राष्ट्रिय
-
२०७७ फाल्गुण ४, मंगलबार
श्रीपञ्चमीकाे अवसरमा प्रधानमन्त्री ओलीकाे शुभकामना : 'हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस्'
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गर्नुभएको हो । वैद्धिककालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकका रुपमा...
-
२०७७ फाल्गुण ४, मंगलबार
आज श्रीपञ्चमी (वसन्त पञ्चमी)
काठमाडौँ – माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी...
-
२०७७ फाल्गुण ३, सोमबार
पुस ५ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने
काठमाडौं – आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पुस ५ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदान गर्न पाउने भएका छन्। आज राजपत्रमा प्रकाशित भएको निर्वाचन आयोगको सूचनामा उक्त कुरा उल्लेख छ। आयोगले दुई चरणमा हुने निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोगजनका लागि मतदाता नामावलीमा नाम समावेश गर्ने गरी सूचना प्रकाशन गरेकाे हाे। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा...
-
२०७७ फाल्गुण ३, सोमबार
चिनियाँ टोलिद्वारा बालबालिकालाई खाद्य उपहार
सामुदायिक विद्यालयका १ हजार ८ जना बालबालिकाहरुकालागि चीनबाट एक टोलिले खाद्य सामग्री र लत्ता कपडा प्रदान गरेको छ । चाईना फाउण्डेशन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसंग सहकार्य गरेर राष्ट्रियता अपांगता पूर्ण समाजको समन्वयमा आईतबार काठमाडौंको नागार्जुन नगरपालिकाका चार वटा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई सो सामग्री प्रदान गरिएको हो । स्माईलिङ चिल्ड्रेन प्रोगाम अन्तर्गत चिनियाँ...
-
२०७७ फाल्गुण ३, सोमबार
लैङ्गिक हिंसाविरुद्ध कडा कानुन बनाउन जोड
काठमाडौँ – लैङ्गिक हिंसाविरुद्ध कडा कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । संघीय संसद,राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले लैङ्गिक हिंसा विरुद्धका अभियन्ताहरुसँग आईतबार गरेको अन्र्तक्रियामा बोल्दै सरोकारवालाहरुले लैङि्गक हिंसाका घटना दिनप्रतिदिन बढीरहेको र दोषी उपर कारबाही हुन नसकेको भन्दै कडा कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।...
-
२०७७ माघ ३०, शुक्रबार
तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं – तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा...
-
२०७७ माघ २७, मंगलबार
माघ ३० गते सार्वजनिक बिदा
काठमाडौं – सरकारले सोनाम ल्होछारको अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।
-
२०७७ माघ २६, सोमबार
एयरलाइन्सलाई बक्यौता बुझाउन प्राधिकरणको ताकेता
नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्षौंदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकणले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले प्राधिकरण र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो । प्राधिकरणका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११ एयरलाइन्सले नौ करोड बक्यौता बुझाउन बाँकी छ ।...
-
२०७७ माघ २६, सोमबार
नयाँ चालक अनुमतिपत्र लिने पाँच लाख नाघ्यो
काठमाडौँ – नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा लोकनाथ भुषालले बताए।...
-
२०७७ माघ २५, आइतबार
अनुदानको खोप बढाइदिन भारतसँग आग्रह
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताउनुभएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज खोप सहयोग गरिसकेको छ । बहालवाला राज्यमन्त्रीमध्ये लामो अवधि गीत गाए वापत् ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ गराएपछि त्यसको प्रमाणपत्र लिन नयाँदिल्ली जानुभएका मानन्धरले आज स्वदेश फर्केपछि उक्त...
-
२०७७ माघ २४, शनिबार
नेपाल टेलिकम अठारौँ वर्षमा
नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको छ । सरकारले अघि सारेको डिजिटल नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमा समेत उच्चतम प्रविधिको प्रयोगमार्फत सेवा ग्राहकसमक्ष सेवा प्रदान गर्दै आएको छ । मुलुकमा दूरसञ्चार सेवाको शुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो इतिहास बोकेको संस्था २२ माघ २०६० मा ‘कम्पनी’ मा रूपान्तरण भएको...
-
२०७७ माघ १९, सोमबार
गैरआवासीय नेपालीलाई अनअराइभल भिसा खुला
काठमाडौँ – गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिना कुनै शर्त अनअराइभल भिसा खुला गरिएको छ । सरकारको अध्यागमन विभागले सूचना जारी गर्दै अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखेको छ । जसअनुसार अब नेपाली मुलका विदेशी वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली नागरिकलाई बिना शर्त अनअराइभल भिसा दिइने भएको छ । यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट...


