STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०८० आषाढ ३०, शनिबार

    चट्याङबाट ५० भेडाबाख्रा मरे

    जुम्लाको पातारासी गाउँपालिका–२ स्थित  दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।  यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताउनुभयो । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर...

  • २०८० आषाढ २९, शुक्रबार

    स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

    नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट...

  • २०८० आषाढ २९, शुक्रबार

    बस खस्दा १९ यात्रु घाइते

    नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । बस  अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा...

  • २०८० आषाढ २७, बुधबार

    बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ

    सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका(१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर(११ का ४५...

  • २०८० आषाढ २७, बुधबार

    मनाङ एयर दुर्घटना : ६ जनाकै भेटियो शव

    काठमाडौं - सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ । दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ । मनाङ एयरको एन–एएमभी हेलिकप्टरमा...

  • २०८० आषाढ २६, मंगलबार

    घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा  रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा आज पक्राउ गरेको हो । आयोगका सहायक प्रवक्ता...

  • २०८० आषाढ २६, मंगलबार

    सर्पको डसाइबाट चार जनाको निधन

    कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए । बिहान दुई दाजुभाइ...

  • २०८० आषाढ २६, मंगलबार

    मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त

    मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो ।लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उहाँको भनाइ...

  • २०८० आषाढ २५, सोमबार

    ललितानिवास जग्गा प्रकरण : सीआईबीको निसाना पूर्वमन्त्री र सचिवतिर

    काठमाडौँ - ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको छ । पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीलाई पक्राउ गर्ने तयारीमा ब्युरो लागेको...

  • २०८० आषाढ २५, सोमबार

    विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् । यसैगरी धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय नरेश...

  • २०८० आषाढ २४, आइतबार

    काठमाडौँमा मर्निङ वाक् हिंडेकालाई लुटपाट गर्ने पाँच पक्राउ

    काठमाडौँ - काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गरी पक्राउ गरिएका पाँच जनलाई सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा रामेछाप लिखु गाउँपालिका–१ का ३२ वर्षीय रवीन दमाईं, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे...

  • २०८० आषाढ २४, आइतबार

    ललिता निवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव पक्राउ

    काठमाडौं - प्रहरीले ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले राउतलाई पक्राउ गरेको हो । २०७८ पुस २१ गते सचिव नियुक्त भएका राउतलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो। उनी विमानस्थलबाट विराटनगर जाँदै थिए । पक्राउपश्चात् प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको...

Pages