STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ श्रावण २३, शुक्रबार

    'जातीय भेदभाव तथा छुवाछूतकै कारण १७ जनाको मृत्यु'

    काठमाडौँ– जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐन लागू भएपछि जातीय भेदभाव तथा छुवाछूतकै कारण १७ जनाको मृत्यु भएको जागरण मिडिया सेन्टरले जनाएको छ । सेन्टरका अनुसार अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकको अकालमा मृत्यु भयो । त्यसैगरी रुपन्देहीकी अङ्गिरा पासीको बलात्कारपछि हत्या, टीकाराम नेपाली (रुकुम) अन्तरजातीय...

  • २०७७ श्रावण २३, शुक्रबार

    मातृभाषालाई जीवन्त राख्न पाठशाला सञ्चालन

    तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने नयाँ युवापुस्तका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो । भाषा संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले मातृभाषा पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । मातृ भाषा बोल्न नजान्न्नेलाई लक्षित गरी गाउँपालिकाले पहिलोपटक पाठशाला सञ्चालन गर्न...

  • २०७७ श्रावण २३, शुक्रबार

    लहानमा निषेधाज्ञा जारी

    लहान – सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा सङ्क्रमण फैलिरहेकाले छ । नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने...

  • २०७७ श्रावण २३, शुक्रबार

    पर्सामा एकैदिन १३४ जनामा संक्रमण पुष्टि

    काठमाडाैं – पर्सामा एकैदिन १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा एकै दिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएको यो नै पहिलाेपटक हाे । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार बिहान गरिएको परीक्षणमा पर्साका १३४ जनामा संक्रमण पुष्टि भएको हो। प्रहरी हिरासतमा रहेका थुनुवा, नेपाल प्रहरी, नेपाली सेना, चिकित्सक गरी थप १४२ जनामा संक्रमण पुष्टि भएकोमा तीमध्ये पर्साका मात्रै १३४...

  • २०७७ श्रावण २३, शुक्रबार

    युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान

    काठमाडौँ – युट्युबलगायत अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो । सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा...

  • २०७७ श्रावण २३, शुक्रबार

    ब्राह्मणका छोरा लिम्बू भाषाका शिक्षक

    इलाम – इलाम माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा)लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । “साँची तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ ?”, प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही झसक्क झस्किन्छन्, कोही एकोहोरो उहाँलाई हेर्छन् । कोही भने ‘यस्तो पनि हुन्छ र भनेर’ उल्टो प्रतिप्रश्न तेस्र्याउँछन् । कसैले भने, ‘यो भाषा पढ्नुको साटो फरेन ल्याङग्वेज पढेको भए...

  • २०७७ श्रावण २३, शुक्रबार

    उपत्यकामा १०६ जनासहित थप ४६४ जनामा संक्रमण • मृत्यु हुनेकाे स‌ंख्या ७० पुग्याे

    काठमाडाैं – लकडाउन खुलेसँगै काेराेना संक्रमणकाे दर पनि बढ्दाे छ । पछिल्लाे २४ घन्टामा देशभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज ४ सय २५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको...

  • २०७७ श्रावण २३, शुक्रबार

    बर्दियामा पाँच दिन निषेधाज्ञा

    राजापुर – छिमेकी जिल्ला बाँकेमा कोरोना सङ्क्रमित समुदायस्तरमा बढ्न थालेपछि बर्दियामा पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यही साउन २५ गते बिहान ६ देखि साउन २९ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र...

  • २०७७ श्रावण २३, शुक्रबार

    संक्रमित बढेसँगै उपत्यकामा कडिकडाउको निर्णय • टेकु र महाबाैद्ध सिल गरिने

    काठमाडाैं – कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्न मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले कडिकडाउकाे निर्णय गरेको हो । यसका साथै संक्रमण देखिएका स्थानहरु सिल गर्ने निर्णय पनि बैठकमा भएकाे छ । यसै निर्णयअनुसार...

  • २०७७ श्रावण २३, शुक्रबार

    विराटनगर र पाटन अस्पतालमा कोराेना संक्रमितकाे मृत्यु

    काठमाडाैं – विराटनगरमा एकजना र पाटन अस्पताल ललितपुरमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका ९ गुद्रीका ५८ वर्षीय पुरुषको शुक्रबार विहान कोसी अस्पतालमा मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विहान ९ः४० बजे अस्पताल लगिएका उनको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । चिकित्सकले मृत घोषणा गरेका पुरुषमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरी प्रदेश...

  • २०७७ श्रावण २२, बिहिबार

    उपत्यकामा संक्रमित बढ्दाे, थप ८७ जनामा संक्रमण पुष्टि

    काठमाडाैं – काठमाडौं उपत्यकामा कोराेना संक्रमण बढिरहेकाे छ । बिहीबार मात्र थप ८७ जना नयांँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा २४ घण्टाको अवधिमा ३६० जना कोरोना संक्रमित थपिएका छन्। हाल देशभर संख्या २१ हजार ७५० पुगेको छ।

  • २०७७ श्रावण २२, बिहिबार

    इम्बोस्ड नम्बर प्लेट वितरण समयसीमा अनिश्चित

    काठमाडौँ – सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुङ्गो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा तोकिने यातायात व्यवस्था विभागले जनाएको छ । अहिले एक/दुई महिना कति चालकले आवेदन दिन्छन् भन्ने हेरेर योजना बनाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । अहिले नम्बर प्लेट लिनका लागि आवेदन विभागको छपाइको क्षमताभन्दा...

Pages