STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ जेठ २५, आइतबार

    मालपोत कार्यालय आज आइतबारदेखि खुल्ने

    काठमाडौं । देशभरका भूमिसुधार र मालपोत कार्यालय आज आइतबारदेखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ । विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।

  • २०७७ जेठ २५, आइतबार

    थप २१३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ३४४८ पुग्याे

    काठमाडौं - आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २१३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।  हालसम्म पीसीआर विधिबाट ९६ हजा र २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी...

  • २०७७ जेठ २४, शनिबार

    क्वारेन्टाइनमा बस्दै आएका एक पुरूषको मृत्यु

    काठमाडाैं - बाजुराको क्वारेन्टाइनमा बस्दै आएका एक जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ। भारतबाट आएका ती ६५ वर्षीय ती पुरुष जेठ १६ गतेबाट बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा उनी बस्दै आएका थिए । मृतक दमका बिमारी थिए। सुदूरपश्चिममा कोरोनाको परीक्षणका लागि स्वाब संकलन गर्न स्थगित गरेपछि उनको स्वाब परीक्षण कहाँ गर्ने भन्ने अन्यौल छ। उनले स्वाब...

  • २०७७ जेठ २४, शनिबार

    भरतपुर अस्पतालमा एक युवककाे मृत्यु, डाेल्पामा मृत्यु भएका एकजनामा कोरोना संक्रमण

    काठमाडाैं - चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएकाे छ । उनमा कोरोना...

  • २०७७ जेठ २४, शनिबार

    काठमाडौंका चार जनासहित एकै दिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं - शनिबार एकै दिन तीन सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ३२ सय ३५ पुगेको हो। नयाँ संक्रमितमध्ये २८६ पुरुष र ३७ महिला छन्। काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई...

  • २०७७ जेठ २४, शनिबार

    नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे स‌ंख्या १३ पुग्याे

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन् । डोल्पामा पनि एकजनाको मृत्यु भएको छ...

  • २०७७ जेठ २३, शुक्रबार

    रुकुम घटना छानबिन गर्न संसदीय विशेष समिति गठन

    काठमाडौं । संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । प्रेम सम्बन्ध र विवाहको सन्दर्भमा जाजरकोटक भेरी नगरपालिका ४ रानागाउँका नवराज वि.क.लगायत उनका साथीहरुको दलित भएकै कारण भएको सामूहिक हत्याको घटनालाई लिएर चाैतर्फी घोर निन्दा एवं भत्र्सना भइरहेकाे छ । विभिन्न संघसंस्था,...

  • २०७७ जेठ २३, शुक्रबार

    कोरोनाकाे नयाँ टेस्टिङ गाइडलाइन तयार

    काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोभिड-१९ टेस्टिङ नयाँ गाइडलाइन तयार गरेको छ। क्वारेन्टिनमा बस्नेको सङ्ख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमुना होल्ड भएको कारण सरकारले नयाँ टेस्टिङ गाइडलाइन ल्याएको हो। नयाँ टेस्टिङ गाइडलाइनले तीन वटा प्राथमिकता समूह छुट्याएको छ। पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका व्याक्तिहरु र संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा...

  • २०७७ जेठ २३, शुक्रबार

    म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगे

    काठमाडौं - सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले अनलाइनखबरलाई बताए । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्टर...

  • २०७७ जेठ २३, शुक्रबार

    क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

    काठमाडौं - जुम्लामा क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको स्थानीय वडाले जनाएकाे छ । उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए । बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ त्यहीँ बसेका थिए । दमका रोगी रहेका वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म पुर्‍...

  • २०७७ जेठ २३, शुक्रबार

    एकै दिन २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१२ पुग्याे

    काठमाडौं - बिहीबार एकै दिन २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको हो। बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय...

  • २०७७ जेठ २३, शुक्रबार

    कोरोना संक्रमणबाट ११ जनाको मृत्यु पुष्टि

    काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरे। यसअघि कोरोनाकै कारण १० जनाको मृत्यु भएको र शुक्रबार एक थपिएसँगै ११ जना पुगेको उनको प्रष्ट पारे। बिहीबार मृत्यु भएका सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। जेठ ८ गते...

Pages