उपत्यका
-
२०७७ भाद्र २२, सोमबार
पक्राउ परेकालाई रिहा गर्न ३५ संघसंस्थाको माग, रिहाइकाे लागि जनस्तरबाट प्रदर्शन
काठमाडौं – रातो मछिन्द्रनाथ रथयात्राको क्रममा पक्राउ परेका सम्पदा अभियन्ताहरुलाई रिहा गर्न जनस्तरबाटै प्रदर्शन थालिएको छ । साथै नेवाः युथ अर्गनाइजेशनलगायत विभिन्न ३५ वटा संघसंस्थाले पनि उनीहरुको रिहाइको माग गरेका छन् । नेवार अगुवा पवित्र वज्राचार्यको सभापतित्वमा आइतबार बिहान काठमाडौंको ओलम्पस क्लबमा ३५ वटा संघसंस्था सम्मिलित बैठकपछि एउटा वक्तव्य जारी गरी पक्राउ परेकाको रिहाइको माग गरेको छ ।...
-
२०७७ भाद्र २२, सोमबार
ईन्द्रजात्राको क्षमापूजाको प्रसाद शीतलनिवासमा
काठमाडौं – ईन्द्रजात्रालाई यस वर्ष क्षमापूजामै सम्पन्न गराइएपछि क्षमापूजाको प्रसाद राष्ट्रपतिको कार्यालय शीतल निवासमा लगिएको गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जनाएको छ । यसअघि ईन्द्रजात्राको अन्तिम दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति कुमारी घर पुगेर कुमारीको हातबाट टिका र प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको थियो । तर यस वर्ष कोरोनाको कारण रथयात्रा तथा अन्य सार्वजनिक...
-
२०७७ भाद्र २१, आइतबार
नेपाः च्यानलका संचारकर्मीको तत्काल रिहाइको माग
काठमाडौं – डेल्टा मल्टिमिडिया प्रोडक्सनद्वारा प्रबद्र्धित नेपाः च्यानल टेलिभिजनमा आबद्ध संचारकर्मी क्यामरापर्सन अमन महर्जनको गिरफ्तारीलाई लिएर डेल्टा मल्टिमिडियाले ध्यानकर्षणसहित निःशर्त रिहाइको माग गरेको छ । डेल्टा मल्टिमिडिया, नेपाः च्यानलका अध्यक्ष भाइकाजी महर्जन नयनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संचारकर्मी महर्जनको रिहाइको माग गरेका छन् । गत शुक्रबार ललितपुरबाट गिरफ्तार भएका महर्जन...
-
२०७७ भाद्र २१, आइतबार
आज रातो मछिन्द्रनाथको रथ तानिने
काठमाडौं – सुरक्षा मापदण्ड अपनाउँदै रातो मछिन्द्रनाथको रथलाई आज तानिने भएको छ । गत बिहीबार केही मिटर तानिएपछि झडप भएपछि पुल्चोकको बीच बाटोमै रथ रहेको थियो । त्यहींबाट सुरु गरेर आज सोह्रखुट्टे पाटीसम्म रथ तानिने भएको छ । ललितपुरबासीले आज आइतबार छ्वयलाभू र सोमबार भुज्या गर्नेछन् । यसअघि रथ जता पुग्यो त्यस स्थानका बासिन्दाले छ्वय्लाभू र भुज्या मनाइने गर्दथ्यो । सोमबार नै साइत निकालेर मछिन्द्रनाथलाई...
-
२०७७ भाद्र २१, आइतबार
आज यसरी तानिन्दैछ रातो मछिन्द्रनाथको रथ
काठमाडौं – कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले जारी गरेको निषेधाज्ञा र लकडाउनले प्रभावित रातो मछिन्द्रनाथको जात्राको क्रममा आज सांकेतिक रुपमा रथयात्रा गरिँदैछ । त्यसको लागि आज (आइतबार) दिउँसो ३ बजे पाटनको गाःबहालमा भक्तजनहरु जम्मा हुने र रथ तान्नको लागि १६० जनाको समूह हुने जनाइएको छ । रथ तान्नको लागि गाःबहाः जात्रा व्यवस्थापन समिति, वछुत्वाः नुगः जात्रा व्यवस्थापन समिति, लगनखेलको बुंगःद्यः...
-
२०७७ भाद्र २१, आइतबार
रातो मछिन्द्रनाथको रथयात्रा 'लाइभ' हेर्नुहोस्
काठमाडौं – लामो समयदेखि हुन नसकेको रातो मछिन्द्रनाथको जात्रा आज सांकेतिक रुपमा रथयात्रा हुँदैछ । पुल्चोकमा रहेको रथलाई आज सोह्रखुट्टेपाटीसम्म तानेर सांकेतिक रुपमा रथयात्रा गरिँदैछ । रथयात्राको प्रत्यक्ष प्रशारणको लागि तलको लिंकमा क्लिक गर्नुहोला । रातो मछिन्द्रनाथको रथयात्रा 'लाइभ' हेर्नुहोस्
-
२०७७ भाद्र २१, आइतबार
राताे मछिन्द्रनाथकाे सांकेतिक रथयात्रा सम्पन्न
काठमाडौं – कोरोना महामारीबाट अलपत्रमा रहेको रातो मछिन्द्रनाथको रथयात्रा सांकेतिकरुपमै भए पनि सम्पन्न गरिएको छ । कोरोना महामारीको कारण जारी निषेधाज्ञा र लकडाउनको कारण लामो समयदेखि हुन नसकको रथयात्रा आज सांकेतिक रुपमा सम्पन्न गरिएको छ । पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथलाई सोह्रखुट्टे पाटीसम्म तानिएपश्चात यात्रा सम्पन्न गरिएको हो । रथयात्रा पछि अब पानेजुहरुसँग छलफल गरेर केही दिनपछि...
-
२०७७ भाद्र २०, शनिबार
कर्मचारीलाई कोरोना देखिएपछि टाेखा नगरपालिका बन्द
काठमाडौँ – टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना...
-
२०७७ भाद्र २०, शनिबार
ललितपुरका यी ठाँउमा पाँचजनाभन्दा बढी भेला हुन नपाइने
ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले भदाै २० देखिदेखि २६ गतेसम्म ललितपुरका केही स्थानमा पाँचभन्दा बढी व्यक्ति भेला हुन नपाउने आदेश जारी गरेकाे छ । बिहीबार रथयात्राको लागि स्थानीयहरु ओइरिएपछि सरकारले शुक्रबार ललितपुरमा कफ्र्यु नै लगाएको थियो । तर शनिबारबाट कफ्र्यु हटे पनि रातो मछिन्द्रनाथको रथ रहेको ठाउँ वरपर यसप्रकारको निषेधाज्ञा जारी गरेको हो । प्रशासनले जनाएअनुसार रातो मछिन्द्रनाथ रहेको...
-
२०७७ भाद्र २०, शनिबार
घर–घरमा पुगी स्थानीयमाथिकाे धरपकडबारे २० संघसंस्थाको ध्यानाकर्षण • पक्रिएकाकाे निशर्त रिहाइ माग
काठमाडौं – रातो मछिन्द्रनाथ रथयात्राको क्रममा बिहीबार ललितपुरको पूल्चोकमा भएको झडपमा प्रहरीले गिरफ्तार गरेका सर्वसाधारणलाई रिहा गर्न विभिन्न २० वटा संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरेको छ । ज्यापु समाज यललगायत शिल्पकार समाज, स्यस्यः समाज, बौद्धविहार संघ, ताम्रकार समाज, सिकःमि समाज, बाराही समाज, राजोपाध्याय समाज, तण्डुकार समाज, नापित समाज, कपाली समाज, मालाकार समाज, खड्गी समाज, जोशी समाज, देउला...
-
२०७७ भाद्र १९, शुक्रबार
सोमबार रातो मछिन्द्रनाथलाई खटमा राखी बुंगमति लगिने
काठमाडौं – कोरोना भाइरस जोखिम नियन्त्रणको लागि लगाइएको निषेधाज्ञा तथा लकडाउनले प्रभावित बनेको रातो मछिन्द्रनाथको जात्रा सम्पन्न गराइने भएको छ । गुठी संस्थानका अधिकारीसँग १९ वटा जातीय खलःपुचः एवं ललितपुर जिल्ला प्रशासन प्रमुखबीच हिजो भएको संयुक्त बैठकमा यही आउँदो सोमबार खटमा विराजमान गराई बुंगमती लगिने भएको छ । यसको लागि शनिबार क्षमापूजा गर्ने ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिनुभएको...
-
२०७७ भाद्र १९, शुक्रबार
श्रीकरुणामय रथयात्राको क्रममा भएको घटनाले मर्माहत भएकी छु ‒ प्रदेश सभा सांसद शाक्य
विजयरत्न असंबरे कोरोना महामारीको कारण उत्पन्न विषम परिस्थितीले गर्दा लामो समयदेखि स्थगनमा रहेको वर्षा र सहकालको देवता बुंगःद्यः श्रीकरुणामयको जात्रालाई सम्पन्न गर्न स्वःस्फूर्तमा आयोजित दबाबमूलक कार्यक्रममा उत्पन्न अप्रिय स्थीतिलाई लिएर बागमति प्रदेश सभा सांसद शोभा शाक्यले एउटा वक्तव्य प्रकाशित गरी दुःख व्यक्त गर्नु भएको छ । साझा पार्टीका केन्द्रिय सदस्य समेत रहनु भएका माननीय सांसद शोभा शाक्यले...


