STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ श्रावण २२, बिहिबार

    सिरहाको मिर्चैयामा लकडाउन

    लहान – सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबारदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो । नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिनुभयो । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह...

  • २०७७ श्रावण २२, बिहिबार

    मालपोतमा अत्यधिक भीडले कोरोनाको जोखिम

    भक्तपुर – भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो । दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो । न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजरको व्यवस्था नै ।...

  • २०७७ श्रावण २२, बिहिबार

    अख्तियारका २० जनामा कोराेना संक्रमण

    काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र...

  • २०७७ श्रावण २२, बिहिबार

    बेरुत विस्फोटमा नेपाली सकुशल

    काठमाडौँ – लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताएका छन् । यसैबीच...

  • २०७७ श्रावण २२, बिहिबार

    थपिए ३६० संक्रमित, कुल संक्रमित २१ हजार ७५० पुग्यो

    काठमाडौं – पछिल्लाे २४ घन्टामा ३ सय ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । कुल संक्रमितमध्ये आज ६ हजार २ सय ९६ वटा सक्रिय केशहरु छन् । पछिल्लो २४ घण्टामा २३३ जना डिस्चार्ज भएका छन् । यो संगै हालसम्म १५ हजार ३ सय ८९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

  • २०७७ श्रावण २२, बिहिबार

    उपत्यकामा संक्रमित बढ्दाे, थप ८७ जनामा संक्रमण पुष्टि

    काठमाडाैं – काठमाडौं उपत्यकामा कोराेना संक्रमण बढिरहेकाे छ । बिहीबार मात्र थप ८७ जना नयांँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा २४ घण्टाको अवधिमा ३६० जना कोरोना संक्रमित थपिएका छन्। हाल देशभर संख्या २१ हजार ७५० पुगेको छ।

  • २०७७ श्रावण २२, बिहिबार

    इम्बोस्ड नम्बर प्लेट वितरण समयसीमा अनिश्चित

    काठमाडौँ – सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुङ्गो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा तोकिने यातायात व्यवस्था विभागले जनाएको छ । अहिले एक/दुई महिना कति चालकले आवेदन दिन्छन् भन्ने हेरेर योजना बनाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । अहिले नम्बर प्लेट लिनका लागि आवेदन विभागको छपाइको क्षमताभन्दा...

  • २०७७ श्रावण २२, बिहिबार

    २०७८ जेठ २५ देखि राष्ट्रिय जनगणनाको पूर्णगणना हुने

    काठमाडौँ – केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना विसं २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ । यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्याङ्कमा सुलभ पहुँच हुने विभागले जनाएको छ । विभागको टोलीले आज राष्ट्रिय समाचार समिति (रासस)...

  • २०७७ श्रावण २१, बुधबार

    साँगामा सवारी चाप कम गर्न प्रजिअबीच छलफल

    बनेपा – कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय...

  • २०७७ श्रावण २१, बुधबार

    लुम्बिनीका भिक्षुहरु वर्षावासमा

    रुपन्देही – बौद्ध धर्मावलम्बीको पर्व वर्षावास शुरु भएसँगै लुम्बिनीमा भिक्षुहरु वर्षावासमा बस्नुभएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा भए पनि यो वर्ष भने मलमासका कारण वर्षावास एक महिनापछि सरेको हो । थाइल्याण्डका केही भिक्षुहरु भने असार पूर्णिमादेखि नै वर्षावासमा बस्नुभएको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री...

  • २०७७ श्रावण २१, बुधबार

    कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु

    वीरगञ्ज । वीरगञ्जमा थप एक जना ४६ वर्षीय पुरूषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। वीरगञ्ज-१५ निवासी ती पुरूषलाई ज्वरो र खोकीको समस्या देखिएको थियो। त्यसपछि परीक्षण गराउँदा सोमबार उनलाई कोरोना पोजेटिभ देखियो। लगत्तै उनी वीरगञ्ज हेल्थ...

  • २०७७ श्रावण २१, बुधबार

    ललितपुरकाे बगलामुखी मन्दिरलाई केन्द्रविन्दु बनाएर भूकम्प गयाे

    काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो ४ः३० बजे भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्नधान केन्द्रले जनाए अनुसार ३.५ म्याग्नेच्युडकाे साे भूकम्प ललितपुरकाे बगलामुखी मन्दिरलाई केन्द्रविन्दु बनाएर गएकाे हाे । 

Pages