अपराध-दुर्घटना
-
२०७६ फाल्गुण ६, मंगलबार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।...
-
२०७६ फाल्गुण ६, मंगलबार
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु
मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । उहाँले लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना२३प २७४६ नंको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–...
-
२०७६ फाल्गुण ६, मंगलबार
काँग्रेस गुल्मीका प्रथम सभापति ज्ञवालीको निधन
नेपाली काँग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट निधन भएको छ । विगत केही समयदेखि उहाँ सो रोगबाट पीडित हुँदै आउनुभएका थियो । पूर्वसांसद समेत रहनुभएका उहाँको उपचारका क्रममा आज बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो । विसं २००१ कात्तिक १ गते गुल्मीमा जन्मनुभएका उहाँ २०४८ सालको निर्वाचनमा सोही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । नेपाली...
-
२०७६ फाल्गुण ५, सोमबार
महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन्
महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ । प्रहरीमा मात्रै नभई नगरपालिकाको न्यायिक समितिमा परेका सो सम्बन्धी उजुरी मिलापत्र नै हुने गरेको पाइएको छ । विसं २०७५ माघदेखि २०७६ माघसम्ममा महानगरीय प्रहरी परिसरको महिला तथा बालबालिका सेवा केन्द्रमा १४३ महिला हिंसाको उजुरी दर्ता भएका थिए । ती अधिकांश उजुरी छलफल गरी मिलापत्रबाटै टुङ्ग्याएको...
-
२०७६ फाल्गुण ५, सोमबार
आफन्तबाटै असुरक्षित बालिका
गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४ वर्षीया नाबालिकामाथि बलात्कार गरेका हुन् । पीडकलाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीको मुद्दा चलाएको छ । गत पुस ६ गते तिलोत्तमा नगरपालिकामा छिमेकी एक युवकले सात वर्षीय नाबालकमाथि बलात्कार गरे । घरमा कोही नभएको मौका छोपेर बालिकाका छिमेकी १८ वर्षीय बिमल क्षेत्रीले...
-
२०७६ फाल्गुण ४, आइतबार
बस र ट्रक ठोक्कीँदा तीन जना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र ठक्कर खाने दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
-
२०७६ फाल्गुण ४, आइतबार
नयाँबसपार्क शुद्धीकरण अभियान गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ
प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् । प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट...
-
२०७६ फाल्गुण २, शुक्रबार
आफैँलाई गोली हान्दा एक प्रहरी गम्भीर घाइते
जिल्ला प्रहरी कार्यालय जिप्रका सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते हुनुभएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । उहाँले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो । “रायको पेटमा गोली लागेको र यहाँ...
-
२०७६ फाल्गुण २, शुक्रबार
राष्ट्रियसभा सदस्य उपाध्यायको निधन
राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट थलिनुभएका उहाँको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिनुभयो । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बन्नुभएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । विसं २०५४ मा...
-
२०७६ फाल्गुण २, शुक्रबार
तृप्त रेष्टुरेन्टमा आगलागी, ३५ लाखको धनमाल नष्ट
काठमाडौं महानगरपालिका ९ वडास्थित रामचन्द्र मार्ग बत्तीसपुतली गौशालामा रहेको तृप्त रेष्टुरेन्ट एण्ड बारमा आगलागी भएको छ । बिहिबार राती १२ बजे उक्त रेष्टुरेन्ट बन्द गरेर गएको तर १२ः१५ बजेतिर आगलागी भएको जानकारी सो रेष्टुरेन्टका प्रमुख सशस्त्र प्रहरी इन्स्पेक्टर सुदीप प्रसाइँले जनजाति खबर डटकमलाई दिएको छ । भर्खर ३ महिना अगाडि मात्र संचालनमा आएको तृप्त रेष्टुरेन्ट एण्ड बारमा भएको आगलागीबाट करिब ३५...
-
२०७६ फाल्गुण १, बिहिबार
नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, फागुन १ । नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ । लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रकहरीका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए । महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको...
-
२०७६ माघ २९, बुधबार
आइसीसी विश्वकप लिग दुई घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल
आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिँदैछ । सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दैछन् । नेपाल घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ । जुनसकै खेलमा पनि दर्शकको स्थान महत्वपूर्ण हुन्छ । नेपालका क्रिकेट प्रशंसक विश्वमै परिचित छन् । अन्य देशका क्रिकेट खेलाडी यहाँका दर्शकबाट निकै प्रभावित हुँदै आएका छन् । उनीहरुले यहाँका दर्शकलाई जितमा मुख्य बाधकका रूपमा लिने गर्छन्...


