STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ जेठ ३०, सोमबार

    आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमबाट युवा लाभान्वित

    नेवा: पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको आयोजनामा सञ्चालित १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमबाट यो क्षेत्रमा पाइला बढाइ रहेका युवा वर्ग लाभान्वित  भएको बताइएको छ । सो तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्तीले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई संविधानले दिएको हक अधिकारका विषय...

  • २०७९ जेठ २८, शनिबार

    भक्तपुर केन्द्र बनाई ४.७ काे भूकम्प गयाे

    काठमाडौं - काठमाडौ उपत्यका सहित देशका विभिन्न भागमा भुकम्पको झट्का महसुस गरिएको छ । शनिबार विहान २ बजेर ३५ मिनेटमा भुकम्पको झट्का महसुस गरिएको हो । भक्तपुर चाँगुनारायणलाई केन्द्र बनाई ४.७ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • २०७९ जेठ २७, शुक्रबार

    मध्यरात काठमाडौंकाे फाेहाेर उठाउने सहमति

    काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ । बिहीबार अबेर राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो। सहमतिअनुसार अबदेखि रातिमात्र फोहोर लैजान पाइने छ । आज (शुक्रबार)देखि फोहोर विसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने छ । सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने सहमति भएको छ...

  • २०७९ जेठ २६, बिहिबार

    नबिलकाे शाैचालय पनि सर्वसाधारणले निःशुल्क प्रयाेग गर्नपाउने

    काठमाडौं - नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन् । बुधबार काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिनेछ । तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शौचालय...

  • २०७९ जेठ २६, बिहिबार

    बञ्चरेडाँडामा फोहोर फाल्न सकिएन्, काठमाडौंको सडकमा फोहोरको पहाड

    काठमाडौं - काठमाडौंका सडकमा महिनादिनदेखि थुप्रिएका फोहोरले यहाँका सडक दुर्गन्धित बन्दै गएको छ भने अर्कोतर्फ यहाँको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका टिपरहरू पनि फोहोर नफाली फर्किएका छन् । बुधबार बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ । फोहोरकाे राजनीतिले काठमाडौंका नवनिर्वाचित...

  • २०७९ जेठ २४, मंगलबार

    काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित

    काठमाडौं - काठमाडौँ महानगरपालिकाको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित भएका छन् । आज राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा (एकीकृत समाजवादी)की मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् । दलित वा अल्पसङ्ख्यकतर्फबाट नेपाली कांग्रेसका...

  • २०७९ जेठ २२, आइतबार

    नेवार समुदाय सिथि नखः पर्व मनाउँदै

    काठमाडौं- नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन । भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (...

  • २०७९ जेठ २१, शनिबार

    होन्डाको सबै शोरुममा निःशुल्क शौचालय प्रयाेग गर्न पाइने

    दुई पाँग्रे सवारी साधन होन्डाको सबै शो रुमा निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ । परिवर्तन सुरु हुन्छ हामीबाट भन्ने मुल नाराका साथ कम्पनीले यो योजना सुरु गरेको हो । एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अबदेखि सबै होन्डा शो रूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने ज्योती ग्रुपका निर्देशक शौरभ ज्योतिले घोषणा गरे । काठमाडौं महानगरपालिकाले रेष्टुरेन्टका शौचालय र पेट्रोल पम्पका शौचालयलाई सावर्जनिक...

  • २०७९ जेठ २१, शनिबार

    आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै

    काठमाडौं - आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ । भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्ममती पुर्याइन्छ । मच्छिन्द्रनाथको जात्राका क्रममा स्थानीय बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर...

  • २०७९ जेठ १९, बिहिबार

    स्वर्णमय बन्यो गोकर्णेश्वर महादेव मन्दिरको छाना

    काठमाडौँ - दैनिक बालयन्त्रको पूजा आराधना हुने राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानामा सुनको लेप लगाउने कार्य सम्पन्न गरिएको छ । छानामा सुनको लेप लगाउने काम गर्दा मन्दिरको पूजा आराधनामा कमी, कमजोरी वा त्रुटि भएको भए क्षमा पाउँ भनी आज क्षमा पूजा सुरु गरिएको छ । क्षमा पूजाका क्रममा १८ वटै पुराणको वाचन गरिने मन्दिरको छाना निर्माण समितिले जनाएको छ । कार्यक्रमको शुभारम्भ...

  • २०७९ जेठ १७, मंगलबार

    मेलम्चीको पानी बन्द

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौँ ल्याइएको पानी वर्षाद्का कारण सुरुङ्मा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ । निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले राससलाई जानकारी दिनुभयो । आजदेखि बन्द गरिएको पानी सुक्खा मौसम लागेपछि फेरि...

  • २०७९ जेठ १६, सोमबार

    काठमाडौंका हाेटलका शाैचालय सार्वजनिक प्रयाेगमा ल्याइने

    काठमाडौं - काठमाडौं महानगरपालिकाले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गराउने अवधारणा ल्याएको छ । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताए । यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटलहरूसँग पनि यसका लागि...

Pages