राष्ट्रिय
-
२०७७ श्रावण २७, मंगलबार
अस्तित्वको सङ्कटमा प्राचीन धार्मिक सम्पदाहरु
महोत्तरी – “कहाँ गए यहाँका मनोरम तलाउ ? अनि कता हराए जतिखेर पनि ढकमक्क फुल्ने कमल ?” एक दशकपछि महोत्तरीको बर्दिवास नगरपालिका–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर पुग्नुभएका एक श्रद्धालुले चिन्ता व्यक्त गर्दै भन्नुभयो । जनै पूर्णिमाका दिन पञ्चधुरा माई मन्दिर पुग्नुभएका सिन्धुलीको तीनपाटनका बासिन्दा तोत्रहरि उपाध्याय १० वर्षअघि देखेको सौन्दर्य अहिले हराएको पाउँदा बेचैन हुनुहुन्छ । मन्दिर परिसरमा १०...
-
२०७७ श्रावण २७, मंगलबार
संक्रमणबाट थप ४ जनाको मृत्यु, कूल मृत्यु हुने ८३ पुग्याे
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे र सिन्धुपाल्चोकका एक-एक जना रहेका छन् । मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुषको साउन २६ गते प्रादेशिक अस्पतालमा...
-
२०७७ श्रावण २७, मंगलबार
मन्त्रिपरिषदले गर्याे यस्ता निर्णय • शैक्षिक संस्था तत्काल नखुल्ने • ठेलागाडा व्यवसायमा राेक • आधा कर्मचारी घरबाटै काममा
काठमाडौँ – कोरोना संक्रमण बढेसँगै जोखिम कम गर्न मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिष्द्का निर्णय सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा अवदेखि १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय भएको बताए । नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयबाट २० वटा सीमा नाकाबाट...
-
२०७७ श्रावण २६, सोमबार
अध्यागमन विभागको भिसा दिने सेवा बन्द
काठमाडौँ – एक कर्मचारीमा कोरोना संक्रमण पाएपछि अध्यागमन विभागको भिसा सम्बन्धी सेवा बन्द गरिएको छ । विदेशी नागरिकहरुलाई दिने भिसासम्बन्धी कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । यसका साथै कार्यालयमा कर्मचारीबाहेक अन्यलाई प्रवेश निषेध पनि गरिएको छ । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भए पनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित भइरहेको छ ।
-
२०७७ श्रावण २६, सोमबार
धनगढी ‘लकडाउन’
लहान – सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो । भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक...
-
२०७७ श्रावण २६, सोमबार
उपत्यकामा थप ४३ जनामा संक्रमण, थप ४ काे संक्रमणबाट मृत्यु
काठमाडौं – पछिल्लाे २४ घन्टामा काठमाडाैं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारै ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३ हजार...
-
२०७७ श्रावण २६, सोमबार
अन्तरजिल्ला यातायात र हवाई उडान भदाै १६ बाट खुल्ने
काठमाडौं – मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अन्तरजिल्ला यातायात र बाह्य तथा आन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार बैठकले उक्त निर्णय गरेकाे हो । यसअघि भदौ १ बाट खुला गर्ने भनिएका ती क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरिएकाे छ । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात...
-
२०७७ श्रावण २६, सोमबार
मकवानपुरमा निषेधाज्ञा जारी
काठमाडाैं– आईतबार एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । आइतबार साँझ बसेकाे कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो । सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण यही साउन २६ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले...
-
२०७७ श्रावण २६, सोमबार
मास्क नलगाउने ३ लाख ९५ हजार जना पक्राउ
काठमाडौं – कोरोना भाईरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार जना पक्राउ परेका छन् । गृह मन्त्रालयले आईतबार एक विज्ञप्ति जारी गरी स्वास्थ्य सुरक्षा नअपनाउनेमाथि कारबाही गरिएकाे जनाएकाे छ । यसैगरी अनुमती बिना काठमाडौँ प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधन र १९ हजार ४ सय यात्रुलाई नाकाबाटै फिर्ता गरिएको...
-
२०७७ श्रावण २६, सोमबार
साँगा नाकाबाट उपत्यका प्रवेशमा राेक
भक्तपुर – विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको जानकारी दिनुभयो । साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ...
-
२०७७ श्रावण २५, आइतबार
मङ्गलबारसम्म वर्षा हुने पूर्वानुमान
काठमाडौँ – मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु्भयो । यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै...
-
२०७७ श्रावण २५, आइतबार
काठमाडौं उपत्यकामा थप ९२ जनामा संक्रमण पुष्टि
काठमाडौं – गएकाे पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६...


