अपराध-दुर्घटना
-
२०८१ चैत्र १८, सोमबार
सुनसरीको वसन्तपुरमा आगलागी, २६ वटा घर टहरा जले
सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेका छन्। हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा ९ घर परिवारको २६ वटा घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सोमबार दिउसो सबिर मियाँको भान्सा कोठाबाट सल्केको आगोले २६ घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। आगलागी थप फैलिन नदिन ३ वटा घर टहरा भत्काइएको थियो।...
-
२०८१ चैत्र १०, आइतबार
ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीयले जलाए चौकी र गाडी
बाँकेको डुडुवा गाउँपालिका–२, वेतहनीमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ। विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए। वेतहनीको नौरीगौडी एकेडेमीमा एलकेजीमा अध्ययनरत बालक विशाल गोडिया र शिवकुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको एसपी कार्कीले बताए। घटनापछि बेतहनी...
-
२०८१ चैत्र ७, बिहिबार
भारतीयलाई नागरिकता दिलाउने नक्कली बुवा पक्राउ
सिरहा - सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मियाँलाई मङ्गलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु गरिएको छ । नरहा गाउँपालिका–३ को...
-
२०८१ चैत्र ६, बुधबार
२५ करोड रुपैयाँसहित लामा पक्राउ
काठमाडौं - आज बिहान २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। लामालाई बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो। बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरूङतर्फ जाने क्रममा प्रहरीले...
-
२०८१ चैत्र ३, आइतबार
नागार्जुन गाैतम गाउँकाे एक घरमा भीषण आगलागी
काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम गाउँकाे एक घरमा भीषण आगलागी भएकाे छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगाे नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीकाे दमकल प्रयाेग गरिएकाे छ । बाटाे साँघुराे भएका कारण ठूलाे दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुइटा दमकलले आगाे निभाउन प्रयाेग गरिएकाे छ । ठूलाे दमकल नछिर्दा पानी ट्यांकर पनि...
-
२०८१ फाल्गुण २५, आइतबार
टेकुको ढलमा एक पुरुष खस्यो : उद्धारपछि उपचार गरिँदै
काठमाडौं - काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो । उद्धार गरिएका व्यक्तिको वतन खुल्न बाँकी रहेको प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काले बताए । उद्धार गरिएका व्यक्ति अन्दाजी ३१र३२ वर्षका पुरुष रहेको प्रहरीको भनाइ छ । आइतबार...
-
२०८१ फाल्गुण २०, मंगलबार
कुमाल बस्तीको छ घरगोठ आगलागीबाट नष्ट
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् । आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको घर जलेर नष्ट भएको रैनादेवी छहरा–३का वडाध्यक्ष...
-
२०८१ फाल्गुण १४, बुधबार
सहकारीको पैसा लेनदेनको विषयमा मन्त्रीका स्वकीय सचिवले गरे आत्महत्या
काठमाडौं - बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । धादिङ, धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित...
-
२०८१ फाल्गुण १३, मंगलबार
ठमेलमा प्रहरी कुट्नेलाई १० देखि १५ हजार धरौटीमा रिहा गर्न आदेश
काठमाडौं - काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले सोमबार यस्तो आदेश दिएको हो। डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेशकुमार फुलारालाई १५ हजार धरौटी माग गरिएको छ। अनेराश्ववियुका केन्द्रीय सदस्य कमल जोशी,...
-
२०८१ फाल्गुण ६, मंगलबार
प्रकृतिलाई न्याय माग्दै लैनचौरस्थित भारतीय दूतावास पुगेर विद्यार्थीहरूले गरे विरोध प्रदर्शन
काठमाडौं - भारतमा अध्ययनरत प्रकृति लम्सालको रहस्यमय मृत्युपछि कलेज प्रशासनले होस्टेलमा रहेका अन्य ७ सय बढी नेपाली विद्यार्थीमाथि भएको धरपकडविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भारतको ओडिसास्थित छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको निधनको घटनामा न्याय माग्दै लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन...
-
२०८१ फाल्गुण ६, मंगलबार
भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा जोडिएका एक भारतीय युवक पक्राउ
काठमाडौं - भारतको ओडिसा राज्यको केआइआइटीमा बीटेक तेस्रो वर्षमा पढिरहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको ‘आत्महत्या’मा जोडिएर एक युवा पक्राउ परेका छन् । भारतीय मिडिया संवादका अनुसार अदभिक श्रीवास्तव पक्राउ परेका छन् । उनलाई संवादले केटा साथी भनेर चिनाएको छ । हालसालै सार्वजनिक भएको एक अडिओमा प्रकृतिलाई धम्काउने श्रीवास्तवको अडिओ भाइरल भएको पनि संवादले उल्लेख गरेको छ । प्रकृतिले केआइआइटीको...
-
२०८१ फाल्गुण ४, आइतबार
बेलुन बिस्फोटमा घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं - पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अहिले सघन उपचार कक्षमा उपचार जारी रहेको र हिजोभन्दा आज अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । ड्रेसिङ भए पनि घाउको अवस्थाका बारेमा अद्यावधिक गरिने र अहिले अवस्था सामान्य भए पनि संक्रमण हुने भएकाले पूर्ण रूपमा भेटघाट बन्द गरिएको...


