STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ चैत्र १७, आइतबार

    विवादित अडियो बाहिरिएपछि सुदूरपश्चिमका मन्त्रीले दिए राजीनामा

    काठमाडौं - सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार (चैत १६) पदबाट राजीनामा दिएका छन् । विवादित अडियो बाहिरिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । शनिबार उनले मुख्यमन्त्रीको निवास पुगेर राजीनामापत्र बुझाएका शाहको सचिवालयले जनाएको छ । चौधरी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका थिए । विवादित एउटा अडियो...

  • २०८१ चैत्र १७, आइतबार

    ‘तीनकुने हिंसा’को सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस

    काठमाडौं - कांग्रेसले ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको भन्दै सम्पूर्ण घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष कांग्रेसले निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी गराए । “अराजक अवस्था देखाइयो । त्यसमा...

  • २०८१ चैत्र १७, आइतबार

    रवीन्द्र, धवललाई रिहा गर्न राप्रपाको ‘अल्टिमेटम’

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार (चैत १५) तीनकुनेमा राजावादीको शान्तिपूर्ण प्रदर्शनमा सरकारले ज्यादती गरेको आरोप लगाएको छ । सरकारले नै हिंसा भड्काएको राप्रपाले निष्कर्ष निकालेको छ । शनिबार (चैत १६) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकबाट उक्त घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ । त्यसक्रममा पक्राउ गरिएका आफ्ना पार्टीका...

  • २०८१ चैत्र १६, शनिबार

    समाजवादीको कार्यालय अनुगमनमा मोर्चाका नेताहरू

    काठमाडौँ - समाजवादी मोर्चाका नेताहरू शनिबार बिहान आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमनका लागि पुगेका छन् । शुक्रबार व्यवस्था उल्टाउने भन्दै सडकमा उत्रिएका राजवादीहरूको समूहले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेका थिए । अनुगमनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’,...

  • २०८१ चैत्र १६, शनिबार

    दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी, प्रसाईँ फरार

    काठमाडौँ - राजावादी अभियानमा संलग्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी परेको छ।   मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार ब्युरोमा दर्ता भएको छ ।  लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको...

  • २०८१ चैत्र १५, शुक्रबार

    रविन्द्र मिश्र र धवलशमशेर जबरा पक्राउ, नवराज सुवेदी घरमै नजरबन्द

    काठमाडौं - राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरा पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।  मिश्रले यसअघि पनि पटक पटक मुलुक बंगलादेश, सिरिया बन्ने गम्भीर अभिव्यक्ति दिँदै आएका थिए । प्रहरी परिसरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा स्वागत नेपाल पनि...

  • २०८१ चैत्र १५, शुक्रबार

    तीनकुने घटनाका घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं - सरकारले काठमाडौंको तीनकुनेमा भएको घटनाप्रति घोर भर्त्सना भएको जनाएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानिसको ज्यान जानेगरी भएको लुटपाट, आगजनी, तोडफोड भएको घटनाप्रति भर्त्सना भएको जनाएका छन् । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने निर्णय भएको उनले बताए ।...

  • २०८१ चैत्र १५, शुक्रबार

    राजावादीले आगो लगाएको तीनकुनेस्थित भवनमा जलेर पत्रकारको मृत्यु

    काठमाडौं - राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ। राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एकजना व्यक्तिले ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउनेमा उनी एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । तर...

  • २०८१ चैत्र १५, शुक्रबार

    कानुनलाई हातमा लिने जोसुकैलाई कारबाही हुन्छ : गृह

    काठमाडौं - कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा ८ वटा गाडीमा आगजनी गरेको गृह मन्त्रालयले जानकारी दिएको छ। गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले भने, ‘कानुनलाई हातमा लिने जोसुकैलाई कारबाही हुन्छ। नियन्त्रणमा लिइन्छ। कोही पनि आत्तिनुपर्दैन। एक दिन यस्तो घटना भए पनि सधैँ यस्तो हुँदैन।’दंगामा संलग्न व्यक्तिहरू खोजीखोजी कानुनी दायरा ल्याउने उनले बताए। ‘यो क्षमायोग्य छैन,’ उनले...

  • २०८१ चैत्र १५, शुक्रबार

    कुलमान बर्खास्ती : पब्लिक युथ क्याम्पसमा मसाल जुलुस

    काठमाडौं - अनेरास्ववियु क्रान्तिकारी, पब्लिक युथ क्याम्पसले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्यपूर्ण ढंगले बर्खास्त गरिएको भन्दै त्यसको विरुद्धमा नाराबाजीका साथ मसाल जुलुस प्रदर्शन गरेको छ । मसाल जुलुस समापनपछि प्रतिक्रिया दिँदै सोही क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)का संयोजक रोशन कालिकोटेले प्राधिकरणमा जसको नेतृत्वले जनता लोडसेडिङ मुक्त भए, उसैलाई अन्यायपूर्ण...

  • २०८१ चैत्र १५, शुक्रबार

    तीनकुने झडपमा कीर्तिपुरका सविन महर्जनको मृत्यु

    काठमाडौं - काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार तीनकुने क्षेत्रमा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । २९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी...

  • २०८१ चैत्र १५, शुक्रबार

    आजको घटनाको जिम्मेवार दुर्गा प्रसाईं : गृह मन्त्रालय

    काठमाडौँ - गृह मन्त्रालयले आज तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’ आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ...

Pages