STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ फाल्गुण १८, आइतबार

    गोली हानी हत्या प्रयास

    महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते हुनुभएको छ । उहाँको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । विहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले...

  • २०७६ फाल्गुण १८, आइतबार

    वन रक्षक नहँुदा चोरीनिकासीमा वृद्धि

    डडेल्धुरामा सशस्त्र वन रक्षक नहँुदा डडेल्धुराका वनमा चोरी तस्करी बढ्दै गएको छ । डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार डडेल्धुरा जिल्लामा सवडिभिजन वन कार्यालय र डिभिजन वन कार्यालय गरी आठ डिभिजन वन कार्यालयमा ३१ जनाको दरबन्दी सशस्त्र वन रक्षक भए पनि जिल्लामा एक जना पनि सशस्त्र वन रक्षक नहँुदा जिल्लामा चोरी तस्करी बढ्दै गएको स्थानीयवासीको भनाइ छ । डडेल्धुरा जिल्लाको भूगोलमा ७५।८ प्रतिशत वन क्षेत्र...

  • २०७६ फाल्गुण १८, आइतबार

    गोली चल्दा एक घाइते

    अज्ञात व्यक्तिले गोली चलाउँदा महोत्तरीमा एक जना गम्भीर घाइते भएका छन् । मनरासिसवा नगरपालिका–३ का सहदेवप्रसाद यादवमाथि आज राति २ बजेको समयमा गोली प्रहार भएको हो । घाइते अवस्थामा रहेका यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । छातीमुनि गोली लागेका यादव अहिले खतरामुक्त रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय...

  • २०७६ फाल्गुण १८, आइतबार

    प्रचण्डमाथि जुत्ता प्रहार गर्ने पक्राउ ।

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान खुलेको छ । उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ । २०र२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए । आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले...

  • २०७६ फाल्गुण १६, शुक्रबार

    तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

    जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु एक करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले...

  • २०७६ फाल्गुण १५, बिहिबार

    विपद जोखिम व्यवस्थापनबारे प्रदर्शन

    विपद जोखिम व्यवस्थापनबारे प्रदर्शन यूएनडिपि, युरोपियन यूनियनको सहयोगमा सञ्चालित नेपालको शहरी क्षेत्रको बहुप्रकोप जोखिमको न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धि परियोजनाको स्थानीय कार्यान्वयन साझेदार फ्रेन्डस सर्भिस काउन्सिल नेपाल र ललितपुर महानगरपालिका को तत्वावधानमा ललितपुर वडा १९ मा एक बृहत प्रदर्शनी सम्पन्न भएको छ । घरायसी प्रयोगमा रहेका ग्यास सिलिण्डर आगलागीका विभिन्न कारण मध्ये एक...

  • २०७६ फाल्गुण १५, बिहिबार

    विभिन्न मुद्दाका नौ प्रतिवादी फरार

    सात महिनामा विभिन्न मुद्दाका नौ प्रतिवादी यहाँबाट फरार भएका छन् । बेँसीशहरमा रहेको जिल्ला अदालतले विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला गरेका ती प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले जानकारी दिनुभयो । लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरूपमा काठ ओसारपोसारलगायतका मुद्दाका ती पुरुष प्रतिवादी फरार रहेको उहाँले बताउनुभयो । त्यस्तै गत आव २०७५÷७६ मा विभिन्न...

  • २०७६ फाल्गुण १५, बिहिबार

    धारिलो हतियार प्रयोग गरी दम्पत्तिको हत्या

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलगअलग कोठामा फेला परेको छ । धनादेवीको शव भान्सा कोठामा र जयलालको शव सयन कक्षमा फेला परेको उहाँले...

  • २०७६ फाल्गुण १३, मंगलबार

    सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

    बेसहारा, अभिभावकविहीन, सडक आश्रित सहयोगापेक्षी मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको जानकारी गराएको छ । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हालसम्मको अवधिमा ७४९ व्यक्तिलाई उद्धार गरिएको बताउनुभयो । यीमध्ये ६९६ लाई काठमाडौँ...

  • २०७६ फाल्गुण १३, मंगलबार

    बजारमा छ्याप्छ्याप्ती ग्यासका अवैध सिलिन्डर

    नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ । नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । सोमबार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले...

  • २०७६ फाल्गुण १२, सोमबार

    खैरो हेरोइनसहित युवती पक्राउ

    नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४।२६ ग्राम खैरो हिरोइन लुकाएर ल्याएको अवस्थामा झापा शिव सतासी नगरपालिका–११ की २३ वर्षीया वीना डाँगीलाई आइतबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले...

  • २०७६ फाल्गुण १२, सोमबार

    मध्यरातमा धनमाल चोरी

    सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका छ भन्दा वढी घरबाट करिब २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ । भारतीय सीमा जोडिएको सो गाउँपालिकाको गाउँमा गएराती आएका चोरको समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादवलगायतको घरबाट धनमाल चोरी गरेको स्थानीयवासी अशोककुमार यादवले जानकारी दिनुभयो । नगद, गरगहना, भाडाकुँडा, मोबाइललगायतका धनमाल चोरी भएको...

Pages