राजनीति
-
२०८२ भाद्र २५, बुधबार
नक्साल भाटभटेनीमा लुटपाट गरी लगाइयो आगो
काठमाडौं - प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेर आगजनी गरेका छन्। आगो लगाउनुअघि प्रदर्शनकारीले स्टोरबाट सामानहरू लुटपाट गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताएका छन्। ‘प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्,’ सीओओ पौडेलले भने, ‘क्षतिबारे यकिन भएको छैन, ।’ यसअघि राजावादीको आन्दोलन क्रममा कोटेश्वर भाटभटेनीमा लुटपाट भएको थियो ।
-
२०८२ भाद्र २४, मंगलबार
प्रदर्शनकारीलाई घर फर्कन बालेनको अनुरोध
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालबाट जेन(जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन(जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’ उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’
-
२०८२ भाद्र २४, मंगलबार
आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते
काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै, पार्टी कार्यालय र प्रहरी बिभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।
-
२०८२ भाद्र २४, मंगलबार
प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ। हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए। उनको मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए। २ दिनको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा...
-
२०८२ भाद्र २४, मंगलबार
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।
-
२०८२ भाद्र २४, मंगलबार
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । ‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो’, ओलीले मंगलबार जारी गरेको अपिलमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक...
-
२०८२ भाद्र २४, मंगलबार
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न प्रधानमन्त्रीद्वारा अस्वीकार
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे...
-
२०८२ भाद्र २४, मंगलबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन्। बैठकमा आजको आन्दोलन र समसामयिक विषयमा छलफल हुने जनाइएको छ। जेन जी पुस्ता सडकमा निस्किएपछि कांग्रेसले पनि यो निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाउँदैछ। यसबारेमा कांग्रेस सभापति...
-
२०८२ भाद्र २४, मंगलबार
गृहमन्त्री लेखकले दिए राजीनामा
जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन्। सोमबार साँझ बसेको कांग्रेस पदाधिकारीहरूको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो। ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए। जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको...
-
२०८२ श्रावण ७, बुधबार
“साँच्चै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने हो भने हामी सच्चिन जरुरी छ” – एमाले युवा नेता डा. सुरेन्द्र मानन्धर
एमालेका युवा नेता डा. सुरेन्द्र मानन्धरको सुझाव अध्यक्ष ओलीलाई नेकपा एमालेका केन्द्रीय सुदस्य युवा नेता एवं कानूनविद् डा. सुरेन्द्र मानन्धरले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य नेताहरुलाई सुझाव पेश गर्नुभएको छ ।नेकपा एमाले केन्द्रीय कमिटीको नवौं बैठकका सन्दर्भमा युवा नेता डा. मानन्धरले उक्त सुझाव पेश गरेका हुन् । युवा नेता डा. मानन्धरले पार्टी अध्यक्ष लगायत अन्य...
-
२०८२ आषाढ ३, मंगलबार
कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलनमा
काठमाडौं - सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलन गरेका छन्। कर फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी र कालिगड संघर्ष समिति सोमबार विरोधमा उत्रिएका हुन्। बजेटमार्फत सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत करले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन्। उल्लेख गरेका थिए।
-
२०८२ जेठ २३, शुक्रबार
भिजिट भिसा प्रकरणमा मुछिएको गृहमन्त्रीको छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक
काठमाडौं - गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष तयार भएको छ । शुक्रबार संसद् भवन नयाँ वानेश्वरमा भएको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरेबिच भएको छलफलमा कांग्रेस नेताहरू छानबिन प्रक्रिया अगाडि...


