relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७७ भाद्र ११, बिहिबार

    एकैदिन ११ सय ११ जनामा कोरोना संक्रमण, उपत्यकामामात्र ३७७ जना

    काठमाडौं – पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। काठमाडाैं उपत्यकामा मात्र ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। सोमबार २२४ जना र मंगलबार २३२ र बुधबार ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।  आज...

  • २०७७ भाद्र ११, बिहिबार

    एक हजार १११ कोरोना सङ्क्रमित थपिए, थप आठ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ६२९ नमुना परीक्षणमा ३३४ महिला र ७७७ पुरुषमा सङ्क्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना सङ्क्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ ।  त्यसैगरी पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ३७७...

  • २०७७ भाद्र ११, बिहिबार

    भान्छामै पाइन्छ कोरोनाको औषधि

    काठमाडौँ – आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना–१९ सँग लड्ने क्षमता वृद्धि गर्न आयुर्वेद उपचार पद्धतिले देखाएको हो । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका...

  • २०७७ भाद्र ११, बिहिबार

    कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असर अध्ययन गर्न उच्चस्तरीय समिति

    काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित सो समितिमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनाल...

  • २०७७ भाद्र ११, बिहिबार

    हलेसीमा किराँत संस्कारमाआधारित होमस्टे

    खोटाङ – हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा तीनवटा होमस्टे (घरबास) सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा तीनवटा होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो । महादेविस्थानस्थित तल्लो माल्खुमा किराँत र माथिल्लो माल्खुमा हिन्दु तथा...

  • २०७७ भाद्र १०, बुधबार

    काभ्रेपलाञ्चोकमा एकै दिन थप १७ जनामा सङ्क्रमण

    बनेपा – काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका...

  • २०७७ भाद्र १०, बुधबार

    मनाङका स्वास्थ्य प्रमुखलाई नै कोरोना संक्रमण

    मनाङ – मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिनुभयो । भरतपुर–१६ घर...

  • २०७७ भाद्र १०, बुधबार

    ओमानमा नेपाली दूतावासको आफ्नै भवन बन्ने

    नेपाली दूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रम आयोजना गरि उक्त सम्झौतामा हस्ताक्षर भएको हो । नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको त्यहाँस्थित...

  • २०७७ भाद्र १०, बुधबार

    भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान थालिने

    काठमाडौँ – सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ । बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि सोही मितिदेखि शुरु गर्ने भएको हो...

  • २०७७ भाद्र १०, बुधबार

    धुलिखेलमा अस्पतालमा भक्तपुरमा कोरोना सङ्क्रमितको मृत्यु

    काभ्रेपलाञ्चोक – धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले तीन दिनअघि...

  • २०७७ भाद्र १०, बुधबार

    २४ घण्टामा काेराेना संक्रमणबाट ११ जनाकाे मृत्यु, उपत्यकामा थप ३०१ जनामा संक्रमण पुष्टि

    काठमाडौँ – नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको बताए । यस्तै कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए । यस्तै बाँकेमा ३७ वर्षीय...

  • २०७७ भाद्र ९, मंगलबार

    आजदेखि पाँचौँ चरणको उद्धार उडान

    काठमाडौँ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड ९१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पिसीआर...

Pages