अपराध-दुर्घटना
-
२०८१ आश्विन १०, बिहिबार
सप्तकोशी नदीमा खस्यो यात्रुबाहक बस
सुनसरी- पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार बेलुका एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ। विराटनगरबाट सप्तरीतर्फ गुडिरहेको बस बिहीबार साँझ करिब ६ बजेर ५ मिनेटमा कोशी ब्यारेजबाट नदीमा खसेको हो। बस खसेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खसिएको सुनसरी प्रहरीले जानकारी दिएको छ। यसबारे थप विवरण आइसकेको छैन।
-
२०८१ आश्विन १०, बिहिबार
७५ हजार धरौटी बुझाएर छुटे रास्वपाका पूर्वसांसद ढाकाकुमार
लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई बुधबार उनलाई ७५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उक्त आदेश दिएसँगै ७५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त शर्माले जानकारी दिए। लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा...
-
२०८१ आश्विन १०, बिहिबार
‘रेड नोटिस’ जारी गरिएका तीन जनालाई दुबईबाट पक्राउ गरी ल्याइयो
काठमाडौँ, नेपाल प्रहरीले ठगीसम्बन्धी कसूरको मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जना फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ । यसरी पक्राउ पर्नेमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका–४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौँ नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका...
-
२०८१ आश्विन ७, सोमबार
मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम
भेषराज बस्नेत / रासस राँझा (बाँके), प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिका कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै पर्न थालेका छन् । चेलीबेटी बेचबिखनविरुद्ध सरकारी र गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन् । विगतमा भौतिक उपस्थितिमै...
-
२०८१ आश्विन ६, आइतबार
दुर्गा प्रसाईं पक्राउ
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई साइबर ब्यूरो प्रहरीले पक्राउ गरेको हो । प्रसाईंविरुद्ध केही व्यक्तिको चरित्र हत्या आरोपमा साइबार ब्यूरोमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भइसकेको थियो । उनले विभिन्न सार्वजनिक कार्यक्रममा केही व्यक्तिलाई लक्षित गर्दै चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका थिए । रास्वपा...
-
२०८१ आश्विन ४, शुक्रबार
आमा–छोरा हत्या प्रकरणमा अभियुक्त पक्राउ
उदयपुर- उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ। वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका छ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन...
-
२०८१ भाद्र ३०, आइतबार
दोलखामा जीप दुर्घटना, दुई जनाको मृत्यु
दोलखा- गौरीशंकर गाउँपालिका–४ झ्याकुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा चार ४ जना घाइते छन्। बा २० च ७२६६ नम्बरको जीप आइतबार साँझ दुर्घटना हुँदा गौरीशंकर–३ कि ७५ वर्षीया काली शेर्पा र अन्दाजी ५५ वर्षीय पसी शेर्पाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। दुर्घटनामा चालक मिङमार शेर्पा, अन्तु शेर्पा र अन्तु शेर्पाकै...
-
२०८१ भाद्र २९, शनिबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
ढोरपाटन (बागलुङ), २९ भदौ : बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका...
-
२०८१ भाद्र १०, सोमबार
भिक्षु गुणघोषमाथि सांघातिक आक्रमण
धुलिखेल । नेपालका संघ उपनाक (दोस्रो ज्येष्ठ भिक्षु) गुणघोष महास्थविरमाथि धुलिखेलमा अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ । धुलिखेलको पूर्वाराम बिहारमा रहनुभएका उहाँमाथि आक्रमण भएपछि बुद्धविहार भृकुटी मण्डपका प्रमुख भिक्षु कोण्डय महास्थविरले एक प्रेस विज्ञप्तिमार्फत यस घटनाको जानकारी दिनुभएको हो । प्रेस विज्ञप्तिमा भनिएको छ– ‘बुद्धभूमि नेपालका अत्यन्त सम्मानित नेपालकै दोस्रो ज्येष्ठ भिक्षु ८४...
-
२०८१ भाद्र ९, आइतबार
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना
काठमाडौं- भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन्। ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतका विभिन्न अनलाइनहरूले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन्। एक किशोरसहित पाँच जनाको अवस्था...
-
२०८१ भाद्र ७, शुक्रबार
आँबुखैरेनी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो, १६ जना घाइते
तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा भएको बस दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलका अनुसार बसमा सवार ४३ मध्ये २७ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुई दिनअघि (भदौ ५)...
-
२०८१ भाद्र ७, शुक्रबार
भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार जारी
दमौली ,पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मस्र्याङ्दी नदीमा खसेको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए ।...


