राष्ट्रिय
-
२०७७ माघ १९, सोमबार
एक अर्ब खर्चेर पशुपतिनाथमा सुनकाे जलहरि बनाइने
काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको पनि उनले बताए। “कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय...
-
२०७७ माघ १८, आइतबार
चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने
नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च...
-
२०७७ माघ १८, आइतबार
देशकै सबैभन्दा ठूलो सबस्टेशनलाई सञ्चालनमा आउने
देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ । हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका...
-
२०७७ माघ १६, शुक्रबार
आज शहीद दिवस
काठमाडौं – प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल...
-
२०७७ माघ १५, बिहिबार
घर घरमा स्वस्थानी व्रत कथा वाचन शुरु
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं कथा वाचन आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी...
-
२०७७ माघ १३, मंगलबार
कीर्तिमानी केटु आरोही टोली काठमाडौंमा, मोटरसाइकल र्याली हुँदै
काठमाडाैं – जाडो सिजनमा विश्वको दोस्रो अग्लो हिमाल केटु आरोहण गर्ने कीर्तिमानी नेपाली टोली काठमाडौं आइपुगेको छ । आरोहणका लागि खतरनाक मानिने केटु हिमालको आरोहण जाडो सिजनमा भएको थिएन । विश्वका ८ हजारभन्दा अग्ला हिमाल आरोहण गरेको कीर्तिमान् राखेका निर्मल पुर्जा (निम्स दाइ) को नेतृत्वमा १० जना नेपालीले जाडो सिजनमा केटु हिमालको सफल आरोहण गरेका हुन् । टोलीको सम्मानमा मोटरसाइकल र्याली पनि हुनेछ । र्...
-
२०७७ माघ १२, सोमबार
प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौैँ दिन सुनुवाइ हुँदाहँुदै समयाभावका कारण हेर्दाहेर्दैमा मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले यही माघ ४ गतेदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस गरिएको आठौँै दिनमा आज वरिष्ठ अधिवक्ता शम्भु...
-
२०७७ माघ १२, सोमबार
आउँदो निर्वाचनका लागि भक्तपुरका मतदानस्थल परिवर्तन
मतदाता सङ्ख्या धेरै रहेको स्थानमा मतदानस्थल सहज नभएको र अपुग रहेको निष्कर्ष निस्किएपछि आगामी निर्वाचनका लागि भक्तपुरका ६ वटा मतदान केन्द्र परिवर्तन गरिने भएको छ । भक्तपुर नगरपालिकाका तीन, मध्यपुर थिमि नगरपालिकाका दुई र सूर्यविनायक नगरपालिकाका एउटा मतदानस्थल परिवर्तन गरिने भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले जानकारी दिनुभयो । कार्यालयका अनुसार भक्तपुर...
-
२०७७ माघ १०, शनिबार
थारु सङ्ग्रहालयको प्रचारप्रसार गर्न माघी मेला
कञ्चनपुर, १० माघ (रासस) ः शुक्लाफाँटा नगरपालिका– ८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि तीन दिने माघी मेलाको आयोजना गरिएको छ । नगरपालिकाको वडा नं ८ को कार्यालयले आयोजना गरेको मेलामा थारु संस्कृति झल्किने परम्परागत परिकार, पहिरन, गहना, रहनसहन र संस्कृतिसम्बन्धी सामग्री राखिएको छ । पर्यटकीय क्षेत्र भल्कामा रहेको परम्परागत थारु सङ्ग्रहालयको प्रचारप्रसारका...
-
२०७७ माघ ९, शुक्रबार
सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज स्वयम्भूस्थित समाधिस्थलमा उहाँको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । दोलखास्थित गौरीशङ्कर गाउँपालिका–९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ...
-
२०७७ माघ ९, शुक्रबार
अनलाइनको मुद्दामा मन्त्रालयलाई छलफलका लागि बोलाउन आदेश
अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानका विरुद्ध दर्ता भएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश दिने, नदिने विषयमा विपक्षीलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ । निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधिश शुष्मालता माथेमाको इजलासले उक्त आदेश गरेको हो । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु...
-
२०७७ माघ ९, शुक्रबार
थपिए ३०२ सङ्क्रमित
देशभर आज बिहीबारभन्दा १७८ सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा ३०२ सङ्क्रमित हुँदा ४८० सङ्क्रमण मुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ५९ र महिला ५३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमणमुक्त भएका ४८० समेत गरी आजसम्म दुई लाख ६३ हजार ३४८ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत...


