगलबार

    कीर्तिपुरमा बाइक चोर र स्थानीय प्रशासन

    हाल स्थानीय प्रशासन अर्थात् स्थानीय सरकार कीर्तिपुर नगरपालिकामा नगर प्रहरी पनि स्थापित भइसकेको अवस्था छ । धेरै जसो नगर प्रहरीहरु सडक किनारामा तरकारी बेच्ने व्यापारीहरुमाथि केन्द्रीत भई  दिनचर्या गुजारा गरिरहेको हो कि जस्तो देखिरहेका छन् । आखिर भन्नै पर्दा नगर प्रहरीको काम कर्तव्य र दायित्व के हो त रु समग्रमा भन्नु पर्दा नगरको रक्षा, नगरबासीको सुरक्षा नै त हो नि । नगर प्रहरीले कीर्तिपुर र...

  • २०८१ जेठ २७, आइतबार

    ५ लाख बढीको नक्कली नोटसहित काठमाडौंबाट २ जना पक्राउ

    काठमाडौं- काठमाडौं प्रहरीले ५ लाख १४ हजार मूल्य बराबरको नक्कली नोटसहित  २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका—१४ कलंकीमा चिया पसल सञ्चालन गर्ने तारादेवी डंगोल छिन्। त्यस्तै नागर्जुन-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ पनि पक्राउ परेकी छन्।  उनीहरुको साथबाट एक हजार दरको ५ सय १४ थान नक्कली नोट बरामद भएको काठमाडौं प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले शनिबार राति पक्राउ गरि...

  • २०८१ जेठ २७, आइतबार

    सात करोड बढी रकम हिनामिना आरोपमा स्क्वायर सहकारीका तीन सञ्चालक पक्राउ

    काठमाडौं- काठमाडौं महानगरपालिका–२३ को मखनमा सञ्चालित स्क्वायर सहकारीको रकम हिनामिना गरेको आरोपमा तीनजना सञ्चालकहरू पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ ५९ पैसा हिनामिना गरेको आरोपमा आइतबार सञ्चालकहरूलाई पक्राउ गरेको हो। सहकारीका अध्यक्ष कुलेश्वर बस्ने ६६ वर्षीय वासुदेवमान जोशी, सचिव केलटोल बस्ने ६७ वर्षीय सुवर्ण सेलालिक र सदस्य...

  • २०८१ जेठ १६, बुधबार

    कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा

    काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन्।  अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएकोले हाजिरी जमानतमा छोडिएको हो। ‘सरकारी वकिल कार्यालय धनुषासँग अनुमति लिएर धनुषा प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको हो । उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेकोले बेलामा उपस्थित गराउनुपर्ने शर्तमा उनी...

Pages