STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ जेठ १६, सोमबार

    काठमाडौंका समस्या सुनुवाइकाे लागि कल सेन्टर र समाधान टास्कफाेर्सबाट

    काठमाडौं - काठमाडौं महानगरको कार्यपालिका बैठकमा फोहोर व्यवस्थापन सम्बन्धी एजेन्डा प्रमुखताका साथ उठाइएको छ। काठमाडौंमा फोहोर व्यवस्थापन जटिल बन्दै गएपछि महानगरको पहिलो बैठकमै फोहोर व्यवस्थापन कसरी गर्ने सम्बन्धमा बहस चलेको हो। सोमबार नगरसभाको पहिलो लाइभ बैठकमा ३२ वटै वडाका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै मेयर शाहले महानगरभित्रको ढल, पानी, सडकको समस्याको सुनुवाइका लागि कल सेन्टर राख्ने र टास्क...

  • २०७९ जेठ १६, सोमबार

    मेयर बालेनद्वारा पदभार ग्रहण, आज ४ बजे नगरसभाकाे पहिलाे बैठक बस्दै

    काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । सोमबार पदभार सम्हालेपछि साहले महानगर बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका हुन् । नगरसभाको पहिलो बैठक सोमबार ४ बजेका लागि बोलाइएको छ ।  उनले आफ्नो घोषणापत्र अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने बताए । काठमाडौंको फोहोर व्यवस्था, पहिलो प्राथमिकता रहेको उनले बताए।

  • २०७९ जेठ १६, सोमबार

    काठमाडौंका मेयर बालेन र उपमेयर सुनिताले नेपालभाषाबाट शपथ लिए

    काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगाेलले पद तथा गोपनीयताको शपथ ग्रहण नेपालभाषामा लिएका छन् ।  आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । पहिले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र...

  • २०७९ जेठ १४, शनिबार

    जित लगत्तै मेयर बालेन फिल्डमा, सिसडाेल र बञ्चरेडाँडा अवलाेकन

    काठमाडौं - प्रमुख (मेयर) पदमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) बधाई ज्ञापन र्यालीपश्चात कार्य क्षेत्र ‘फिल्ड’ मा खटिएका छन् । शुक्रबार ज्ञापन र्यालीपछि मेयर बालेन काठमाडौं उपत्यकाबाट फोहोर लगेर विसर्जन गरिने ठाउँ सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् । बालेनकाे यस कार्य र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को स्टाइल एउटै देखिएको छ । मेयरमा जितेसँगै दुवै फिल्डमा खटिएका छन् ।...

  • २०७९ जेठ १३, शुक्रबार

    सबै जनप्रतिनिधिसँग सहकार्य गरेर महानगरकाे विकासमा जुट्नेछु : उपमेयर सुनिता डङ्गोल

    काठमाडौं- काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले अब  सबै जनप्रतिनिधिसँग सहकार्य गरेर महानगरकाे विकासमा जुट्ने बताएकी छिन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन् । उनले जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमितामा रहेको उल्लेख गर्दै यसअघि पनि...

  • २०७९ जेठ १३, शुक्रबार

    नवनिर्वाचित मेयर बालेनकाे प्रतिबद्धता : काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु

    काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरे । शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले भने, ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’  काठमाडौं महानगरलाई नै एउटा...

  • २०७९ जेठ १२, बिहिबार

    काठमाडौंको कुन वडामा को जिते ? (सुची सहित)

    निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएको छ । आयोगका अनुसार काठमाडौंको ३२ वडामा निर्वाचित वडाध्यक्षहरू यसप्रकार छन् - वडा नम्बर १ः भरत लाल श्रेष्‍ठ, एमाले वडा नम्बर २ः राजेन्द्र कुमार श्रेष्‍ठ, एमाले वडा नम्बर ३ः प्रेम थापा, एमाले वडा नम्बर ४ः दिनेश महर्जन, एमाले वडा नम्बर ५ः वीरेन्द्र प्रजापती, एमाले वडा नम्बर ६ः भुवन लामा, कांग्रेस वडा नम्बर ७ः बिमल कुमार होडा...

  • २०७९ जेठ १२, बिहिबार

    काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित

    काठमाडौँ महानगरपालिको मतगणना सकिएको छ । महानगरका ३२ वटै वडाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्। अन्तिम परिणामअनुसार महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन् । उपमेयरमा नेकपा (एमाले)की सुनिता डङ्गोल विजयी भएकी छिन्  ।  बालेनले ६१ हजार सात सय ६७ मत...

  • २०७९ जेठ १२, बिहिबार

    जेठ २१ गते भाेटाेजात्रा हुने

    काठमाडौं - ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए । उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्‍याइने साइत रहेको छ । जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाइन्छ । हरेक वर्ष यस पाटीमा बसेर...

  • २०७९ जेठ १२, बिहिबार

    काठमाडौं १५ वडामा एकीकृत समाजवादीका डंगोल निर्वाचित

    काठमाडौं - काठमाडौं महानगरपालिका-१५ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका ईश्वरमान डङ्गोल विजयी भएका छन् । अन्तिम मतरिणाम अनुसार डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गरे ।  यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार...

  • २०७९ जेठ १२, बिहिबार

    काठमाडौंकाे उपमेयरमा सुनिता डंगाेलकाे जित सुनिश्चित

    काठमाडौं - काठमाडौं महानगरको उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले जीत सुनिश्चित गरेकी छन्। सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन्। सुनिताले ६४ हजारभन्दा बढी मत ल्याइसकेकी छन्। श्रेष्ठभन्दा तेब्बर मत भएकाले उपमेयरमा डंगोलले जीत सुनिश्चित गरेकी छन्। ३२ वडा रहेको काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ...

  • २०७९ जेठ १२, बिहिबार

    बालेनकाे जित निश्चित, विजय र्‌यालीकाे तयारी

    काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा जित निश्चित गरेका बालेन साहका समर्थकहरूले विजय जुलुसको तयारी गरेका छन् । बालेनले विजय जुलुस निकाल्ने पक्षमा नरहेको भन्दै आ–आफ्नै क्षेत्रमा धन्यवाद र्‍याली आयोजना गर्न सार्वजनिक आह्वान गरे पनि समर्थकहरूले काठमाडौंमै जुलुस निकाल्ने तयारी गरेका हुन् ।  उनीहरूले जुलुसको रुट पनि निर्धारण गरेर सहभागी हुनका लागि आह्वान गरेका छन् ।  ‘हाम्रो र्‍याली परिवर्तनका...

Pages