STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७९ चैत्र १९, आइतबार

    नक्कली परीक्षार्थी बनेका इन्जिनियर पक्राउ

    काठमाडौं - रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा नाताले ज्वाइँ पर्ने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आइतबार गणित विषयको एसईई परीक्षा परीक्षा चलिरहेको बेला मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ को प्रवेश पत्रसहित मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट ज्वाइँ कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका साह गरुडा नगरपालिका–६ का हुन् । उनलाई...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    ठगी रकम नेपाल भित्र्याएका पृथ्वीबहादुर शाह कारागार चलान

      काठमाडौं - अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाह कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले आइतबार शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो । एकजनासँग भने ५० हजार रूपैयाँ धरौटी मागिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानपछि २० जनालाई प्रतिवादी बनाएर...

  • २०७९ फाल्गुण २८, आइतबार

    सिन्धुली बस दुर्घटना, ६ जनाको मृत्यु

    सिन्धुली - मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छ मध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय...

  • २०७९ फाल्गुण २५, बिहिबार

    श्री एयरलाइन्सको जहाजमा आगो, गरियाे आकस्मिक अवतरण

    काठमाडौँ- त्रिभुवन विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेको छ । काठमाडाैँबाट उडेको केही छिनमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गराइको छ । तुरून्तै अवतरण गराइएकाेले जहाजका चालक दल र यात्रुहरू सुरक्षित रहेकाे जनाइएकाे छ । श्री एयरको उडान नं ८२१ को जहाज काठमाडौँबाड उडेको केही छिनमै काठमाडौँ फिर्ता भएको छ । इन्जिनमा आगो लागेको देखिएपछि चालक दलका सदस्यहरुले त्रिभुवन...

  • २०७९ फाल्गुण २५, बिहिबार

    दुर्घटनामा परेर पत्रकार पवनलाल श्रेष्ठको निधन

    काठमाडाैँ - सडक दुर्घटनामा परेर पत्रकार पवनलाल श्रेष्ठको निधन भएको छ । गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट उनकाे ज्यान गएको हो । उक्त दुर्घटनामा अर्का एक व्यक्तिको समेत मृत्यु भएको छ । गए राति साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा९४प ४४९८ र बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...

  • २०७९ फाल्गुण २१, आइतबार

    माधव नेपालका भाईको रेष्टुराँकाे छतबाट खसेर मृत्यु

    काठमाडाैं - नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उहाँ घाइते भएका थिए। रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खसेका थिए । उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरस्थित अन्नपूर्ण...

  • २०७९ फाल्गुण १२, शुक्रबार

    तेह्रथुम आगलागीमा १४ घर जलेर नष्ट

    काठमाडौं- तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो निभाउन फिदिम नगरपालिकाको दमकल घटनास्थल...

  • २०७९ फाल्गुण १०, बुधबार

    जोमसोममा दुर्घटनाग्रस्त जहाजमा चालक दलको त्रुटि भेटियो

    काठमाडौं । मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुुटि देखिएको हो । विसं २०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९ एन–एइटीरडीएचसी ६–३०० जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२...

  • २०७९ फाल्गुण ९, मंगलबार

    दुर्गा प्रसाईंको सहयोगीले गरे आत्मदाहको प्रयास

      काठमाडौं - मंगलबार अपराह्न झापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्न खोज्ने ३४ वर्षीय विजय चौधरी बिर्तामोड–७ निवासी हुन् । उनी दुर्गा प्रसाईंको बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। साथै, उनी दुर्गा प्रसाईंको सहयोगीका रूपमा पनि रहेका थिए। तर, हस्पिटलबाट जागिर छाडेको उनी केही महिनादेखि बेरोजगार थिए । मंगलबार...

  • २०७९ फाल्गुण ९, मंगलबार

    पोखरामा टर्‍यो अर्को दुर्घटना, बुद्ध एयरमा गिद्ध ठोक्कियो

    काठमाडौँ - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बुद्ध एयरको विमानमा चरा गिद्ध ठोक्किएको छ । हिजो आइतबार विमान अवतरण गर्न लागेको बेलामा गिद्ध ठोक्किएको तर विमान भने दुर्घटना हुनबाट जोगिएको बताइएको छ । विमानमा गिद्ध ठोक्किएर खसेको एउटा भिडियो सामाजिक सञ्जालमा देखिएको छ । ‘इस्सु ब्रो’ नामको फेसबुकमा सो भिडियो अपलोड भएको थियो । उनले उक्त भिडियो आइतबारको रहेको र संयोगवश गिद्ध ठोक्किएको घटना क्याच भएको...

  • २०७९ फाल्गुण ७, आइतबार

    पोखरा बस दुर्घटनामा ५१ जना घाइते

      पोखरा - पोखरामा आज दिउँसो यात्रु बाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अधिकांश विद्यार्थी रहेका छन् । पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पोखरा बजारतर्फ आउँदै गर्दा पृथ्वीराजमार्गस्थित पोखरा–२७ डाँडाकोनाकमा सडकबाट २० मिटर तल खोल्सामा खसेको थियो । घाइतेहरूको अवस्था सामान्य रहेको अस्पतालहरूले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक...

  • २०७९ फाल्गुण ५, शुक्रबार

    पोखरा विमान दुर्घटनामा पाइलटकै गल्ती

    काठमाडौं - माघ १ मा पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको जहाजबारे अनुसन्धान गर्न गठित आयोगले फागुन ३ मा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । तर यो प्रतिवेदनले तोकेर दुर्घटनाको कारण चाहिँ उल्लेख गरेको छैन । यद्यपि प्रतिवेदनमा उल्लेख भएका विवरणले चालक दलका सदस्यहरुको त्रुटिका कारण विमान दुर्घटनामा परेको संकेतचाहिँ गरेको छ । प्रतिवेदनले जहाजका दुवै इञ्जिन शक्तिहीन अर्थात् फेदर अवस्थामा...

Pages