STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ चैत्र २४, आइतबार

    पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष

    काठमाडौँ - नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिएको उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो ।  यसअघि गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । जसअनुसार पार्टीले पासाङलाई विशेष जिम्मेवारी...

  • २०८१ चैत्र २४, आइतबार

    कुलमानको पुनर्बहालीको माग गर्दै र्‍याली

    काठमाडौं - नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै बानेश्वरबाट सुरु भएको र्‍याली माइतीघर पुगेर कोण सभामा परिणत भएको छ ।  पुरा नेपाल झलमल छ, जनताको मनमा कुलमा छ, कुलमा हाम्रो शाान हो, देश र जनतको मान हो, देशको शान मान कुलमा जस्ता अन्य थप्रै विभिन्न ब्यानर र प्लेकार्डसहित  कुलमानको समर्थकहरूले प्रदर्शन गरेका छन् ।  र्‍यालीमा क्रममा उर्जामन्त्री दीपक खड्काको राजीनामा समेत...

  • २०८१ चैत्र २१, बिहिबार

    सात दल आबद्ध रहेर तराई–मधेस केन्द्रित दलहरूले लोकतान्त्रिक मोर्चा घोषणा

    काठमाडौं - सात दल आबद्ध रहेर संविधान संशोधन लगायत २६ वटा उद्देश्य राखी तराई–मधेस केन्द्रित दलहरूले मोर्चा घोषणा गरेको छ। वृषेशचन्द्र लाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र रेशम चौधरी आदिको संघीय लोकतान्त्रिक मोर्चा नाम दिइएको छ ।   राज्यको तर्फबाट प्रदान गरिने सेवा,...

  • २०८१ चैत्र २१, बिहिबार

    त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

    काठमाडौं - त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला  निर्वाचित भएका छन । निर्वाचन अधिकृत अंगदमणि गौतमका अनुसार कोइराला निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी छ । सबै बुथको मत एकीकृत गरिरहेकाले केहीबेरमा नतिजा सार्वजनिक गर्ने उनले बताए ।

  • २०८१ चैत्र २१, बिहिबार

    कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, खुल्यो हितेन्द्रलाई काम गर्ने बाटो

    काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिविरुद्ध निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा उक्त मुद्दाको बिहीबार अपरान्ह सुनवाइ सकिएपछि कुलमानको पक्षमा अन्तरिम आदेश नदिएको हो । यससँगै सरकारद्वारा...

  • २०८१ चैत्र २०, बुधबार

    तराई मधेस जागरण अभियान पुनः सुरू भयो : अध्यक्ष दाहाल

    बाँके - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरू गरिएको बताएका छन् ।  बाँकेको कोहलपुरमा आज अनेमसङ्घ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले अभियान नवलपरासीबाट सुरू गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरू गरिएको जानकारी दिए ।  अध्यक्ष...

  • २०८१ चैत्र २०, बुधबार

    उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार अभिवृद्धि सम्बन्धी आपसी सहकार्यका लागि समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा बुधबार महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले समझादरीपत्रमा हस्ताक्षर गरेका हुन् । यो समझदारीले नेपाल र...

  • २०८१ चैत्र १९, मंगलबार

    कुलमान र हितेन्द्रदेवको रिट सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

    काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको भन्दै कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।   रिटको सुनुवाइ बुधबार हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिटमाथि...

  • २०८१ चैत्र १८, सोमबार

    दुर्गा प्रसाईसहित १० जनालाई विदेश यात्रामा प्रतिबन्ध

    काठमाडौं - गृहमन्त्रालयले राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न जनकमाण्डर दुर्गा प्रसाईसहित राप्रपाका नेताहरूको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ।  गृहमन्त्रालयले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमाण्डर प्रसाईसहित राप्रपाका नेताहरू धवल शमशेर राणा र रविन्द्र मिश्रलाई विदेश यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। राणा राप्रपाबाट प्रतिनिधिसभा सदस्य हुन्। गृहमन्त्रालय उच्च...

  • २०८१ चैत्र १८, सोमबार

    पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् ।  प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तीनकुनेमा गत शुक्रवार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता भएको उनले दाबी गरे ।  उनले जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याइने दाबी गरे । उनले पूर्वराजा...

  • २०८१ चैत्र १७, आइतबार

    दुर्गा प्रसाईंको सुरक्षा दस्ताका तीन जना पक्राउ

    दुर्गा प्रसाईंले गठन गरेका सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना पक्राउ परेका छन्। आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौँको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि १११ जना पक्राउ परेका थिए। उनीहरूमध्ये ४१ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान...

  • २०८१ चैत्र १७, आइतबार

    रवीन्द्रसहित ११ जनाको सुनुवाइ सकियो

    काठमाडौं - राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुरसहित तीनवटा अभियोगमा अनुसन्धान गरिनुपर्ने माग गर्दै अदालतमा उपस्थित गराइएको छ । उनीहरुको सुनुवाइ सकिएपछि अहिले जिल्ला प्रहरी परिसरतर्फ  लगिएको छ । बाँकी ३० जनाको सुनुवाइ जारी रहेको बताउँदै आदेश एकैसाथ आउने जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

Pages