उपत्यका
-
२०७७ भाद्र २५, बिहिबार
जनदबाबकाे लागि ललितपुरका सम्पूर्ण टोल समुदाय संगठित
काठमाडौं – नेवार समुदायमाथि राज्यबाट भइरहेको दमन र ज्यादतिविरुद्ध आवाज बुलन्द गर्न ललितपुरका सम्पूर्ण टोल, समुदाय मिलेर ‘झी नेवाः समाज’ गठन गरेको छ । नेवार समुदायको उत्थान र संरक्षणको उद्देश्य राखेर विज्ञ तथा शुभचिन्तकहरु समावेश गरी सो समाज गठन गरिएको हो । गठनपछि समाजले बुधबार बुंगःद्यः जात्राको क्रममा हिरासतमा रहेका सम्पदा अभियन्ताहरुको अविलम्ब रिहाइको माग गदै दबाबस्वरुप जनप्रदर्शनको आयोजना...
-
२०७७ भाद्र २४, बुधबार
पक्राउ परेकाको रिहाइ माग्दै खोकनामा मसाल जुलुस
काठमाडौं – रातो मछिन्द्रनाथ बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा प्रहरीले पक्राउ गरेका सम्पदा अभियन्ताहरुको रिहाइको माग गर्दै मंगलबार साँझ खोकनामा मसाल जुलुस निकालिएको छ । स्थानीय सम्पदाप्रेमीको पहलमा निकालिएको मसाल जुलुसले हिरासतमा रहेकाहरुको रिहाइको माग गर्दै नाराबाजी पनि गरेका थिए । त्यही साँझ भएको एउटा कोणसभामा पक्राउ परेकाहरुको सम्बन्धमा नेपाल सांस्कृतिक पुनर्जागरण अभियान खोकनाका अध्यक्ष...
-
२०७७ भाद्र २४, बुधबार
पक्राउ परेका अभियन्ताहरुको रिहाइ माग्दै टोखामा जनप्रदर्शन
काठमाडौं – रातो मछिन्द्रनाथ बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा प्रहरीले पक्राउ गरेका सम्पदा अभियन्ताहरुको रिहाइको माग गर्दै टोखामा जनस्तरबाट स्वतःस्फूर्त प्रदर्शन गरिएको छ । टोखाका स्थानीयहरुले मंगलबार स्वतःस्फूर्तरुपमा निकालेको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका सम्पदा अभियन्ताहरुको रिहाइ माग गरिएका पम्प्लेटहरु प्रदर्शनमा राखेका थिए । यसअघि हिरासतमा रहेकाहरुको रिहाइ माग्दै विभिन्न स्थानमा...
-
२०७७ भाद्र २४, बुधबार
निषेधाज्ञा जारी नहुने !
काठमाडौं – कोरोना भाइरस रोकथामको लागि सरकारले अब निषेधाज्ञा जारी नगर्ने भएको छ । रोकथामका अन्य उपाय प्रयोगमा ल्याई अघि बढ्नेअनुरुप निषेधाज्ञा जारी नगर्ने निर्णय गरेको हो । निषेधाज्ञासम्बन्धमा भने बुधबारमात्रै ठोस निर्णय हुने भएको छ । नजिकिँदै गरेको दशैं र तिहारको समय निषेधाज्ञाले झनै समस्या बढाउने भएकाले रोकथामको लागि भौतिक दुरी कायम गराउने र पसल, व्यवसायहरु निश्चित समयको लागि मात्र खोल्न दिने...
-
२०७७ भाद्र २४, बुधबार
पाटन दरबार स्क्वायरमा पनि रिहाइ माग्दै प्रदर्शन
काठमाडौं – रातो मछिन्द्रनाथ बुंगद्यः जात्राको झडपको क्रममा हिरासतमा रहेका सम्पदा अभियन्ताहरुको रिहाइको लागि ललितपुरको दरबार स्क्वायर क्षेत्रमा आज बिहान शान्तिपूर्ण जनप्रदर्शन भएको छ । हिरासतमा रहेकाहरुको रिहाइको माग गर्दै यसअघि विभिन्न स्थानमा सरकारलाई दबाब दिन यस्ता जनप्रदर्शन भइरहेका थिए । गत भदौ १८ गते पुल्चोकमा भएको झडपमा समातिएकाहरुमध्ये केहीलाई सरकारले रिहा गरिसकेको भए पनि अझै पनि सम्पदा...
-
२०७७ भाद्र २४, बुधबार
ससम्मान रिहाइ माग्दै न्हूघः (जैसीदेवल)का स्थानीय महिला समूह
काठमाडौं– बुंगःद्यःजात्राको क्रममा भएको झडपमा समातिएका सांस्कृतिक अभियन्ताहरुको रिहाइको लागि काठमाडौंमा पनि जनस्तरबाट प्रदर्शन भएको छ । स्थानीय न्हूघः (जैसीदेवल) टोलस्थित झातपाःद्यः स्थानका महिला समूहले जनता थुनेर गरिने शासनको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरुले झडपका क्रममा समातिएकाहरुको अविलम्ब ससम्मान रिहाइ हुनुपर्न जस्ता मागसहितका पम्प्लेट बोकेका थिए । यसअघि हिरासतमा रहेकाहरुको रिकाइको माग...
-
२०७७ भाद्र २४, बुधबार
मलाई मार्ने धम्की दिनेलाई पनि रिहा गरिदिनू : ललितपुर मेयर
काठमाडौं – ललितपुरका मेयर चिरिबाबु महर्जनलाई मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकालाई पनि रिहा गरिदिन स्वयं मेयर महर्जनले प्रशासनको ध्यानाकर्षण गराएको छ । ललितपुर मेयर महर्जनले आज एक विज्ञप्ति प्रकाशित गरी आफूलाई मार्ने धम्कीसहितको अभिव्यक्ति दिने संजय शाक्यलाई प्रहरीले पक्राउ गरेको र शाक्यले उत्तेजनात्मक अभिव्यक्ति दिएका कारण उनलाई रिहा गरिदिन प्रशासनको ध्यानकर्षण गराएको जनाएको छ । साथै,...
-
२०७७ भाद्र २४, बुधबार
काठमाडाैंका ३९४ सहित उपत्यकामा थपियो ४६४ संक्रमित
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौंका ३९४ सहित उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी अनुसार भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार मात्रै उपत्यकामा ३९६ जनामा संक्रमण...
-
२०७७ भाद्र २४, बुधबार
बुंगमतिमा पनि हिरासतमा रहेकाको रिहाइ माग्दै प्रदर्शन
काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा हिरासतमा परेकाहरुको अविलम्ब रिहाइको माग गर्दै बुंगमति, ललितपुरमा पनि जनप्रदर्शन भएको छ । बुंगमतिका स्थानीय युवा, महिला तथा पुरुषहरुको संलग्नतामा बुधबार बुंगमति मन्दिर परिसरमा प्रदर्शन गरिएको थियो । नेवार अभियन्ताहरुको रिहाइ गरिनुपर्ने, नेवार एकता जिन्दाबाद, नेपाल रहेसम्म नेवार संस्कृति र सम्पदा रहन्छ जस्ता पम्प्लेटहरु प्रदर्शन गरिएको थियो । स्मरणीय छ,...
-
२०७७ भाद्र २४, बुधबार
उपत्यकाकाे खुकुलाे निषेधाज्ञा एक साता यथावत, भोलिदेखि जाेरबिजाेर प्रणाली लागु
काठमाडौं – उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि यातायातका साधन जाेर बिजाेर प्रणालीमा चल्ने भएकाे छ । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले खुकुलाे निषेधाज्ञाको समय भने एक साताका लागि लागू नै गरेको छ। निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्ने काठमाडौं जिल्ला प्रशासनले जनाएकाे छ । यसैगरी बुधबार बसेको उपत्यकाका प्रमुख...
-
२०७७ भाद्र २४, बुधबार
उपत्यकाकाे खुकुलाे निषेधाज्ञामा के गर्न पाइने र के के निषेध छन् ?
काठमाडाैं – काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो हुने भएको छ। आज उपत्यकाका तीन जिल्ला प्रमुखबीच बसेको बैठकले सार्वजनिक र निजी यातायातका साधनका साथसाथै व्यापार-व्यवसाय खोल्ने निर्णय गरेको छ । गत भदौ ४ गतेदेखि जारी निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो । नयाँ मोडालिटी अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर...
-
२०७७ भाद्र २३, मंगलबार
रिहाइको माग गर्दै बालाजुमा पनि जनप्रदर्शन
काठमाडौं – गत भदौ १८ गते बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकाहरुको रिहाइ माग्दै बालाजु क्षेत्रका स्थानीयले पनि प्रदर्शन गरेका छन् । हिरासतमा रहेकाहरुको रिहाइ माग्दै जनस्तरबाट उपत्यकाका विभिन्न स्थानमा जनस्तरबाटै दबाबमूलक प्रदर्शन हुँदै आएको छ । यसअघि आजै बिहानमात्र कीर्तिपुरका स्थानीयले उनीहरुको रिहाइ माग्दै प्रदर्शन गरेका थिए भने बालाजुमा पनि भौतिक दूरी कायम गरी शान्तिपूर्ण...


