STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आश्विन १७, शनिबार

    उपत्यकाका ११ सय ७७ सहित २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकाका ११७७ जना सहित थप २१२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।  योसँगै संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४ संक्रमित उपचारपछि...

  • २०७७ आश्विन १७, शनिबार

    निःशुल्क गुर्जो वितरण अभियान

    काठमाडौँ– काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ । गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा माग अनुसार वितरण गरिएको जानकारी दिनुभयो । आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख राजलवटले सरकारी निवास रहेको स्थानमा उत्पादन गरेको...

  • २०७७ आश्विन १५, बिहिबार

    उपत्यकाका ९४३ सहित थपिए १९ सय ११ संक्रमित, मृत्यु हुने ५ सय नाघ्यो

    काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुर गरेर उपत्यकामा २४ घण्टामा ९४३ जनामा संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै ठूलो संख्यामा भेटिएका संक्रमित हुन् । काठमाडौं जिल्लामा मात्र २२७ महिला र ५४५ पुरुष गरेर ८१७ जनामा संक्रमण पुष्टि भएको छ। ललितपुरमा ३० महिला र ३८ पुरुष गरेर ६८ र भक्तपुरमा २६ महिला र ३२ पुरुष गरेर ५८ जनामा संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा....

  • २०७७ आश्विन १५, बिहिबार

    इजरायलसँग कृषि र श्रम सम्झौता सम्पन्न

      विकसित कृषि प्रविधीको लागि चर्चित इजरायलसंग नेपालमा ईजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार नेपाल र ईजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभयो । सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत शाक्य र ईजरायलको तर्फबाट...

  • २०७७ आश्विन १४, बुधबार

    कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको काम बन्द

    काठमाडौं – वैदेशिक रोजगार कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको काम रोकिएको छ । वैदेशिक रोजगार कार्यालयले अर्को सूचना जारी नहुने बेलासम्मका लागि ताहचलस्थित कार्यालय बन्द रहने एक सूचना जारी गरी जनाएको छ । ‘‘कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएका कारण मिति २०७७–६–१४ बाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द...

  • २०७७ आश्विन १४, बुधबार

    मिटर रिडिङ नभए जरिवाना नलाग्ने

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) प्रकोपका समयमा मिटर रिडिङ नभएको अवस्थामा नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ। ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई बुधबार मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।...

  • २०७७ आश्विन १२, सोमबार

    थप १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । सोमबार मात्र ७ सय ४२ जना निको भएर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । देशभर १९ हजार ६ सय २४ जना आइसोलेसनमा उपचाररत रहँदा ६ हजार ३ सय १० जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट...

  • २०७७ आश्विन ११, आइतबार

    दिवा तथा रात्रिकालीन पर्यटक बससेवा शुरु

    काठमाडौँ – देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा शुरु गरेको छ । पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै छ महिना लामो बन्दाबन्दी र निशेषधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा शुरु गरिएको हो । यसअघि दिवा सेवामार्फत पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका...

  • २०७७ आश्विन ११, आइतबार

    बलात्कारीलाई हदैसम्मको सजाय माग

    काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभयो, “प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछु...

  • २०७७ आश्विन १०, शनिबार

    उपत्यकाका ७२४ सहित १२ सय ७ जना नयाँ संक्रमित थपिए

    काठमाडाैं – पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप  ७२४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा थप ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बितेको २४ घण्टामा नेपालमा १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ। त्यसैगरी २४ घण्टामा ११ सय...

  • २०७७ आश्विन ९, शुक्रबार

    लाइन जाने समस्या तत्काल समाधान गर्न ऊर्जामन्त्रीकाे निर्देशन

    काठमाडौं – पछिल्ला दिनमा लाइन जाने क्रम बढेको गुनासो आउन थालेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको छ । नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले लाइन जाने क्रम बढेको भन्दै सरकारको तीव्र आलोचना हुन थालेपछि ६ दिन होम आइसोलेसनमा बसेर मन्त्रालय फर्किएलगत्तै ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका अधिकारीलाई विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल...

  • २०७७ आश्विन ९, शुक्रबार

    बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन

    काठमाडौँ– गृहमन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ । तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने तथा यातना दिनेसम्मका अमानवीय र जघन्य आपराधिक गतिवधि हुने गरेको पाइएको भन्दै मन्त्रालय त्यस्ता कार्य रोक्न र दोषीलाई तत्काल नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको हो ।...

Pages