STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ कार्तिक २, आइतबार

    दसैँका लागि अग्रिम टिकट बुकिङ नखाेलिने

    काठमाडौं – सरकारले यस वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ । यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न नपर्ने निष्कर्ष निकालेको हो । यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालका अनुसार यो वर्ष उपत्यकाबाट बाहिरिने सवारीमा यात्रु चाप न्युन छ । यात्रु आउने र जाने क्रम नै...

  • २०७७ कार्तिक २, आइतबार

    सार्वजनिक गाडी चढ्नेले फेस सिल्ड लगाउनैपर्ने

    काठमाडौं – अब सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ । सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् । यसले गर्दा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य...

  • २०७७ कार्तिक २, आइतबार

    होम आइसोलेसनमा मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने

    होम आइसोलेसनमा काेराेना संक्रमितकाे मृत्यु भएमा परिवारले नै शव व्यवस्थापन गरी अन्तिम संस्कार गर्नुपर्ने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन सम्बन्धि कार्यविधि संशोधन गर्दै होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै शवको व्यवस्थापन गर्नुपर्ने मापदण्ड बनाएको हो ।  कार्यविधिमा भनिएको छ, ‘कुनै व्यक्तिको घर वा आइसोलेसनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधि वा प्रहरीलाई खबर...

  • २०७७ कार्तिक २, आइतबार

    दशैंको दोस्रो दिन : भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै

    काठमाडौं – नेपालीको महान पर्व बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ​ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक मानिन्छ। ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख भएको...

  • २०७७ कार्तिक २, आइतबार

    अहिलेसम्म नेपालमा काेराेनाबाट ७ सय २७ जनाकाे मृत्यु, निको हुने ८९,८४० पुग्यो

    काठमाडाैँ – पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा हालसम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा...

  • २०७७ कार्तिक १, शनिबार

    दसैं सुरु : आज घटस्थापना

    काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंका् पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ। नवरात्रको पहिलो दिन आज बिहानै नित्य...

  • २०७७ आश्विन ३०, शुक्रबार

    खाद्यले एक हजार खसीबोका ३ गतेदेखि बिक्री गर्ने

    काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसीबोका विक्री सुरु गर्ने भएको छ । कम्पनीको थापाथलीस्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैंका लागि खसीबोका बिक्री वितरणको काम सुरु हुने भएको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा...

  • २०७७ आश्विन ३०, शुक्रबार

    उपत्यकामा २४०२ सहित थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ सहित नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा एक हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ कोरोना संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।  बितेको २४...

  • २०७७ आश्विन ३०, शुक्रबार

    नवरात्रमा मठमन्दिर र शक्तिपीठ नखोल्न सरकारको निर्देशन

    काठमाडौं – गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । बिहीबार मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो । गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले...

  • २०७७ आश्विन २९, बिहिबार

    पुरानै भाडादर लिनुपर्ने निर्णय अटेर, बढी भाडा असुल्दै सार्वजनिक यातायात

    काठमाडौँ – सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान् पर्व बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सीट क्षमतानुसार नै यात्रु राख्न पाउने र यसअघि २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर नै कायम हुने निर्णय गरेको थियो । सार्वजनिक...

  • २०७७ आश्विन २९, बिहिबार

    पोखरा महानगरपालिकाका अत्यावश्यकबाहेकका सेवा स्थगित

    कास्की – पोखरा महागनरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलार्ई कोरोना सङ्क्रमण पुष्टि भएपछि महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारी समेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले आजदेखी महानगरबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य...

  • २०७७ आश्विन २८, बुधबार

    उपत्यकाका १४ सय ३ सहित २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – विगत २४ घण्टामा उपत्यकाका  १४ सय ३ जनासहित देशभर २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा  मात्र १४ सय ०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५...

Pages