STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ भाद्र २३, मंगलबार

    निषेधाज्ञाबारे निर्णय लिन भर्चुअल संवाद

    काठमाडौं – उपत्यकामा चौथोपटक निषेधाज्ञा थप्ने या नथप्ने विषयमा छलफल भइरहेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै उपत्यकामा तेस्रोपटकको लागि निषेधाज्ञा थप गरिएको हो । तेस्रोपटक थपिएको निषेधाज्ञाको समयावधि भोलि बुधबार मध्यरातमा सकिँदैछ । उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रमुख अधिकारीहरु यसै विषयमा छलफल गर्न भर्चुअल संवादमा बसिरहेका छन् । निषेधाज्ञा जारी भए पनि उपत्यकामा संक्रमण नियन्त्रणमा आउन सकेको...

  • २०७७ भाद्र २३, मंगलबार

    निषेधाज्ञा खुकुलो बनाऔं, जोरबिजोर लागु गरौं : उपत्यका नगरपालिका फोरम

    काठमाडौं – उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो बनाएर यातायात सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गर्न माग गरेको छ । फोरमको मंगलबार बसेको बैठकले सार्वजनिक यातायात बाहेकका सवारी संचालनमा जोरबिजोर लागु गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ । निषेधाज्ञा खुकुलो बनाएर सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन कडाइ गर्नुपर्ने निष्कर्ष निकाल्दै फोरमका सचिव एवं मध्यपुरथिमि...

  • २०७७ भाद्र २३, मंगलबार

    हिरासतमा रहेकाको रिहाइ माग्दै कीर्तिपुरमा प्रदर्शन

    काठमाडौं – नेवार समुदायको व्यापक दबाबपछि हिरासतमा रहेकाहरुलाई रिहा गर्ने क्रम जारी छ । सबैलाई विनाशर्त रिहा गर्नुपर्ने माग गर्दै नेवार समुदायले लगाताररुपमा सामाजिक दुरी कायम गर्दै विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । यसैबीच गिरफ्तारमा परेकाहरुलाई विना शर्त रिहा गर्नका लागि कीर्तिपुरका युवाहरुले पनि प्रदर्शन गरेका छन् । मंगलबार बिहान कीर्तिपुरका युवाहरुले पांगा दोबाटो, लोकतान्त्रिक चोक र...

  • २०७७ भाद्र २२, सोमबार

    पक्राउ परेकालाई रिहा गर्न ३५ संघसंस्थाको माग, रिहाइकाे लागि जनस्तरबाट प्रदर्शन

    काठमाडौं – रातो मछिन्द्रनाथ रथयात्राको क्रममा पक्राउ परेका सम्पदा अभियन्ताहरुलाई रिहा गर्न जनस्तरबाटै प्रदर्शन थालिएको छ । साथै नेवाः युथ अर्गनाइजेशनलगायत विभिन्न ३५ वटा संघसंस्थाले पनि उनीहरुको रिहाइको माग गरेका छन् । नेवार अगुवा पवित्र वज्राचार्यको सभापतित्वमा आइतबार बिहान काठमाडौंको ओलम्पस क्लबमा ३५ वटा संघसंस्था सम्मिलित बैठकपछि एउटा वक्तव्य जारी गरी पक्राउ परेकाको रिहाइको माग गरेको छ ।...

  • २०७७ भाद्र २२, सोमबार

    ईन्द्रजात्राको क्षमापूजाको प्रसाद शीतलनिवासमा

    काठमाडौं –  ईन्द्रजात्रालाई यस वर्ष क्षमापूजामै सम्पन्न गराइएपछि क्षमापूजाको प्रसाद राष्ट्रपतिको कार्यालय शीतल निवासमा लगिएको गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जनाएको छ । यसअघि ईन्द्रजात्राको अन्तिम दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति कुमारी घर पुगेर कुमारीको हातबाट टिका र प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको थियो । तर यस वर्ष कोरोनाको कारण रथयात्रा तथा अन्य सार्वजनिक...

  • २०७७ भाद्र २२, सोमबार

    रथयात्राको झडपमा पक्राउ परेका १७ मध्ये तीनजना रिहा

    काठमाडौं – गत भदौ १८ गते बिहीबार ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथ रथयात्राको क्रममा झडप हुँदा प्रहरीले पक्राउ गरेका १७ जनामध्ये ३ जनालाई रिहा गरेको छ । आइतबार तीनजनाई रिहा गरेपनि हिरासतमा रहेका १४ जनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको आरोपमा मुद्दा चलाइएको छ । महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी टेकप्रसाद राईले हिरासतमा रहेकाविरुद्ध सार्वजनिक मुद्दाअन्तर्गत सात दिने म्याद थप गरी अनुसन्धान...

  • २०७७ भाद्र २२, सोमबार

    सम्पदाअभियन्ताको रिहाइ माग्दै खोकनामा शान्तिपूर्ण प्रदर्शन

    काठमाडौं – रातो मछिन्द्रनाथको रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै आज सोमबार खोकनामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ । खोकनाकै स्थानीय अभियन्ता अशोजकुमार महर्जन लगायत उहाँसँगै हिरासतमा रहेका अन्यहरुको बिना शर्त अबिलम्ब रिहाइको माग राखी खोकनाका स्थानीय स्वतःस्फूर्त रुपमा प्रदर्शन उत्रिएका हुन् । राज्यको गलत नियतको कारण प्रशासनले गलत आरोपमा पक्राउ परेका नेवार सम्पदा...

  • २०७७ भाद्र २२, सोमबार

    सम्पदा अभियन्ताहरुकाे रिहाइ माग्दै नागबहालमा जनप्रदर्शन

    काठमाडौं – रातो मछिन्द्रनाथको रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेका सम्पदा अभियन्ताहरुको रिहाइको लागि टोल–टोलमा जनस्तरबाट दबाबमूलक प्रदर्शनहरु हुने क्रम यथावत छ । यसैक्रममा ललितपुरको नागबहालमा पनि स्थानीयले सम्पदा अभियन्ताहरुको रिहाइ माग्दै प्रदर्शन गरेका छन् । यसअघि शंखधर चोक थिमि, हरिसिद्धि ललितपुरमा जनप्रदर्शन भइसकेका थिए भने अहिले ललितपुरको खोकनामा प्रदर्शन जारी छ ।

  • २०७७ भाद्र २२, सोमबार

    पुल्चोक घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ : गुथि विधयेकविरुद्ध एकीकृत आन्दोलन

    काठमाडौं – रातो मछिन्द्रनाथ बुंगद्यःको रथयात्रा सम्पन्न गर्ने गराउने सम्बन्धमा हालै ललितपुरको पुल्चोकमा भएको अप्रिय घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने गुथि विधयेकविरुद्ध एकीकृत आन्दोलनले जनाएको छ । सोमबार जारी गरिएकाे गुथिका संयोजक डा. महेशमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा मूलतः राज्य, स्थानीय प्रशासन तथा गुठी संस्थानको अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण उक्त घटना घटेको उल्लेख छ ।...

  • २०७७ भाद्र २२, सोमबार

    पक्रिएकालाई छोड्न गृहमन्त्रीलाई पनि भनिसक्यौं : मल्ल के सुन्दर

    काठमाडौं – रातो मछिन्द्रनाथ रथयात्राको क्रममा पक्राउ परेकालाई विनाशर्त रिहा गर्न गृहमन्त्रीसमक्ष माग राखिसकेको नेवार अगुवा मल्ल के. सुन्दरले बताउनुभएको छ । जनजातिखबरका प्रतिनिधिसँग कुराकानी गर्नुहुँदै सुन्दरले उक्त कुरा बताउनुभएको हो । मल्ल के. सुन्दरले यस सन्दर्भमा अन्य नेवार अगुवा, सांसद्, जनप्रतिनिधि एवं नेपालभाषा मंकाः खलःलगायतका संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल भइरहेको र पक्राउ परेकाको...

  • २०७७ भाद्र २२, सोमबार

    रातो मछिन्द्रनाथलाई बुंगमति लगिने साइत भदौ २९ गते

    काठमाडौं – कोरोनाको कारण लामो समयदेखि रोकिएको रातो मछिन्द्रनाथको जात्रा सांकेतिक रथयात्रा पछि अब समाप्त हुने साइत पनि जुरेको छ । रथयात्रा पछि रातो मछिन्द्रनाथलाई बुंगमति लगिनुपर्नेमा ज्योतिषहरुले सोमबार बुंगमति लाने साइत भदौको २९ गतेलाई जुराएको बुंगःद्यः जात्रा व्यवस्थापन समितिका संयोजक एवं ज्यापु समाज ललितपुरका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभएको छ । महर्जनले दिनुभएको जानकारी अनुसार...

  • २०७७ भाद्र २२, सोमबार

    रिहाइ माग्दै सिडिओ कार्यालय पुगेकालाई प्रहरीले रोके, साँझ खोकनामा मसाल जुलुस

    काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकाको रिहाइको माग गर्दै सोमबार ललितपुर जिल्ला प्रशासन कार्यालय (सिडिओ) घेराउ गर्न गएका स्थानीयको समूहलाई प्रहरीले रोकेको छ । बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना बस्ने मनशायले जम्मा भएका स्थानीय युवाहरुलाई प्रहरीले रोकेपछि उनीहरु प्रशासनविरुद्ध नाराबाजी गरेर फर्केका थिए । साथै, पक्राउ परेका सम्पदा अभियन्ताहरुको रिहाइको माग...

Pages