STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ भाद्र ४, बिहिबार

    बनेपामा आइसोलेशन कक्ष व्यवस्थित गरियाे

    काभ्रेपलाञ्चोक – बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो । नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेशन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताउनुभयो । “पूर्व तयारीस्वरुप...

  • २०७७ भाद्र ४, बिहिबार

    निषेधाज्ञाबीच तीजकाे दर खाने पर्व

    काठमाडौँ – हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा एवं देशका मुख्यमुख्य शहरमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले धेरैले...

  • २०७७ भाद्र ४, बिहिबार

    बैंक कर्मचारीलाई रोकेपछि आज बैंकसेवा बन्द

    काठमाडौं – निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न भनिएको बताए । काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् । बैंकका सीईओलाई...

  • २०७७ भाद्र ४, बिहिबार

    बग्गीखानाका थप १७ प्रहरीमा संक्रमण

    महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  उनीहरु घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको महाशाखाले जनाएको छ ।  घर बिदाबाट फर्किएका उनीहरु महाशाखाकै क्वारेन्टाइनमा रहेका थिए । दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । 

  • २०७७ भाद्र ४, बिहिबार

    काठमाडाैं भीमसेनस्थानकी एक महिलासहित एकैदिन ६ जनाकाे मृत्यु, उपत्यकामा थपिए २०० संक्रमित

    काठमाडौँ –  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सयजना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । कोभिड १९ संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले नेपालमा थप ६ जनाको मृत्यु भएको बताएका हुन्...

  • २०७७ भाद्र ३, बुधबार

    कोरोनाबाट थप ६ जनाको मृत्यु, उपत्यकामा १५९ सहित थपिए ६८१ जना नयाँ संक्रमित

    काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र बर्दियामा १—१ जना पुरुषको मृत्यु भएको छ । यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १—१ जना महिला गरी ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि...

  • २०७७ भाद्र ३, बुधबार

    श्रेष्ठलाई काउन्सिलमा काम गर्नबाट नहटाउन सर्वोच्चको आदेश

    काठमाडौँ – सर्वोच्च अदालतले प्रेस काउन्सिल, नेपालको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठलाई काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको हो । श्रेष्ठलाई हटाएर मन्त्रिपरिषद्को सोमबारको बैठकले दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । सरकारको निर्णयविरुद्ध...

  • २०७७ भाद्र ३, बुधबार

    नदीमा 'बुद्ध'को मूर्ति फेला

    जलेश्वर – महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका –९ स्थित बथनाहा गाउँमा नेपाल भारत सिमानामा बग्ने टेकुना नदीमा आज बिहान बुद्धको एक मूर्ति भेटिएको छ । तराई–मधेशसहित देशभरि पितृलाई तर्पण गर्ने तथा घरघरमा कुश भित्र्याउने कुशेऔंशीका दिन आज बिहानै वनमा पुग्नुभएका बथनाहाका २२ वर्षीय डोमा सदाले नदीमा बुद्धको मूर्ति फेला पारेको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताउनुभयो । उहाँका अनुसार सदाले नदी...

  • २०७७ भाद्र ३, बुधबार

    आज कुशेऔंशी, परम्पराअनुसार बाबुकाे मुख हेरिँदै

    काठमाडौं – भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग...

  • २०७७ भाद्र २, मंगलबार

    सशस्त्रका ४२ जनामा कोरोना सङ्क्रमण

    चितवन – राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिनुभयो । साठ्ठी...

  • २०७७ भाद्र २, मंगलबार

    महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा

    महोत्तरी – कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार (भदौ १) मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो । यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाकोे मुख्य बजारक्षेत्र र छिमेकको महोत्तरी गाउँपालिकाका वडा नं ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि पटकपटक गरी निषेधाज्ञा जारी...

  • २०७७ भाद्र २, मंगलबार

    सय यात्रुलाई अलपत्र छाेडी नेपाली जहाज दुबईबाट रित्तै फर्किंदै

    काठमाडौं – सरकारले तय भईसकेको उद्धार उडान स्थगित गरेपछि दुबईबाट यात्रुहरुलाई लिन पुगेको नेपाल एयरलाइन्सको विमान रित्तै फर्किने भएको छ । विमान रित्तै फर्किने भएपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले सीसीएमसीले आजबाट यात्रुलाई काठमाडौं ल्याउने अनुमती रद्द गरेपछि यात्रुहरुलाई लिन दुबई गएको प्लेन आज रित्तै फर्किने बताइन् । उनले...

Pages