अपराध-दुर्घटना
-
२०८० श्रावण ९, मंगलबार
मृत फेला परेका प्रहरीको स्थलगत अनुसन्धान सकियो, हत्याको आशंका
काठमाडौं - सोमबार राति मृत फेला परेका इलाका प्रहरी कार्यालय बागलुङ, भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेलको मृत्युबारे प्रहरीको स्थलगत अनुसन्धान सकिएको छ । जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगि अनुसन्धान सकेर सदरमुकाम फिर्ता भएको हो । स्थलगत अनुसन्धानको निष्कर्ष अनुसार पौडेलको हत्या भएको प्रमुख खड्काले...
-
२०८० श्रावण ९, मंगलबार
बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो...
-
२०८० श्रावण ८, सोमबार
बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु
बैतडी - बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । अन्जुका देवर गोब्बर जागरी उनका आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा पनि घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल...
-
२०८० श्रावण ७, आइतबार
सामाखुसी खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता
काठमाडौं - काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा आज १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आज फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए । खोलामा खसेर बेपत्ता भएका बालकको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी वरिष्ठ...
-
२०८० श्रावण ७, आइतबार
भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका सिडिओ निलम्बनमा
काठमाडौं- भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन्। तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन्। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खतिवडालाई आइतबार नै निलम्बन गरिएको...
-
२०८० श्रावण ७, आइतबार
सय किलो सुन प्रकरणमा थप ६ जना पक्राउ
काठमाडौं । केही समयअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक सय किलो अवैध सुन नियन्त्रणमा लिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । उनीहरुलाई आइतबार राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ गरेको हो । यो सँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे...
-
२०८० श्रावण ६, शनिबार
ठूलो परिमाणमा सालको गोलिया काठ बरामद
काठमाडौं - झापाको मेचीनगर क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलिले गए राति अन्दाजी ७ सय क्युफिट गोलिया काठ बरामद गरेको हो। एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर– १ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको हो। ‘कृष्णथुम्की नजिकैबाट गाडीका गाडी साल जातको काठ चोरी...
-
२०८० श्रावण ५, शुक्रबार
सुन तस्करी प्रकरण : पक्राउ चार जनालाई अनुसन्धान गर्न नौ दिने म्याद थप
काठमाडौं - एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थपिएको छ । आरोपी चार जनालाई आज उच्च अदालत पाटनमा पेश गरिएकोमा अदालतको आदेशले उनीहरूमाथि अनुसन्धान गर्न नौ दिनको म्याद पाएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए। यसरी म्याद थप गरिएकामा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालक राजन श्रेष्ठ,...
-
२०८० श्रावण ५, शुक्रबार
ललिता निवास प्रकारण : मीनबहादुर गुरुङसहित चार जनाको रिट खारेज
काठमाडौं - ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज उक्त प्रकरणमा संलग्न भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह तथा नापी...
-
२०८० श्रावण ५, शुक्रबार
ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं - काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप ५ दिनको समय दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराएको थियो। यता सर्वोच्च अदालतले बन्दी प्रत्यक्षिकरणको रिटमा आदेश सुनाउने तयारी गरेको छ। पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित ४ जनाले बन्दी...
-
२०८० श्रावण ५, शुक्रबार
चोरीका घटनामा अधिकांश युवा संलग्न
खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले चालु आिर्थक वर्षमा चोरीको घटनामा पक्राउ परेका करिब चार सय जनामध्ये अधिकांश २५ वर्षमुनिका रहेका बताउनुभयो । “उत्पादनशील उमेर समूहका युवा नै...
-
२०८० आषाढ ३१, आइतबार
कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी
कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९÷८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागु औषधसम्बन्धी १५४ मुद्दा दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध मुद्दामा १४ भारतीय नागरिकसहित...


