अपराध-दुर्घटना
-
२०८१ पौष ३, बुधबार
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
काठमाडौँ - काठमाडौँ उपत्यकामा पछिल्लो चार महिनामा १२४ वटा बलात्कारका घटना भएका छन् । २०८१ साउनदेखि कार्तिकसम्म बलात्कारका १२४ वटा घटना काठमाडौँ उपत्यकामा दर्ता भएका हुन् । गत वर्ष सोही अवधिमा ११३ मुद्दा दर्ता भएका थिए । गत आर्थिक वर्षको तुलनामा काठमाडौँ उपत्यकामा बलात्कारको घटना बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिएको छ । चालु आर्थिक वर्षको साउनपछि कार्तिकसम्मको अवधिमा कोशी प्रदेशमा...
-
२०८१ मङ्सिर ३०, आइतबार
दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद
सिरहा- सिरहामा दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । धनगढीमाई नगरपालिका-१० जिरोमाइलस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबाट गाँजा बरामद भएको हो । शनिबार बेलुकी ६ बजे पूर्वबाट पश्चिम दिशातिर जाँदै गरेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तर तर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । त्यसपछि खोजतलास गर्दा कारमा गाँजा भेटिएको सिरहाका...
-
२०८१ मङ्सिर २७, बिहिबार
मध्यराति जिप दुर्घटनामा बालकसहित ५ जनाको मृत्यु
जाजरकोट - जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा एकमहिने दुधे बालकसहित पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका-३ बिरखोला कैना-कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो। सातजना सवार रहेको जिपमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका-३ करुवा बस्ने अन्दाजी...
-
२०८१ मङ्सिर २७, बिहिबार
दुर्गा प्रसाईंविरूद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा प्रसाईंविरूद्ध मुद्दा दर्ता भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंमाथि अनुसन्धान गरेर केही समयअघि नै सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। ब्युरोले उनीमाथि विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार र...
-
२०८१ मङ्सिर २६, बुधबार
बलात्कार प्रयासपछि हत्या गरी शव गाड्ने गर्ने पक्राउ
गोरखा - गोरखाको बारपाक गाउँकी १८ वर्षीया सुचिना घलेको हत्या अभियोगमा प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाककी घलेको हत्या अभियोगमा प्रहरीले बारपाक सुलिकोट १ नै घर भएका ४२ वर्षीय मन शमजेर गुरूङलाई नियन्त्रणमा लिई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। घटनाको १० दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो। मंसिर १५ गते घाँस...
-
२०८१ मङ्सिर २५, मंगलबार
रौतहटमा जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते
चन्द्रपर (रौतहट), २५ मङ्सिर : बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले...
-
२०८१ मङ्सिर २१, शुक्रबार
वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार ठहर
काठमाडौं- नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ। खरिद प्रक्रियामा संलग्न विदेशी...
-
२०८१ मङ्सिर २०, बिहिबार
फरार प्रतिवादी १५ वर्षपछि पक्राउ
काठमाडौँ,कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । २०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो । निज गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ साल भदौ ११ गते १२ वर्ष कैद ठहर...
-
२०८१ मङ्सिर १९, बुधबार
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
धरान (सुनसरी),प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो । धनकुटाबाट धरानतर्फ आउँदै गरेकोे अवस्थामा प्रहरीले बा१झ ५१२७ र बा१झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा...
-
२०८१ मङ्सिर १६, आइतबार
विमानस्थलबाट झन्डै ७ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ७ किलो कोकिन बरामद गरिएको छ । आइतबार साँझ सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा वेश र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त चेकजाँचको क्रममा ६ किलो ८ सय ४० ग्राम कोकिन बरामद गरिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी थिए । सहप्रवक्ता थापाका अनुसार उक्त...
-
२०८१ मङ्सिर १३, बिहिबार
भक्तपुरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
भक्तपुर, मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् । यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन्भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ । प्रहरीले...
-
२०८१ मङ्सिर १३, बिहिबार
हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
काठमाडौँ, १३ मङ्सिरः फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीया समृद्धी मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी तथा...


