STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ श्रावण ३२, आइतबार

    मकवानपुरमा पुनः निषेधाज्ञा

    मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटाँैडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा पुनः जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २६ गते राति...

  • २०७७ श्रावण ३२, आइतबार

    दमकमा आज रातिदेखि लकडाउन

    दमक – समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता लकडाउन (बन्दाबन्दी) हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत सङ्क्रमणको जोखिम बढेको भन्दै भदौ ६ गते राति १२ बजेसम्म पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने...

  • २०७७ श्रावण ३२, आइतबार

    उपत्यकामा १७२ संक्रमित थपिए, कुल संक्रमित २६ हजार ६ सय ६०

    काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यसैगरी आइतबार मात्र ६ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या २६ हजार ६ सय ६० पुगेको छ । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले...

  • २०७७ श्रावण ३१, शनिबार

    थप ४६८ मा स‌ंक्रमण, मृत्यु हुने १०० नाघ्याे

    काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २६ हजार १९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४७ को स्वाबको पीसीआर परीक्षण गर्दा ४६८ को रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले तीन जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको कुल संख्या १०२...

  • २०७७ श्रावण ३१, शनिबार

    वीरगन्जमा कोरोनाबाट थप एकको मृत्यु

    काठमाडाैं – पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ । उनी कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट...

  • २०७७ श्रावण ३०, शुक्रबार

    सिन्धुपाल्चोक पहिरोमा धेरै घरहरु पुरिए

    काठमाडाैं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा आज बिहान पहिरो जाँदा १० भन्दा बढी घर पुरिएकाे छ ।  पहिराेमा परी घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन । पहिरोले ठूलो मानवीय क्षति गरेको हुनसक्ने अनुमान गरिएकाे  छ। अहिले बेपत्ताको उद्दार र खोजी भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • २०७७ श्रावण ३०, शुक्रबार

    त्रिभुवन राजपथमा पहिरो • एकजना बेपत्ता, चार गाडी पुरिए

    टिस्टुङ – त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभयो । बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन्...

  • २०७७ श्रावण ३०, शुक्रबार

    भरतपुरमा लकडाउन

    चितवन – भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरभित्र कोरोना तीव्र गतिमा बढेसँगै जोखिमलाई...

  • २०७७ श्रावण ३०, शुक्रबार

    उपत्यकामा ११९ सहित थप ५९४ मा संक्रमण, मृत्यु हुने ९९ पुग्याे

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ सहित थप ५९४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या  संख्या २५ हजार ५ सय ५१ पुगेको हो । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका...

  • २०७७ श्रावण २९, बिहिबार

    पत्रकारको मृत्युबारे अनुसन्धान गर्न प्रेस युनियनकाे माग

    काठमाडौँ – नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ । “अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका बानियाँको...

  • २०७७ श्रावण २९, बिहिबार

    उपत्यकाका १२७ जनासहित थप ५२५ जनामा संक्रमण

    काठमाडौं –  काठमाडौं उपत्यकामा थप १२७ जनासहित बिहीबार थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको हो । काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। नेपालमा हालसम्म ९५ जनाको कोराेना...

  • २०७७ श्रावण २८, बुधबार

    चितवनमा राति हिँडडुल गर्न रोक

    चितवन – कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक दल सङ्घसंस्थालगायत सबैले २५ जनाभन्दा...

Pages