राष्ट्रिय
-
२०७७ श्रावण २८, बुधबार
संक्रमणबाट थप तीनजनाको मृत्यु
काठमाडाैं – नेपालमा काेराेना संक्रमणका कारण थप तीनजनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा ललितपुरको पाटन अस्पतालमा उपचाररत एकजना कोरोना भाइरस संक्रमित रहेकाे छ । मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । यसैगरी बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना पुरुषको मृत्यु भएको हो। दुवैकाे भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो।...
-
२०७७ श्रावण २८, बुधबार
पत्रकारमाथिको सांघातिक आक्रमणप्रति थारु पत्रकारको ध्यानाकर्षण
काठमाडौं – थारु पत्रकार संघ नेपालका सल्लाहकार एवम् कान्तिपुर दैनिक टिकापुर संवाददाता गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति थारु पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ । कैलालीको जानकी गाउँपालिका वडा नंं ६ मा साउन २६ गते बेलुकी रिपोर्टिङको क्रममा पत्रकार चौधरीमाथि पाँचजनाको समूहले आक्रमण गरेका थिए । थारु पत्रकार महासंघका महासचिव सन्तकुमार चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै...
-
२०७७ श्रावण २८, बुधबार
नयाँ दिल्लीमा बेचिएकी युवतीको उद्धार
काठमाडौँ – एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमान्ले यौन व्यवसायमा लगाएका थिए । आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई एक एजेन्टले नै माया गर्ने नाटक गरेर राखेको तथा सोही काम गराउँदै पैसा...
-
२०७७ श्रावण २८, बुधबार
उपत्यकाका १३९ जनासहित थप ४८४ जनामा संक्रमण पुष्टि • मृत्यु हुने ९१ पुग्याे
काठमाडौं – काठमाडौं उपत्यकामा थप १३९ जनासहित थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार योसँगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् । देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६...
-
२०७७ श्रावण २७, मंगलबार
थारू समुदायमा कृष्णजन्माष्टमीको रौनक
बाँके – भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्णजन्माष्टमी पर्व थारु समुदायमा पनि उत्तिकै श्रद्धापूर्वक मनाउने गरिन्छ । नेपालको पूर्व तराईदेखि पश्चिम क्षेत्रका थारू समुदायका महिलाले विशेष महत्वका साथ मनाउने यो पर्वको रौनकता पछिल्लो समय अझ बढेर गएको छ । थारू समुदायका बस्तीमा कृष्णजन्माष्टमीको चहलपहल अघिल्लो दिनदेखि नै शुरु भइसकेको छ । थारू अगुवाका अनुसार यो पर्व अन्य समुदायका महिलाले मान्दै आएको तीज...
-
२०७७ श्रावण २७, मंगलबार
जनजाति आन्दोलनका अगुवा रोकायाको निधन
कर्णाली – आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उहाँको सोमबार वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो । जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव रहनुभएका रोकाया सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षसमेत...
-
२०७७ श्रावण २७, मंगलबार
थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – नेपालमा काेराेना संक्रमितकाे संख्या फेरि बढेकाे छ । पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या सात हजार २०१ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको...
-
२०७७ श्रावण २७, मंगलबार
अस्तित्वको सङ्कटमा प्राचीन धार्मिक सम्पदाहरु
महोत्तरी – “कहाँ गए यहाँका मनोरम तलाउ ? अनि कता हराए जतिखेर पनि ढकमक्क फुल्ने कमल ?” एक दशकपछि महोत्तरीको बर्दिवास नगरपालिका–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर पुग्नुभएका एक श्रद्धालुले चिन्ता व्यक्त गर्दै भन्नुभयो । जनै पूर्णिमाका दिन पञ्चधुरा माई मन्दिर पुग्नुभएका सिन्धुलीको तीनपाटनका बासिन्दा तोत्रहरि उपाध्याय १० वर्षअघि देखेको सौन्दर्य अहिले हराएको पाउँदा बेचैन हुनुहुन्छ । मन्दिर परिसरमा १०...
-
२०७७ श्रावण २७, मंगलबार
संक्रमणबाट थप ४ जनाको मृत्यु, कूल मृत्यु हुने ८३ पुग्याे
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे र सिन्धुपाल्चोकका एक-एक जना रहेका छन् । मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुषको साउन २६ गते प्रादेशिक अस्पतालमा...
-
२०७७ श्रावण २७, मंगलबार
मन्त्रिपरिषदले गर्याे यस्ता निर्णय • शैक्षिक संस्था तत्काल नखुल्ने • ठेलागाडा व्यवसायमा राेक • आधा कर्मचारी घरबाटै काममा
काठमाडौँ – कोरोना संक्रमण बढेसँगै जोखिम कम गर्न मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिष्द्का निर्णय सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा अवदेखि १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय भएको बताए । नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयबाट २० वटा सीमा नाकाबाट...
-
२०७७ श्रावण २७, मंगलबार
आज श्रीकृष्ण जन्माष्टमी
काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन...
-
२०७७ श्रावण २७, मंगलबार
श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउँदै राष्ट्रपतिले यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध...


