STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०८० बैशाख ११, सोमबार

    दुर्घटनाबाट बच्यो १६९ जना यात्रु बोकेको फ्लाई दुबईको जहाज

      काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा अचानक इन्जिनमा आगलागी भएपछि आकाशमै फन्को मारिरहेको जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जहाज सुरक्षित रुपमा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य...

  • २०८० बैशाख ७, बिहिबार

    निहारिकाले विष सेवन नगरेको पुष्टि

      काठमाडौं- आफ्नै डेरामा अचेत अवस्थामा फेला परेकी ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतले विष सेवन नगरेको खुलेको छ । विष खुवाइयो भनेर हल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि उनलाई अस्पताल पुर्याएर चेकजाँच गर्दा अस्पतालले विष सेवन नगरेको रिपोर्ट देखाएको छ । उनको अवस्था अहिले सामान्य रहेको र आत्तिनुपर्ने अवस्था नरहेको पनि अस्पतालले जानकारी गराएको छ । निहारिका केही समयदेखि जनकपुरधाम...

  • २०८० बैशाख ७, बिहिबार

    भेरीमाथिको निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई जनाको मृत्यु

    काठमाडौं - भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षिय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय धर्मेन्द्र हरीजन चमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार उक्त घटनाा क्रेन चालक नवलपरासीका २६ वर्षीय निरजकुमार चौधरी, भारतको बहराइचका ५०...

  • २०८० बैशाख ७, बिहिबार

    आगलागीमा १५ घर नष्ट

    सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट हुँदा रु ६५ लाख बराबरको क्षति भएको छ । खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घर पछाडि बालेको घुरबाट सल्केको आगोले १५  घर, ती घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहनार नगद गरी ६५ लाख २० हजार बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । आगोले सुरेन्द्रप्रसाद चौधरी, धीरेन्द्रचौधरी, राजेन्द्रप्रसाद चौधरी हरिहर देवीचौधरी, भरत...

  • २०८० बैशाख ३, आइतबार

    सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद घोटाला : मुद्रण केन्द्रका कार्यकारी निर्देशकविरुद्ध मुद्दा

    काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा नौजनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। उनका अनुसार उनीहरूविरुद्ध रु ६९ करोड माग दाबी गर्दै मुद्दा दायर गरिएको हो। निर्देशक पौडलसहित सीडीआई...

  • २०८० बैशाख ३, आइतबार

    बालकोटमा ढिस्कोले पुर्दा एकको मृत्यु

      भक्तपुर - कौशलटार–सिरुटार जाने सडक खण्डको भित्री बस्ती नयाँ ढल खन्दा माटोको ढिस्कोले पुरिँदा आज अपराह्न एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भीर घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी हाइटस्थित भित्री बस्तीमा नयाँ ढल विस्तारका लागि खाल्डो खन्ने क्रममा एक्कासि माथिबाट माटोको ढिस्को खसेर पुरिँदा सुनसरी गढी गाउँपालिका–२ घर भई हाल बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेवको...

  • २०७९ चैत्र २९, बुधबार

    सिन्धुलीमा भारतीय कार दुर्घटना

      सिन्धुली - सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन् । कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन् । दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल पठाइएको...

  • २०७९ चैत्र २८, मंगलबार

    वैवाहिक बलात्कारको आरोपमा न्यायाधीश पक्राउ

    काठमाडाैं - न्यायपरिषद्का न्यायाधीश भुवन गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी आजै कपिलवस्तु पठाइएको जानकारी दिए । श्रीमती आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि आज काठमाडौँ प्रहरीले पक्राउ गरी कपिलवस्तु पठाएको हो । गिरीमाथि वैवाहिक बलात्कारको आरोप...

  • २०७९ चैत्र २४, शुक्रबार

    २ लाख ६८ हजार नक्कली नोटसहित एक जना पक्राउ

    काठमाडौं - नक्कली नोटसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बरहथवा नगरपालिका–१७ कटानीबाट प्रहरीले १ हजार नोटको २ लाख ६८ हजार नक्कली नोटसहित एक व्यक्तिलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट नक्कली नोटसहित नोट बनाउने कागजातसमेत बरामद भएको बरहथवा प्रहरीले जनाएको छ । अन्य केही व्यक्ति फरार भएकाले पक्राउ परेकाको ब्यक्तिको बारेमा खुलाउन नसकिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी...

  • २०७९ चैत्र २४, शुक्रबार

    संसद भवनअगाडि एक पुरुषद्वारा आत्मदाह प्रयास

    काठमाडौं - काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि फेरि एक जना पुरुषले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । शुक्रबार संसद भवनको एक नम्बर गेट अगाडि एक जना पुरुषले आत्मदाहको प्रयास गरेका हुन् । तर, तत्काल उनलाई प्रहरीले बचाउन सफल भएको छ । आत्मदाहको प्रयास गर्ने युवकको परिचय खुलेको छैन । ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। प्रहरीले पक्राउपश्चात गरेको...

  • २०७९ चैत्र २३, बिहिबार

    बुद्ध एयरको जहाज भित्रै यात्रुहरुबीच कुटाकुट

    काठमाडौं - विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा हुँदा कुटाकुट भएको छ । बुधबार बेलुका ४ः३० वजे काठमाण्डौंका लागि उडेको विमानमा चिनजानकै युवाहरु विच कुटाकुट भएको हो । उनीहरुबीच पारिवारिक कुरामा विवाद भएको र विवादले चर्को रुप लिँदा कुटाकट भएको बताइएको छ । उनीहरुबीच भएको हात हालाहालको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । उक्त विमान त्रिभुवन...

  • २०७९ चैत्र २०, सोमबार

    कुपन्डोलको महिन्द्रा सेन्टरमा आगलागी, साढे २ करोडको क्षति

    ललितपुर - कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा साढे दुई करोड रूपैँया बराबरको क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र तीन मोटरसाइकल जलेर नष्ट भएका छन् । परिसरका प्रवक्ता भुवनेश्वर शाहले दिएको जानकारीअनुसार बिहान ४ः४७ मा लागेको आगो ५ः१७ बजे नै नियन्त्रणमा लिइएको भए पनि गाडी नष्ट भएका हुन् । आगलागीका कारण नखुलेको तर...

Pages