STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८२ जेठ २३, शुक्रबार

    माधवलाई भ्रष्टाचार मुद्दा लागेसँगै एमाले र एकीकृत समाजवादीका नेताबिच आरोप–प्रत्यारोप

    काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर गरेसँगै राजनीति तरङ्गित भएको छ ।  बिहीबार अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध योग पिठको ३१३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त...

  • २०८२ जेठ २३, शुक्रबार

    केपीे ओलीले मेरो राजनीति ‘करियर’ सिध्याउन लागे : माधव नेपाल

    काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागेको प्रतिक्रिया दिएका छन् ।  अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।  ‘मेरो नियत भ्रष्टाचार गर्ने होइन, म बाट भ्रष्टाचारका लागि आदेश दिने काम भएको छैन’,...

  • २०८२ जेठ १८, आइतबार

    राजावादीद्वारा सोमबार उपत्यका बन्द घोषणा

    काठमाडौं - राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि उपत्यका बन्दको घोषणा गरेको छ । संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपकबहादुर सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा राजावादी समूहले नेपाल बन्दको घोषणा गरेको हो । ‘प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा...

  • २०८२ जेठ १८, आइतबार

    कमल थापा र दीपक सिंहसहित ७ जना रिहा

    काठमाडौँ - राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए । प्रदर्शनकै क्रममा पक्राउ परेका राप्रपाका सांसद दिपक सिंहसहित सात जनालाई जिम्मा जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए । आइतबार...

  • २०८२ जेठ १६, शुक्रबार

    राजावादी आन्दोलनको पहिलो दिन

    काठमाडौँ - राजावादी समूहले बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र फर्काउने उद्देश्यका साथ राजावादी समूहले बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।  जसअनुसार पहिलो दिनको प्रदर्शन राजधानीको शान्तिबाटिका क्षेत्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको राप्रपाका प्रवक्ता सगुन लावतीले बताए । उनले आन्दोलन निरन्तर हुने जानकारी दिँदै आज पहिलो दिनको आन्दोलनमा संयुक्त जनआन्दोलन समितिका...

  • २०८२ जेठ १५, बिहिबार

    मन्त्री लेखकको राजीनामा मागेसँगै प्रतिनिधिसभा बैठक बस्न सकेन, भोलि सम्मको लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक सूचना टाँस गरेर भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशङ्का गर्दै विपक्षीले मन्त्री लेखकको राजीनामा र छानबिन समिति नबनेसम्म बैठक बस्न नदिने बताउँदै आएका छन् ।

  • २०८२ जेठ १५, बिहिबार

    टुँडिखेल आसपासमा एमालेलाई कार्यक्रम गर्न अनुमति, राजावादीद्वारा रत्नपार्कमा भेला हुन आह्वान

    काठमाडौं - गणतन्त्र दिवसका अवसरमा भोलि बिहीबार नेकपा ९एमाले० ले काठमाडौंको टुँडिखेल वरिपरि कार्यक्रम गर्न अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालयबाट टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न भनेर अनुमति लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले  बताए । गणतन्त्र दिवसकै दिनबाट राजावादीहरूको संयुक्त मोर्चाले पनि राजसंस्थाको पक्षमा...

  • २०८२ जेठ १४, बुधबार

    राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिन्छ : कमल थापा

    काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् ।  जेठ १५ राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै थापाले आफूहरूका लागि पात्र भन्दा पनि राजसंस्था महत्त्वपूर्ण रहेको बताए ।  उनले संविधानले कुनै पनि राजनीतिक दल र दलका गतिविधिहरूलाई प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरेको...

  • २०८२ जेठ १४, बुधबार

    गृहमन्त्रीको राजीनामा अडान कायमै

    काठमाडौं - विपक्षीहरूको अवरोधका कारण स्थगित संसद् खुलाउने प्रयास सफल हुन सकेको छैन । सत्ता र प्रतिपक्षीबीच सहमतिको प्रयास गर्न सभामुख देवराज घिमिरेको पहलमा बैठक बसेको छ । बैठकमा सभामुख, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी छन् । तर, सबै आआफ्नो अडानमा कायम रहेकाले सहमति जुट्न सकेको छैन । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश...

  • २०८२ जेठ १४, बुधबार

    भोलिसम्मलाई प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं - प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएका छन् । विपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए । तर, दुवै पक्ष आफ्नो अडानबाट...

  • २०८२ जेठ १४, बुधबार

    गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं - नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ ।  प्रदर्शनमा सहभागीहरूले नालायक प्रधानमन्त्री राजीनामा दे, नालायक गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, मानव तस्कर सरकार मुर्दावाद आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

  • २०८२ जेठ १३, मंगलबार

    काठमाडौं महानगरका प्रमुख बालेनलाई हटाएर उपप्रमुख सुनितालाई दिइयो जिम्मेवारी

    काठमाडौं - सरकारले गणतन्त्र दिवस मूल समारोह समितिको जिम्मेवारीबाट काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई हटाएको छ। बालेनको ठाउँमा महानगरका उपप्रमुख सुनिता डंगोललाई जिम्मेवारी दिइएको छ।  मूल समारोह समिति गठनको बैठकका क्रममा बालेन नपुगेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नामका लागि नाम नराख्नका लागि निर्देशन दिएका थिए।  सोही अनुसार समितिमा बालेनलाई नराखिएको नामावली गृहसचिव गोकर्णमणि दुवाडी...

Pages