राष्ट्रिय
-
२०७७ जेठ २८, बुधबार
थप २७९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ४३६४ पुग्याे
काठमाडौँ – नेपालमा बुधबार २७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २५७ जना पुरुष र २२ जना महिला गरी नयाँ संक्रमितको संख्या २७९ रहेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये ६७४ जना डिस्चार्ड भएका छन् भने १५ जनाले...
-
२०७७ जेठ २८, बुधबार
अब पसलहरु खुल्ने, जाेरबिजाेरमा गाडी चलाउन पाउने, एसईई परीक्षा नहुने (सुचीसहित)
काठमाडाैं - सरकारले सबै पसल र निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । यो निर्णय बिहीबारदेखि नै लागू हुने...
-
२०७७ जेठ २७, मंगलबार
चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु
काठमाडाैं - चितवनमा उपचाररत रहेका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८बर्सिय पुरुषको मृत्युु भएको हो। उनलाई नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो । मंगलबार बिहान ७ बजेर ६ मिनेटमा उनको मृत्युु भएको अस्पतालले जानकारी दिएको छ। उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ ।
-
२०७७ जेठ २७, मंगलबार
काेराेना संक्रमितको संख्या ४ हजार नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेकाे छ । कोरोना संक्रमणबाट थप एकको मृत्यु मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार कोरोना संक्रमणबाट...
-
२०७७ जेठ २६, सोमबार
कोरोना संक्रमित एकजनाकाे पोखरामा मृत्यु
काठमाडाैं - पोखरामा कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुष मृत्यु भएको पुष्टि गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा...
-
२०७७ जेठ २६, सोमबार
खुकुलाे लकडाउनमा अब यसरी चल्नेछन् सार्वजनिक सवारी
काठमाडौं - सरकारले लकडाउन खुकुलो बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका ल्याउने तयारी भइरहेको छ । प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए...
-
२०७७ जेठ २६, सोमबार
जसपामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको चाैथाे वरीयतामा !
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) आइतबार निर्वाचन आयोगमा दर्तासँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको वरीयता तल झरेको छ। पार्टीमा तीन अध्यक्ष रहने सहमतिसँगै आइतबार निर्वाचन आयोगमा दल दर्ता भएर कानुनी मान्यता पाए पनि पार्टीभित्रको वरीयता विवाद भने टुंगिएको छैन। आयोगमा बुझाएको दस्ताबेजअनुसार जसपाको पहिलो वरीयतामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर रहने...
-
२०७७ जेठ २६, सोमबार
संक्रमित एकजनाकाे सम्पर्कबाट ३० जनामा संक्रमण पुष्टि
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा संक्रमण पुष्टि भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थिये । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए...
-
२०७७ जेठ २६, सोमबार
एकैदिन ३१४ जना संक्रमित थपिए, थप एककाे कोराेनाबाट मृत्यु भएकाे पुष्टि
काठमाडाैं - नेपालमा सोमबार ३१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। सोमबारसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। हाल देशभरका क्वारेन्टाइनमा १...
-
२०७७ जेठ २६, सोमबार
आत्मदाहको प्रयास गरेकाको मृत्यु
काठमाडाैं - बयलपाटा अस्पतालले कामबाट हटाएपछि अस्पतालमै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका सिद्धार्थ आउजीको मृत्यु भएको छ ।उनको नेपालगजको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय साफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए। साँफेबगर नगरपालिका-६ भागेश्वरका सिद्धार्थले सोमबार बिहान अस्पतालमै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।गम्भीर घाइते भएका आउजीको स्थानिय स्तरमा उपचार सम्भव...
-
२०७७ जेठ २५, आइतबार
मालपोत कार्यालय आज आइतबारदेखि खुल्ने
काठमाडौं । देशभरका भूमिसुधार र मालपोत कार्यालय आज आइतबारदेखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ । विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।
-
२०७७ जेठ २५, आइतबार
थप २१३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ३४४८ पुग्याे
काठमाडौं - आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २१३ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्। हालसम्म पीसीआर विधिबाट ९६ हजा र २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी...


