अपराध-दुर्घटना
-
२०८० आषाढ २१, बिहिबार
एलओडी पुगेकी नाबालिग बलात्कृत, सञ्चालकविरुद्ध पक्राउ अनुमति
ललितपुर - काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको हो । यो घटना जेठ ३१ गते बिहानको हो । एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन...
-
२०८० आषाढ २०, बुधबार
कामपामा सबैभन्दा धेरै आगलागीका घटना
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा काठमाडौँ महानगरपलिकामा तीन सय ९९ विपद्का घटना घटेका छन् । यसमा सबैभन्दा धेरै आगलागिका घटना रहेको कामपाले जानाएको छ । ती घटनामध्ये एक सय ६२ आगलागीका घटना भएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कामपा क्षेत्रभित्र ग्यास चुहाव भएर हुने आगलागी र बत्तीको पोलमा हुने आगलागीका घटना बढी छ ।...
-
२०८० आषाढ १८, सोमबार
बुटवलका दुई सुन पसलमा सिलबन्दी
रुपन्देहीको कालिदह नाका भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५।३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । रुपन्देहीको लुम्बिनी...
-
२०८० आषाढ १७, आइतबार
ललिता निवास जग्गा प्रकरण : थप ३ जना पक्राउ
काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । प्रहरीले गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोतका तत्कालिन कर्मचारी धर्मप्रसाद गौतमसहित ७ जनलाई पक्राउ गरेको थियो । पक्राउ परेका ७...
-
२०८० आषाढ १५, शुक्रबार
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
बिहीबार मध्याह्नदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो । साँझ ५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा आएसँगै केही बेरमा ढुङ्गासहित पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो । सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय...
-
२०८० आषाढ १२, मंगलबार
ललिता निवास प्रकरणमा पक्राउ परेका ३ जना रिहा
काठमाडौं - ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना रिहा भएका छन् । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसी रिहा भएका हुन् । प्रहरीले उनीहरुलाई कागज गराएर रिहा गरेको हो । स्टे–अर्डरमा पक्राउ नगर्न आदेश दिइएको अवस्थामा कागज गराएर छाडिएको बताइएको छ। मंगलबार रिहा भएका तीन जनासहित ७...
-
२०८० आषाढ १२, मंगलबार
बसुन्धरामा फेला फरेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय
काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको राससलाई जानकारी दिनुभयो । उक्त वस्तु आज बिहान ८।३० बजे फेला परेको थियो । रासस
-
२०८० आषाढ १०, आइतबार
करिब दुई केजी सुनसहित एक जना पक्राउ
सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका(१० का २१ वर्षिय हुमानन्द गिरीलाई पक्राउ गरेको हो ।सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बिशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो...
-
२०८० आषाढ ७, बिहिबार
साइबरक्राइम’ र ‘चेक बाउन्स’ मुद्दा जिल्ला अदालतबाटै किनारा
अब साइबरक्राइम र चेक बाउन्सका मुद्दा जिल्ला अदालतबाटै किनारा लाग्ने भएको छ । सरकारले सीमित अदालतले हेर्दै आएको मुद्दामा जिल्ला अदालतमै सुरु, कारबाही र किनारा हुनेगरी निर्णय गरेपछि उक्त मुद्दाका काम, कारबाहीमा पीडित तथा सम्बद्ध अधिकारीका लागि सहज बनेको छ । नेपाल प्रहरीले सरकारले गरेको निर्णयले पीडितको सास्ती अली कम हुने र प्रहरीलाई पनि होलो हुने बताएको छ । उच्च अदालत पाटनले पनि चेक ‘बाउन्स’को...
-
२०८० आषाढ ५, मंगलबार
सुदूरपश्चिमका मन्त्री सिंहको दुर्घटनामा मृत्यु
काठमाडौँ - बझाङमा भएको गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ । बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते मन्त्री सिंहसहित पीएसओ (प्रहरी हवल्दार) दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारका...
-
२०८० आषाढ ३, आइतबार
पूर्वी नेपालमा बाढी-पहिरोले ३ को मृत्यु, २९ बेपत्ता
काठमाडौं - लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर...
-
२०८० जेठ ३२, बिहिबार
सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ परे ८ जना कलाकार : ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं - अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ परेका युट्युबर र कलाकारलाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अनमुति दिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार अनलाइन बेटिङको प्रवर्द्धन गरेको आरोपमा पक्राउ गरेर ५ कलाकार र ३ जना युट्युबरलाई अदालतमा उपस्थित गराएर हिरासतमा राख्न अनुमति माग्दा अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान...


