अपराध-दुर्घटना
-
२०७६ माघ २९, बुधबार
कछुवासहित एक पक्राउ
कछुवाका बच्चा बिक्री गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्लाको विभिन्न ठाउँमा डेविट महर्जनसमेतले दुर्लभ वन्यजन्तु कछुवाको अवैधरूपमा ओसारपसार गरी बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखा टेकुबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई कछुवासहित पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पक्राउ पर्नेमा...
-
२०७६ माघ २९, बुधबार
अझै न्याय पाइनन् सानुमायाले
सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी सानुमाया राई एक वर्षदेखि न्यायको खोजीमा भौँतारिनुभएको छ । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गर्नुभएकी राई आफ्नै घरपरिवारबाट पीडित बनेको बताउनुहुन्छ । नेपाली सेनामा कार्यरत श्रीमान्को समेत विसं २०७५ असोज २ गते कमलपित्त जन्डिस का कारण मृत्यु भएपछि ससुरा रुङ्थे राईले घर निकाला गरेको पीडित राईको भनाइ छ । एक छोरा र दुई छोरीसमेतको जायजन्म भए पनि...
-
२०७६ माघ २८, मंगलबार
घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ
तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित पक्राउ गरेको हो । वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस÷कार्यसम्पन्न प्रतिवेदन...
-
२०७६ माघ २८, मंगलबार
विमानस्थलको आगलागीबारे छानबिन समिति गठन
सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ । पर्यटन मन्त्रालय (सचिवस्तर) को आजको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुलप्रसाद सिंखडा र...
-
२०७६ माघ २८, मंगलबार
महिना दिनदेखि किशोरी बेखबर
गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् । सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन् । आफन्तजनले सोमबार पत्रकार भेटघाट राखी बेपत्ता किशोरीको खोजीमा सघाउन सबैमा आग्रह गरेका छन् । “पुस २९ गते साँझ ६ः३० सम्म छोरी हामीसँगै थिई, त्यसपछि कता गई,...
-
२०७६ माघ २७, सोमबार
बिरामी ओसारिने एम्बुलेन्समा चित्तल फेला
सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको छ । आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नंको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । उहाँले इलाका प्रहरी...
-
२०७६ माघ २७, सोमबार
लागुऔषधसहित पक्राउ
भारतबाट नेपालतर्फ भित्र्याइँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनका साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१...
-
२०७६ माघ २६, आइतबार
अवैध यौन सम्बन्धले लियो ज्यान
दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनुपरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा हत्या गरी बेवारिस अवस्थामा फेला पारेको थियो । महिलाको ज्यान जानुको कारण अवैध यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको...
-
२०७६ माघ २४, शुक्रबार
नौ बर्षीया बालिकाको चितुवा आक्रमणबाट मृत्यु
चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गर्नुभएको थियो । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट...
-
२०७६ माघ २४, शुक्रबार
एघार किलोग्राम चरेससहित तीन पक्राउ
नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बिहीबार बझाङ केदारस्यु गाउँपालिका–६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल नगरपालिका–२ का २३ वर्षीय जयबहादुर धामीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय...
-
२०७६ माघ २४, शुक्रबार
एक सातादेखि बालिका बेपत्ता
काठेखोला गाउँपालिका–७ कि १२ वर्षीया सन्ध्या बस्याल एक सातादेखि बेपत्ता छिन् । गत शुक्रबार बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा छन् । प्रहरी र स्थानीयवासीले खोजी कार्य तीव्र पारे पनि बस्याल फेला पर्न सकेकी छैनन् । उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्थिन । छोरीको खोजीमा सहयोग गर्न बुबा नरबहादुरले सबैमा आग्रह गर्नुभएको छ । हराएकी बालिका बागलुङ बजारतर्फ...
-
२०७६ माघ २४, शुक्रबार
हत्याको आरोपमा दुई पक्राउ
संवेदनशील अङ्ग अण्डकोषसहितको गुप्ताङ छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो...


