relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७७ कार्तिक १६, आइतबार

    नेपाली र अङ्ग्रेजी भाषामा एकरुपता गर्न निर्देशन

    काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अङ्ग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिनुभयो ।  मन्त्रिपरिषद् बैठकले...

  • २०७७ कार्तिक १५, शनिबार

    थपिए २५०८ नयाँ संक्रमित, उपत्यकामा मात्र १३५७

    काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय आठ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । उपत्यकामा ७ सय ८८ पुरुष र ५ सय ६९ महिला गरेर १ हजार ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।  २४ घण्टामा २ हजार २ सय ६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ...

  • २०७७ कार्तिक १५, शनिबार

    आज विश्व शहर दिवस मनाइँदै

    काठमाडौँ - समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।  यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ । यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा...

  • २०७७ कार्तिक १५, शनिबार

    सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

    वालिङ - स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताउनुभयो । “पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्”, प्रअ रानाले भन्नुभयो...

  • २०७७ कार्तिक १५, शनिबार

    सकियाे दसैं

    काठमाडाैं - धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ । शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात्...

  • २०७७ कार्तिक १४, शुक्रबार

    थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडाैं – नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा १४ हजार ९ सय ८९ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना भाइरस...

  • २०७७ कार्तिक १४, शुक्रबार

    नेपाल संवत्‌को नव वर्ष मनाउन समारोह समिति गठन

    काठमाडौं – नेपाल संवत्‌ ११४१ नव वर्ष वर्षैभरि विविध कार्यक्रम गरी मनाउन समारोह समिति गठन भएको छ । रमेश महर्जनको अध्यक्षतामा ‘नेपाल संवत्‌ न्हूदँ राष्ट्रिय समारोह समिति ११४१’ गठन भएको समितिले शुक्रबार एक विज्ञप्ति जारी गरी जनाएको छ । कोरोना संक्रमणको जोखिम रहेकाले भेला बोलाउने अवस्था नभएको जनाउँदै गत वर्षको न्हूदँ समारोह समितिकै सदस्य तथा प्रतिनिधिहरु समाविष्ट गरी सोही समितिलाई नै निरन्तरता दिइएको...

  • २०७७ कार्तिक १४, शुक्रबार

    मगर समुदायको पुर्ख्याैली थलो ‘कोटगाउँ’ ओझेलमा

    गलेश्वर - मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मा पर्ने कोटगाउँ  शेरपुंजा र पाइजा थरका मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक गाउँ हो । यही गाउँबाट यी दुई थर मगर समुदाय देशैभरि फैलिएका स्थानीय वृद्धवृद्धाहरुको भनाइ छ । कोटगाउँको इतिहास चार सय वर्ष पुरानो छ । चार सय वर्ष पहिले सेवा...

  • २०७७ कार्तिक १४, शुक्रबार

    हुम्लाको सामुदायिक वनमा भीषण आगलागी

    हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र  स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो । खुक्खा मौसम शुरु भएसँगै हुम्लामा आगलागीका घटना शुरु हुन थालेका छन् ।  उक्त...

  • २०७७ कार्तिक १३, बिहिबार

    उपत्यकामा १६१५ जना सहित थप २३६४ जनामा कोरोना संक्रमण

    काठमाडाैं –   पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जना सहित नेपालमा थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएकामा ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको...

  • २०७७ कार्तिक १३, बिहिबार

    असार मसान्तभित्र गरिब घरपरिवारलाई परिचयपत्र दिइने

    काठमाडौं – अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार सम्पन्न बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य चालु आर्थिक वर्ष २०७७/७८ भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने र सो...

  • २०७७ कार्तिक १३, बिहिबार

    विगत जस्तो रहेन दशैँको रौनक, टीका, जमरासहित आशीर्वाद लिने क्रम जारी

    काठमाडौँ – राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भीड भेटिन्थ्यो । तर यस वर्ष भने पिङ भेट्न...

Pages