उपत्यका
-
२०७९ जेठ ११, बुधबार
काठमाडौंकाे मेयरमा बालेन र उपमेयरमा सुनिताकाे जित निश्चित
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो ५५ हजार नजिक मत पुर्याएका छन्। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। काठमाडौंको मेयर पदमा बालेन्द्रले जीत सुनिश्चित गरेका छन्। बुधबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका...
-
२०७९ जेठ ११, बुधबार
कामपाका २७ वडामा मत गणना सकियो
काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ । यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६ र १७ को मतगणना जारी छ । वडा नं १८ मा...
-
२०७९ जेठ १०, मंगलबार
ललितपुरको मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्य निर्वाचित
काठमाडौं - चिरीबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार चिरीबाबु ४२ हजार सात सय २२ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार एक सय ६२ मतान्तरले पराजित गरे । व्यञ्जनकारले २४ हजार पाँच सय ६० मत ल्याएका छन् । चिरीबाबु २०७४ सालको निर्वाचनमा पनि ललितपुरको मेयर निर्वाचित भएका थिए । ...
-
२०७९ जेठ १०, मंगलबार
वाग्मती किनारमा फोहर फाल्ने र ढल हाल्नेलाई पाँच हजार जरिवाना
काठमाडौँ - वाग्मती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई काठमाडौँ महानगरपालिका वातावरण विभागले पाँच हजार जरिवानासहित कारबाही गरेको छ । वाग्मती सफाइ महाभियानका अभियानकर्मीको पहलमा महानगरपालिकाले जरिवानास्वरुप कारबाही गरेको हो । गत शनिवार ४७१ औँ हप्ताको सफाइका क्रममा सिनामङ्गलस्थित वाग्मती पुलबाट ५०० मिटर दक्षिण वाग्मती नदी सफाइ अभियानको क्रममा केही घरधनी र पसलेले पैदल हिँड्ने...
-
२०७९ जेठ १०, मंगलबार
काठमाडौं २६ वडामा कांग्रेस विजयी
काठमाडौं - काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी हुनुभएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अघि सम्पन्न मतगणनामा कांग्रेसका तिवारीले तीन हजार ३१५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष यसअघि पनि सोही...
-
२०७९ जेठ १०, मंगलबार
काठमाडौं ९ र १० वडामा कांग्रेस विजयी
काठमाडौं - काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली काँग्रेसका उम्मेदवार राम्जी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय भएका हुन् । अध्यक्ष पदमा विजय भएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा...
-
२०७९ जेठ १०, मंगलबार
बालेनले कटाए ५० हजार मत, केशव र सिर्जनाकाे ३० हजार बढी मत
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन् । मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५० हजार ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३०...
-
२०७९ जेठ ९, सोमबार
काठमाडौं २३ वडामा एमालेबाट मचाराजा महर्जन विजयी
काठमाडौं महानगरपालिका २३ वडाकाे वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मचाराजा महर्जन विजयी भएका छन् । यसैगरी साे वडामा महिला वडा सदस्यतर्फ चन्द्रदेवी मानन्धर, दलित महिला सदस्यतर्फ कन्चना तथा वडा सदस्यतर्फ नेपाली कांग्रेसबाट गोपाल नापित र सुरेश मानन्धर विजयी भएका छन् ।
-
२०७९ जेठ ८, आइतबार
काठमाडौं मेयरमा बालेन र उपमेयरमा सुनिताकाे अग्रता कायमै, सिर्जनालाई पछ्याउँदै केशव स्थापित
काठमाडाैं- काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेको जानकारी दिए । उनका अनुसार साहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार ५३८ मत पाएकी छन् भने तेस्रो...
-
२०७९ जेठ ८, आइतबार
काठमाडौं ३१ वडाध्यक्षमा एमाले विजयी
काठमाडौं - काठमाडौँ महानगरपालिका–३१ मा नेकपा एमालेका उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्धी रवीन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित हुनुभएको छ । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेका हुमादेवी आचार्य निर्वाचित हुनुभएको छ । महिला...
-
२०७९ जेठ ८, आइतबार
बालेनकाे अग्रता कायमै, सिर्जनाले केशवलाई पछि पारे
काठमाडौं - काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै रहँदा केशव स्थापित भने पछि परेका छन् । हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको छ । पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई हजार ७६३ मतगणना भइसकेको छ । जसक्रममा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८ हजार ३३३ मत प्राप्त गरेका छन् । त्यसपछि नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत ल्याउँदै दास्रो स्थानमा छन्...
-
२०७९ जेठ ७, शनिबार
बालेनले कटायाे ३३ हजार मत, अग्रता कायमै
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरसहितको यात्रामा निरन्तर अघि बढेका छन् । शनिबार बिहानसम्म बालेनले ३३ हजार २६० मत पाइसकेका छन् । एमालेका उम्मेदवार केशव स्थापितले १७ हजार ६९२ मत पाएका छन् । स्थापित र बालेनको मतान्तर १५ हजार ५६८ छ । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन् । स्थापित र सिर्जनाको मतान्तर ११३ छ । हालसम्म वडा...


