उपत्यका
-
२०७७ भाद्र २९, सोमबार
बुंगःद्यःलाई बुंगमतिमा बिराजमान गराइयो (तस्बिरसहित)
काठमाडौं – बुंगःद्यः (रातो मछिन्द्रनाथ)लाई बुंगमतिमा बिराजमान गराएसँगै बुंगःद्यःको जात्रा सम्पन्न भएको छ । कोरोना भाइरसको जोखिम र नियन्त्रणको लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण यस वर्ष परम्परागत विधिअनुरुप क्षमापूजा गरी पुल्चोकको मन्दल सत्तलसम्म मात्र रथयात्रा गरिएको थियो । आज त्यही स्थानबाट बुंगःद्यःलाई रथबाट निकाली खटमा राखेर बुंगमति लगिएको थियो । साँझ ४ः३० बजे बुंगःद्यःलाई बुंगमतिमा...
-
२०७७ भाद्र २९, सोमबार
डेरावाल हत्या प्रकरण : भाजंगालबासीको पत्रकार सम्मेलन, गलत समाचारप्रति आपत्ति
काठमाडौं – घरधनीले डेरावालको हत्या भएको घटनामा कीर्तिपुर भाजंगालबासीले पत्रकार सम्मेलन गरी गलत समाचार सम्प्रेषण भइरहेको चिन्ता व्यक्त गरेका छन् । कीर्तिपुर नपा ७ वडा भाजंगालका ६ जना घरधनी मिलेर एकजना निर्दोष बहालवालाको हत्या गरेको जस्तो भ्रामक समाचार मिडियामा आइरहेकाले यसबारे मिडियालाई सत्यतथ्य दिन भाजंगालबासीले सो पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा भाजंगालबासीले सो घटनामा घरधनी प्रेमकृष्ण...
-
२०७७ भाद्र २७, शनिबार
वागमती किनारमा गुर्जो रोपियाे
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी परिसरमा आज १५० गुर्जोको बिरुवा रोपिएको छ । गुर्जो रोपण कार्यक्रममा सांसद कृष्ण राई, पूर्व मुख्यसचिव एवं लीलामणि पौडेललगायत वाग्मती सफाइ अभियानकर्मी पनि सहभागी हुनुभएको थियो । आन्तरिक...
-
२०७७ भाद्र २६, शुक्रबार
फुटपाथ पसल राख्नु कामपाको नीतिविपरीत, अटेर गरी राखे कारबाही हुने
उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाको निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेसँगै फुटपाथका पसल तथा ठेलागाडाहरु खोल्ने निर्णय गरेकोमा उपत्यकाबासीले सो निर्णयमा आपत्ति जनाएका छन् । काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्ष एवं सम्पदा विभागका संयोजक न्हुच्छेकाजि महर्जनले बिहीबार उक्त निर्णय सच्याउने माग गर्दै प्रेस विज्ञप्ति निकालेका छन् । महर्जनले जारी गरेको विज्ञप्तिमा काठमाडौं...
-
२०७७ भाद्र २६, शुक्रबार
अभियन्ताहरुको रिहाइको खुशीयालीमा मंगलबजारमा आज दीप प्रज्ज्वलन गरिने
काठमाडौं – बुंगःद्यःको रथयात्राको क्रममा पक्राउ परेका सम्पूर्ण सम्पदा अभियन्ताहरुको रिहाइपछि त्यसको खुशियाली मनाउन आज शुक्रबार पाटन दरबार स्क्वायरमा साँझ ६ बजे दीप प्रज्ज्वलन कार्यक्रम राखिएको छ । नेवार समुदाय एकताबद्ध भएर विभिन्न कार्यक्रमबाट दबाब दिएपश्चात् सम्पदा अभियन्ताहरु सबैलाई राज्यले हिजो साँझ रिहा गरेका थिए । सम्पूर्ण अभियन्ताहरुको रिहाइ गराउन सफल भएकोले नेवार समुदायले आज स्वतःस्फूर्त...
-
२०७७ भाद्र २५, बिहिबार
साझा पार्टीको तर्फबाट तातो भात अभियान आरम्भ
विजयरत्न असंबरे कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड १९ रोगबाट सुरक्षित रहन लागु गरिएको लकडाउन र निषेधाज्ञा लम्बिंदै गए पछी गरीब निमुखा जनताहरु समस्याको मारमा जेलिंदै गईरहेको छ भने विशेषगरी दैनिक श्रम गरेर जिविकोपार्जन गर्नु परेकाहरुलाई दैनिक हातमुख जोर्न समेत गा¥हो हुँदै गईरहेको छ । यही कठीन अवस्थालाई दृष्टिगत गरी साझा पार्टीले काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँहरुमा तातो भात अभियानको थालनी...
-
२०७७ भाद्र २५, बिहिबार
हिरासतमा रहेकाकाे रिहाइ माग्दै थसिमा प्रदर्शन
काठमाडौं – बुंगःद्यः जात्राको रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकालाई अविलम्ब रिहा गराउन थसिमा स्थानीयले प्रदर्शन गरेका छन् । नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको महालक्ष्मी नगर समिति थसि कचाको आयोजनामा बुधबार बिहान उक्त प्रदर्शन भएको थियो । प्रदर्शनमा थसिका स्थानीय वृद्धवृद्धा तथा युवायुवतीहरुको उल्लेख सहभागिता रहेको थियो । हिरासतमा रहेकाहरुलाई अविलम्ब रिहाइको माग गर्दै ठाउँ ठाउँमा...
-
२०७७ भाद्र २५, बिहिबार
हिरासतमा रहेकाको रिहाइ माग्दै लुभु र साँगामा प्रदर्शन
काठमाडौं – बुंगःद्यः जात्राको क्रममा भएको झडपमा पक्राउ परेकाहरुको अविलम्ब रिहाइ माग्दै लुभु र साँगामा स्थानीयले प्रदर्शन गरेको छ । ललितपुरको लुभुमा स्थानीयहरुले स्वतःस्फूर्त रुपमा हिरासतमा रहेकाहरुको रिहाइ माग्दै प्रदर्शन गरेका हुन् । [caption id="attachment_38290" align="alignnone" width="901"] लुभुका स्थानीयकाे प्रदर्शन[/caption] यसैगरी, साँगा, काभ्रेका स्थानीयहरुले पनि हिरासतमा रहेकाको रिहाइ...
-
२०७७ भाद्र २५, बिहिबार
काठमाडौंका ४९५ सहित उपत्यकामा थपिए ५७२ कोरोना संक्रमित, कुल संक्रमित ५० हजार नाघ्याे
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ४६४ जनामा संक्रमण देखिएको थियो। काठमाडौंका ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
-
२०७७ भाद्र २५, बिहिबार
सम्पदा अभियन्ताहरु सबैलाई रिहा गरियो
काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा समातिएका सबैलाई राज्यले रिहा गरेको छ । सम्पदा अभियन्ताहरु यादवलाल कायस्थ, असोज महर्जनलगायत सबैलाई अहिले साँझ ७ बजे रिहा गरिएको हो । यसअघि समातिएकाहरुमध्ये ९ जनालाई छोडिसकेको थियो । हिरासतमा रहेकाहरुको रिहाइको लागि ज्यापु समाज, ललितपुरका अध्यक्ष चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेवार अगुवा मल्ल के. सुन्दर, बागमती प्रदेशका...
-
२०७७ भाद्र २५, बिहिबार
खुकुलो निषेधाज्ञामा बारअनुसार पसल खोल्न पाइने, ठेलागाडा र फुटपाथ व्यापार पनि खुल्ने
काठमाडौं – कोरोना संक्रमणको जोखिम नियन्त्रणको लागि गत भदौ ३ देखि जारी निषेधाज्ञा खुकुलो गरेसँगै स्थानीय प्रशासनले अब उपत्यकामा बारअनुसार पसल खोल्न पाइने तथा ठेलागाडाको व्यापार पनि खुलाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय...
-
२०७७ भाद्र २५, बिहिबार
हिरासतमा रहेका दुईजना रिहा
काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा हिरासतमा लिइएकाहरुलाई व्यापक जनदबाबपछि राज्यले रिहा गर्न बाध्य भएको छ । यसैक्रममा बुधबार साँझ हिरासतमा रहेकाहरुमध्ये रत्नलाल श्रेष्ठ र अनिस महर्जनलाई राज्यले रिहा गरेको छ । यसअघि राज्यले ३ जना र ७ जनागरी १० जनालाई रिहा गरिसकेका छन् । हाल सम्म पनि हिरासतमा रहेका ८ जनाहरु ललितपुरका अशोजकुमार महर्जन, रविन शाक्य, नरेश शाक्य, अनिल खड्गी, सञ्जय शाक्य, करण देउला,...


