STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ माघ २३, बिहिबार

    क्रसर उद्योग अवधै भए पनि सञ्चालनमा

    झापाका अधिकांश क्रसर उद्योग अवधै रुपमा सञ्चालन भइरहेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ । त्यस्ता उद्योगलाई तत्काल बन्द गराउने पहल शुरुआत समेत गरिएको छ । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा गठित जिल्ला अनुगमन तथा समन्वय समितिले जिल्लामा रहेका २७ क्रसर तथा बालुवा प्रशोधन कारखानाको अनुगमन गरेको थियो । अवैध रुपमा ती उद्योग सञ्चालन भइरहेको ठहर समितिले गरेको छ । समितिले...

  • २०७६ माघ २३, बिहिबार

    भारतमा दर्ता रहेको ओरियन्स नेटवर्किङ कम्पनीेको मानव तस्करी र अन्य गैरकानूनी कारोवार

    नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पु¥याउने काम वर्षाँैंदेखि चलिआएको छ । यस्ता काममा सीमावर्ती भारतीय एजेण्टहरू अहोरात्र खटिएका हुन्छन् र तिनका नेपाली एजेण्टले उत्तम आर्थिक अवसर नपाएका नेपालीका विवशतालाई विभिन्न सपना देखाएर सीमा कटाउने काम गरिरहेका छन् ।...

  • २०७६ माघ २२, बुधबार

    ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

    ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै...

  • २०७६ माघ २२, बुधबार

    नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन

    नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । उहाँ मुटु र मिर्गौलासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो । नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहनुभएका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक रहनुभएको...

  • २०७६ माघ २१, मंगलबार

    वडाध्यक्ष धामी मृतावस्थामा

    पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिनुभएको छ । उहाँको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ । “गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे छ”, घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ, तर कसले किन हत्या...

  • २०७६ माघ २०, सोमबार

    पुलबाट खस्यो चामल बोकेको ट्रक

    चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो । दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • २०७६ माघ १९, आइतबार

    सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु र एक घाइते भएका छन् । बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेको बिआर३०एच ६७९८ नंको मोटरसाइकललाई गोडैता नगरपालिका–७ मोहनचोकस्थित नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मलङ्गवा–२ निवासी २० वर्षीय उपेन्द्र साह सोनारको घटनास्थलमै मृत्यु भएको छ । सोही मोटरसाइकलको पछाडि बस्ने मलङ्गवा–२ का २० वर्षीय राजेन्द्र यादवको...

  • २०७६ माघ १९, आइतबार

    दुई दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

    जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु र नौ घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको बा४ख ९५०९ नंको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना३९प १९२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा...

  • २०७६ माघ १९, आइतबार

    विद्यालयका दुई बसमा आगजनी

    हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ । स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ अथवा कसैले गरेको हो भन्ने...

  • २०७६ माघ १९, आइतबार

    नयाँबसपार्क शुद्धीकरण अभियान, लागुऔषधसहित ७३ पक्राउ

    प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन् । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति, बिसङ्गति अन्त्यका लागि नयाँ...

  • २०७६ माघ १९, आइतबार

    विषाक्त खानाले मरे तीन गैँडा

    चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।...

  • २०७६ माघ १७, शुक्रबार

    कोकिनसहित एक विदेशी नागरिक पक्राउ

    नेपाल प्रहरीले दुई किलोग्राम २०० ग्राम कोकीनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा सङ्लग्न बोलिभियन नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । ब्यूरोले लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित रहेको बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट पक्राउ गरेको...

Pages