STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०८१ फाल्गुण १, बिहिबार

    पिकनिकबाट फर्केको विद्यार्थीसहितको बस दुर्घटना, ३ जनाको मृत्यु, ४० घाइते

    काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।  ४० जना विद्यार्थी घाइते भएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। सुशांक डोटेलको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। एनएमसी अस्पतालमा एक जना र त्रिवि शिक्षण अस्पतालमा एक जनाको उपचारको क्रममा मृत्यु भएको पनि बोहराले बताए। बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायात चाबहिलस्थित एसएस  एकेडेमीको...

  • २०८१ माघ २८, सोमबार

    सुर्खेतमा तीर्थयात्री बोकेको बस दुर्घटना, ३६ जना घाइते

    सुर्खेत - सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बरको बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ...

  • २०८१ माघ २८, सोमबार

    अनलाइन ठगी र क्रिप्टो करेन्सी कारोबारको आशंका बुढानीलकण्ठको एक घरमा छापा

    काठमाडौं - प्रहरीले बुढानीलकण्ठको एक घरमा छापा मारेको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो। उक्त घरमा अवैध अनलाइन जुवा, सट्टेबाजी अनलाइन ठगी, क्रिप्टो करेन्सीलगायतको कारोबार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले त्यहाँबाट ल्यापटप, कम्प्युटरलगायतका डिभाइस बरामद गरेको छ भने हालसम्म शंकास्पद १६ जनालाई नियन्त्रणमा लिइएको अधिकारीले बताए । । अहिले अपरेशनको काम भइरहेकाले...

  • २०८१ माघ २८, सोमबार

    फर्पिङमा स्कुल बस दुर्घटना: चालक र एक विद्यार्थीको मृत्यु, ३९ जना घाइते

    काठमाडौँ - काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार  स्कुल बस दुर्घटना हुँदा एक जना विद्यार्थी र बस चालकको मृत्यु भएको छ। ८ वर्षका बालक बिपिन श्रेष्ठको ट्रमा सेन्टरमा र सवारी चालक ३५ वर्षका राधाकृष्ण मगरको दक्षिणकाली नगर अस्पतालमा मृत्यु भएको हो। दक्षिणकाली नगरपालिका ३ स्थित भन्ज्याङमा जुनकिरी इङ्ग्लिस बोर्डिङ स्कुलका ५० जना विद्यार्थी बोकेको बस दुर्घटना भएको काठमाडौँ प्रहरी परिसरका...

  • २०८१ माघ २७, आइतबार

    रक्षामन्त्री चढेको गाडीले मोटरसाइकललाई ठक्कर

    काठमाडौं - काठमाडौंको माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। आइतबार बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको थियो।  तर रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर गाडीका चालक फर्किएर मोटरसाइकल चालकसँग सहमती गरिसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले बताए। ...

  • २०८१ माघ २६, शनिबार

    खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी

    काठमाडौँ - खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।  खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।  उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति...

  • २०८१ माघ २३, बुधबार

    तिमाङको जङ्गलमा लागेको आगो अझै सकिएन निभाउन

    मनाङ - मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार आगो निभाउने प्रयास जारी छ ।  ‘आगो नियन्त्रणका...

  • २०८१ माघ १७, बिहिबार

    विवाह गर्न नमानेपछि दुई किशोरीको हत्या भएको खुलासा

    सुर्खेत - अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले हत्या नै भएको निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि काठमाडौँबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि बुधबार अछाम पुगेको छ ।  अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द...

  • २०८१ माघ १०, बिहिबार

    भारतको रेल दुर्घटनामा चार नेपालीकाे पनि मृत्यु

    एजेन्सी - भारतमा पुष्पक एक्सप्रेस दुर्घटनामा मृत्यु भएका चार नेपालीकाे सनाखत भएकाे छ । दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये चार नेपालीको सनाखत भएको हो ।    प्रहरीले मृतकका आफन्तहरूसँग सम्पर्क गरिरहेको छ । बुधबार करिब ५ बजे जलगांवमा पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएको थियो । त्यसपछि हतारिएर यात्रीहरू झ्यालबाट हाम फाल्न लागे । यसक्रममा अर्को लिकमा आइरहेको रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको...

  • २०८१ माघ १०, बिहिबार

    थिमिमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते

    थिमि - मध्यपुरथिमि नगरपालिका–२, सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक बालिका घाइते भएकी छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार बा प्र ०१–०२७ च. ९२७ नम्बरको कार र बा५० प ७४१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । घटनामा मोटरसाइकलमा सवार भोजपुरको...

  • २०८१ माघ १०, बिहिबार

    असनमा आगलागी : ३५ लाखको क्षति

    काठमाडौं - काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति भएको छ । अन्नपूर्ण मन्दिरनजिकैको एक घरमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । असनस्थित सुनील तुलाधरको पाँचतले पक्की घरको भुइँतलामा रहेको विद्युतीय सामान तथा भाँडाको गोदाममा सटर वेल्डिङका क्रममा विद्युत्को तार सर्ट भई आगलागी भएको परिसरका प्रहरी नायब उपरीक्षक एवं...

  • २०८१ पौष १५, सोमबार

    कागेश्वरीमा गोली चल्दा दुई जना घाइते

    काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरामा गोली चल्दा दुई जना घाइते भएका छन‍्। शनिबार राति साढे १० बजे कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ रिद्धिसिद्धी बसपार्कनजिकै अर्जुन श्रेष्ठको घरभित्र गोली चलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। गोली प्रहारबाट घरधनी अर्जुन श्रेष्ठ र उनकी श्रीमती शान्तिदेवी श्रेष्ठ घाइते भएका हुन्। उनीहरू दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ...

Pages